Similar Articles

अमेरिकामा हाईवेमा ड्राईभिंग गर्न नसक्नुको पीडा -प्रकाश श्रेष्ठ

बिराट नेपाल

अमेरिका अवसरको भूमि भन्ने गरेको चारैतिर सुनिन्छ र समयानुकूल चल्न सक्नेहरुको लागी यो यथार्थ पनि हो । यति भनिरहँदा तपाईँ सँग आधारभूत कुराहरू छैन भने अवसर त्यसै अगाडी आएर भने खडा हुँदैन । तसर्थ यसका लागी आफ्नो प्रयास हुनै पर्छ । यसमा पनि तपाईसँग चाहेको ठाउँमा जान सक्ने गरी गाडी हाँक्ने क्षमता छैन भने त हात बाँधेर राखिएको मान्छे सिवाय केही हुन सक्दैन । त्यसो त सार्वजनिक यातायात पनि विकल्प हुन सक्छ तरपनि कतिपय अमेरिकाका राज्यमा सार्वजनिक यातायातको विस्तारलाई बढी महत्त्व दिनु भन्दा व्यक्तिगत सवारीका साधनहरू सञ्चालन सुदृढरुपमा गर्नको लागी ध्यान दिइएको हो की भन्ने आभास हुने गर्छ ।

 

न्यु योर्क, क्यालिफोर्निया लगायतका व्यस्त सहरहरूमा सार्वजनिक यातायात-बस, रेलमार्गबाट यात्रा गर्दा सहज हुने पनि देखिन्छ तर कतिपय राज्यको काउन्टी साईडमा बस्नेहरुको लागी निजी सवारी साधनको नै प्रयोग भरपर्दो मानिन्छ । त्यसमा पनि छिटोछरितो आवतजावत गर्न सकिने मुख्य राजमार्ग( Highway) को प्रयोग गर्न सकिने भएमा भनेको स्थानमा सजिलै पुग्न सकिने र तोकिएको काम समयमै हुन सक्ने देखिन्छ । लोकल सडकमा मात्र सवारीसाधन चलाउन सक्नेहरुलाई लामो दुरीमा ड्राईभिंग गर्न निकै समस्या देखिन्छ । त्यसले गर्दा थोरै समयमा हाईवे बाट पुग्ने ठाउँमा पनि धेरै समय लाग्नुको साथै ट्राफिक जाममा फस्ने त्यत्तिकै सम्भावनाहरू रहन्छ । ठाउँ पिच्छे फरक फरक स्पिडमा मापदण्ड अनुसार चल्नु पर्ने भएकोले पनि कतिपय अवस्थामा ट्राफिक नियमको पालना नभएर पुलिस र सडकमा जडित सी.सी. टिभीको निगरानीबाट टिकट पाउने सम्भावना रहने बढी सम्भावना रहन्छ । त्यसो त हाईवेमा समेत स्पिडलाई नियमन गरिएको हुन्छ नै तरपनि ट्राफिक लाईटहरुको त्यति बिघ्न समस्या पर्ने सम्भावना कम हुन्छ ।

 

अर्को तर्फ सामान्य लोकल सडकमा हुने सवारी साधन दुर्घटनाहरु ज्यादा हुने सम्भावना भएतापनि हाईवेको जस्तो ठुलो क्षति हुने सम्भावना भने कम देखिन्छ तापनि दुर्घटनाको प्रकृतिमा त्यो सबै कुराहरू निर्भर गर्दछ । जे होस् तपाईँले अमेरिकाको सवारीसाधन अनुमतीपत्र लिदा भने भरपर्दो ड्राईभिंग स्कुल वा व्यक्तिको सहयोग लिनै पर्छ । हतपत बढी आत्मविश्वास देखाएर सडक वा राजमार्गमा सवारीसाधन गुडाउन खोज्दा नराम्रो दुर्घटना पनि निम्तिन सक्छ र यस्तो अवस्था आएको देखिएको पनि छ । त्यसैले यसतर्फ सजग हुनु आवश्यक छ । समय बढी लगाएर भए पनि निपुर्ण भएर ड्राईभिंग लाईसेन्स लिनु आवश्यक छ र साथमा लोकल राजमार्ग र मुख्य राजमार्गमा समेत सवारीसाधन चलाउन सिकेर निपुर्ण हुने प्रयास गर्नु उपयुक्त हुन्छ ।

 

कतिपय राज्यहरूमा केवल पार्किंग लटमा मात्र गाडी चलाउन जान्ने भए हुने र कतिपय राज्यमा लोकल सडकमा गाडी चलाउन जाने पछि जाँच पास भएर लाईसेन्स निस्कन सक्छ । त्यसैले कतिपय सिकाउने व्यक्तिहरूले लाईसेन्स निकाल्ने कुरालाई मात्र प्राथमिकतामा राखेर गाडी चलाउन सिकाईरहेको पनि पाइन्छ जसले गर्दा लाईसेन्स निकाली सकेपछि पनि हाईवेमा गाडी चलाउन नसकिरहेको अवस्था पनि देखिएको छ । यस्तो भयो भने एककिसिमले अपांग सरहनै भईन्छ ड्राईभिंगको क्षेत्रमा ।

 

तसर्थ नयाँ ड्राईभिंग सिक्नेहरुले ड्राईभिंग स्कुल वा व्यक्ति मध्येबाट जहाँबाट ड्राईभिंग प्राक्टिक्स गर्न खोजे पनि लोकल सडक र मुख्य राजमार्गमा सवारीसाधन चलाउन सिक्नु जरुरी छ । पहिला लोकल सडकमा मात्र चलाउन सक्षम बनौ पछि मुख्य राजमार्ग तिर जान सिकौला भन्दा कतिपय अवस्थामा त्यसले सार्थकता लिन नसकेको पाइयो । हुनत कतिपयले पछि साथीहरू, आफन्तहरुको सहयोगमा हाईवेमा चलाउन सक्षम भएको देखियो तरपनि सबैलाई यो अवस्था लागु नहुन सक्छ । तसर्थ समयमै राम्रो सँग सबैतिर गाडी चलाउन सक्ने हुनु जरुरी छ अन्यथा ड्राईभिंग लाईसेन्स भएरपनि हातै बाँधेर बस्नु पर्ने केही टाढाको दुरीमा अवसर पाएर पनि ड्राईभ गरेर जान नसक्ने अवस्था नआउँला भन्न सकिदैन ।

 

त्यस्तै ड्राईभिंग भनेको आफैमा चुनौतीपूर्ण काम पनि हो किनकि थोरै मात्रै असावधानीले ठुलो गम्भीर दुर्घटनाहरु आईलाग्न सक्छ तसर्थ ड्राईभिंग लाईसेन्स निकाल्ने क्रममा लिखित परीक्षाको लागी ट्राफिक नियम र सवारी सम्बन्धी राज्यको नियमहरुलाई राम्रोसँग अध्ययन गरेर तयारी गर्नुको साथै हरदममा दिमागमा यस्ता नियमहरुलाई ख्याल राखिराख्नु पर्ने हुन्छ भने अर्को तर्फ सवारी साधन चलाउन राम्रोसँग सिक्नु र हात बसाल्नु पनि पर्छ । त्यसो हुनसके र सवारी साधन चलाउँदा निकै होसियार भएर चलाउने गरेमा सम्भावित दुर्घटनाबाट जोगिन सकिने देखिन्छ भने अर्को तर्फ सफलतापुर्वक गन्तव्यमा पुग्न सकिन्छ ।

 

अत: सवारीसाधन राम्रोसँग सबै स्थानमा चलाउन नसकेका कारण जानै पर्ने ठाउँमा समेत अरूको सहयोग विना जान नसकेर हात खुम्चाएर बस्ने अवस्था र साथीभाई, इष्टमित्र, आफन्तहरुसँग समुधर सम्बन्ध राख्न समयसमयमा जम्काभेट हुनबाट टाढिनु पर्ने अवस्था साथै कामको दौडन एवं घुमघामको लागी टाढाटाढा पुग्न नसक्ने अवस्थाबाट मुक्त पाउन पनि ड्राईभिंगमा विशेष दक्ष हुनै पर्ने हुन्छ । तपाईसँग काम गर्ने क्षमता, सिप र चाहना भएरपनि राम्रो ड्राईभिंग क्षमता नभएर समेत खुम्चिएर बस्नु पर्ने तितो यथार्थ भोग्नु पर्ने हुन्छ । देख्दा, सुन्दा सामान्य लाग्ने यो कुरा जसले भोग्छ उसलाईनै थाहाँ लाग्छ ।

 

अझै आजकल त निपुर्ण चालक हुनसके ट्याक्सी ड्राईभर वा Uber cab समेत चलाउन सकिने त्यस्तै पिज्जा लगायत डेलिभरीको काम गर्न पनि सकिने हुँदा घण्टा हान्ने कामबाट छुट्कारा मिल्न सक्ने पनि देखिन्छ । त्यसले गर्दा पनि ड्राईभिंगलाई प्राथामिकतामा राखेर चल्न सके तपाईँको अमेरिकी बसाई सहज हुन सक्छ अन्यथा अरूको भरमा राईड लिएर यताउता गर्ने सोचमा ड्राईभिंगमा निपुर्ण हुन नखोजे तपाईँको ठुलो कमजोरी र असक्षमता देखिन सक्छ यस तर्फ ठण्डा दिमागले सोच्नु होला । आफैमा सक्षम हुन सक्नुनै जीवनको सौन्दार्यता हो, अरूको भर सधैको लागी उपयुक्त हुनै सक्दैन किनकि सहयोग दिने र लिनेको पनि सीमा र मात्रा हुँदो रहेछ यसलाई पनि मनन गर्न सक्नु जरुरी छ ।
यसबारे यो स्तम्भकार पनि आफै भुक्तभोगी रहेको र कयौ पटक सवारी दुर्घटनाहरुको तितो अनुभव सम्हालेको कारण पनि यो कुराहरू लेख्न खोजेको हो । कतिपय ठाउँमा हाईवे भएर ड्राईभिंग गर्न आँट नआएका कारण महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुन नसक्ने र सधैँ साथाभाईहरुकै भरमा टाढा जाँदा राईड लिनु पर्ने हुँदा त्यसको पिडा कस्तो हुन्छ त्यसको नजिकबाट साक्षात्कार गरिरहनु परेको समेत वास्तविकता छदैछ । तसर्थ सफल ड्राईभर नभए तपाईँको अमेरिकी सपना अधुरो र अपुरो हुन सक्छ भन्ने कुरा पनि निवेदन गर्नु चाहन्छु ।

मुक्तक- राजेश खोटाङे

बिराट नेपाल

धेरै फरक हुन्छ प्रिय, गुमाउनु र कमाउनुमा

केही क्षण लाई मस्ति हुन्छ, पराई सँग रमाउनुमा
टिकाउन र बचाउन गाह्रो हुन्छ, सम्बन्ध लाई
इमानदार बनी यहाँ अागाेका फुल समाउँनुमा ।।

'सपना बिहिन' तीन पटक बिमोचित

बिराट नेपाल

साउद अरयिबा, ९ अगष्ट


उपन्यासकार प्रेम पाख्रिनको उपन्यास सपना बिहिन गत चैत्र महिनमा काठमाडौंमा विमोचित भएको थियो । काठमाडौंमा बिमोचन पछि उक्त कृतिको साउदी अरबियाको राजधानी रियाधमा र साउदीकै खोबर स्थित डि एक्स एन कार्यालयमा विमोचन भएको छ । पाख्रिनको सपना बिहिनको बिमोचन (महल) हलमा स्वास्थ्य सम्बन्धी बिशेष कार्यक्रमको अबसर पारेर गरिएको थियो ।


पहिलो उपन्यास ‘लक्ष्य’बाट पाठकको मन मष्तिस्कमा बस्न सफल पार्खिनले दोस्रो कृति सपना बिहिन मार्फत आफ्नो सशक्त उपस्थिति देखाएका छन् । उनले अब छिट्टै अर्को उपन्यास पनि पाठकमाझ ल्याउने तयारीमा आफू रहेको बताएका छन् । विदेशका आधा दर्जन भन्दा बढी ठाउँहरुमा आफ्नो उपन्यासको हार्ड कपि नै पु¥याएका पाख्रिनले ति ति ठाउँहरुमा पुस्तक पु¥याउन सहयोग गर्ने सबैमा धन्यवाद पनि दिएका छन् । 

 

छाडा तिज गीतलाई चुनौती दिंदै पूर्व मिस नेपाल उसा खड्गी र गायीका अन्जु श्रेष्ठ (भिडियो सहित)

बिराट नेपाल

काठमाडौं, २४ साउन


गायीका अन्जु श्रेष्ठको नयाँ तिज गीत ‘रंगीयो तिजले’ बजारमा आएको छ । गीतकार सुषमा देवकोटाको शब्द र राज सागरको संगीतमा रहेको ‘रंगीयो तीजले’ गीतको अडियो र भिडियो एकसाथ बजारमा ल्याईएको हो ।

 

समय संगै तिज गीतमा आएको परिवर्तन र नारीका पीडा र रहर भन्दा पनि सस्तो मनोरञ्जन र छाडा गीतले स्थान लिईरहेको नेपाली संगीत बजारमा ‘रंगीयो तिजले’ भने ३ पुस्ताका नारीहरुलाई समेटेको छ ।


छाडेर माईतिघर छुटेका संगी
भुलेका बालापन बैंशलाई सम्झी
सुख र दुखलाई बिसाउने ठाउँ
तिज आयो लौ चेली माईतिघर जाउँ…

गीत मार्फत बाल बिबाहको चपेटामा परेर सानैमा जन्मघर छोडेर सासुका बुवर्तन र लोग्नेको खटाईमा रुदैं रुदैं बैंस कटाएका हजुरआमाहरु, घाँस दाउरा र ढिकीं जाँतो सकेर बढेका खोला तरेर टाढा रहेको माईतिघर जाने आसमा भाईको बाटो कुरेर बसेका आमा र गाउँ घरका बिबाहित नारीहरु साथै तिज नजिकीए संगै मेहन्दी चुरा टिका र लुगाहरुको किनमेलमा उत्साहित बनेका कुमारी युवतीहरु जो राम्रो श्रीमान पाईने बिश्वासमा तिजको ब्रत बस्छन् । यी ३ वटै पक्षलाई ससक्त रुपमा उभ्याईएको छ ।


‘रंगीयो तिजले’ को म्युजिक भिडियो पनि भर्खरै सार्वजनिक गरिएको छ । भ्वाईस अफ नेपालको प्रस्तुती रहेको गीतको भिडियोमा गीत भित्रको कथालाई कलात्मक ढंगले प्र्रस्तुत गरिएको छ ।


पूर्व मिस नेपाल उसा खड्गी  लामो समय पछि तिज गीतमा देखिएकी छन् ।खड्गी मुख्य भुमिकामा रहेको गीतमा गायीका स्वयंको पनि अभिनय देख्न सकिन्छ ।


‘रंगीयो तिजले’ मा अभिनय गरेकी पूर्व मिस नेपाल खड्गीले गीतले नारीको कथालाई अत्यन्त गहन रुपले उठाएकाले यो गीतमा आफुले अभिनय गर्न पाउँदा खुशि लागेको बताईन् ।


केदार धितालको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन । रोहित बस्नेत कोरियोग्राफर रहेको भिडीयोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने हाईलाईट्स नेपालको युटुव च्यानल मार्फत भिडियोलाई बजारमा ल्याईएको हो ।

 

 

 

 

अमेरिकाबाट सिक्नुपर्ने कुरा - विष्णु गुरुङ

बिराट नेपाल

भन्छन् संसारको सबै कुरालाई सिक्न सकिन्छ, सिक्नु भनेको नक्कल गर्नु होइन जीवनलाई जीवित राख्नु हो। अमेरिकामा आफ्नो नयाँ जीवनको खोजीमा पलाएन भएको सिलसिलामा निक्कै लामो बसाइले मलाई यस देशले धेरै कुराहरू सिकाएको महसुस मैले गरेकी छु। जीवनमा जन्मदिनको महत्त्व कहिल्यै राखिन नयाँ कुरा सिक्ने र नयाँ ठाउँ घुम्ने रहर प्रायजसो सबै मानिसलाई हुन्छ तर थोरैले मात्र यस सपनालाई पुरा गर्छन्। 

 

आफू यस धर्तीमा जन्मेको दिनलाई सम्झनु भनेको आफूलाई सम्झनु रहेछ। पार्टी गरेर धुमधामसँग यस दिनलाई नसम्झे पनि कमसेकम केही नयाँ वा राम्रो कुराको थालनी वा नयाँ ठाउँ घुमेर यसदिनलाई विशेष दिन बनाउँने सोचले, गत वर्ष यो सिमिटो पानारामा ट्रेकिङ्ग गरेर प्राकृतिक सौन्दर्यसँग जन्मदिन मनाए भने यस पटक अमेरिकाको एक धनाढ्या व्यक्ति विलियम हर्स्टले बनाएको ऎतिहासिक हर्स्ट क्यासलका सुन्दर मानव संरचनाहरुसँग जन्मदिन मनाए। 

 

यसरि नै आफ्नो हरेक जन्मदिनलाई केही स्मरणलायक काम गर्ने दिनको रूपमा महत्त्व दिएर आफूलाई सम्झने बिचार गरेकी छु। 

 

आमाछोरा मन उमँगका साथ गफ गर्दै सूर्यको किरणको लालिसँगै संघ्रालय पुग्न २४२ माइल ड्राईभ भएकोले बाटोमा ब्लायक बियरमा खाजा खाना पस्यौ। भालूले खाए झैँ खानु (Eat as a bear) यस रेश्टुरेण्ट्को नारा जस्तै सबै स्टाफहरु मोटा र टेबलमा खाना बसेकाहरु पनि सबै मोटा र खाना पनि साच्चै एक भागले हामी जस्तो दुई जनालाई हुने नै थियो। 

 

रमाइलो लाग्यो कस्तो गजबको नौलो तरिका अनि मैले हाँसो गर्दै छोरालाई भने हामीले पनि यसको ठिक उल्टा तरिका गर्न सकिदैन र? अमेरिकनहरु कुनै नौलो कुराको अनुभव लिन अति रुचाउँछन् तर हामी नेपाली नौलो अनुभव गर्न डराउँछौ। मैले पनि पोखराको होटेल शिखरलाई केही नौलो स्वाद दिने सोचले होटेल दिदी गरे जसले महिलाहरूलाई प्रोत्साहन गर्दै होटेल महिला समूहले सञ्चालन गर्ने र दिदीको भावना र मायाले होटेलको वातावरण भरिने, ब्लायक बियरबाट आफ्नो सोचलाई अझ बिस्तार गर्ने प्रोत्साहन मिलेको महसुस मैले गरे। 

 

किताबमा पढेको वा सुनेको कुरा हामी भूल्छौ तर पैतालाले टेकेर दुइटा आँखाले हरेको र दुइटा कानले सुनेको कुरा हाम्रो भित्री मनले थाहा पाउने भएकोले यसको स्मरण दिमागले गर्छ। यस हर्स्ट संघ्रालयको कथा धेरै लामो समयदेखि सुनेता पनि जन्मदिनले मलाई त्यहाँ पुग्न उत्साह दियो। कुनै पनि मानिस आफैमा महान् हुँदैन उसको कामले उसलाई महान् बनाउँछ भने झैँ एक धनी व्यक्तिले आफ्नो सौखले बनाएको महल हेर्न आज बर्सेनि दशलाख पर्यटन हर्स्ट क्यासल आउँछन। 

 

दुईहजार वर्ष पुरानो कलाकृतिदेखि विभिन्न देशहरुबाट सङ्कलन गरिएको कलाकृतिहरुले महल सजिएको छ। टुरगाईडले महल र विलियम हर्स्टको इतिहास बताउँदै भमणलाई  बडो रोचक बनाउदा रहेछन्। महल हेर्न अमेरिकाको विभिन्न ठाउँदेखि अन्य देशहरुबाट पनि मानिसहरू आएका थिए। 

 

मलाई यस महल र यहाको व्यवस्थापन देखेर आफ्नो देशको अनमोल सम्पदा काठमण्डौको नारायणहिटी दरबार र पाल्पाको रानी दरबारको याद आयो। हामीले नक्कल गर्नु पर्दैन तर पाठ भने सिक्नु पर्छ अनि राम्रो देखासिकी गर्न सक्नु पनि पर्छ भने झैँ हाम्रा यी ऎतिहासिक धरोहर बोकेका दरबारहरुलाई देशदेखि विश्व सामु चिनाउन सक्यौ भने बर्सेनि यहाँ करडौ पर्यटनको घुईचो लाग्नेछ। हामीसँग धनको भण्डार छ तर त्यसको महत्त्व बुझ्न सकेको छैन। भण्डारको चाबी हराएको छ मैले जन्मदिन भुले जस्तै तर आशा गरौँ हामीले छिट्टै आफूलाई चिन्नेछौ मैले जन्मदिन मनाए जस्तै। 

 

We Love Nepal- Sudikshya Bhatta

बिराट नेपाल

रक्की माउन्टेन फ्रेन्ड्स् अफ नेपाल (कोलोराडो) द्वारा आयोजित निबन्ध प्रतियोगितामा भाग लिएका बालबालिकाहरुद्वारा लेखिएको निबन्धहरु बिआरटी नेपाल ड्ट कममा प्रतियोगीको नामको वर्णक्रमको आधारमा क्रमश: प्रकाशित हुनेछ । अन्तिम निबन्ध लेखिका सुदिक्षा भट्ट (कक्षा ९, लङ्मन्ट हाइस्कुल)   

प्रतियोगितामा दोस्रो स्थान प्राप्त निबन्ध ! 

 

As we all know, mother and motherland are greater than heaven.

 

Nepal, my motherland, is truly a paradise. Being landlocked in between two of the largest countries of the world, it still has its name known around the world because of the specialities it holds. It is a small country with lots of natural, cultural, and religious resources. One truly doesn't need a reason to love his/her motherland, but Nepal truly does contain everything which makes us love it even more. As a patriot, I can proudly say that I love my country more than anything else in the world. 

 

Nepal is a developing country with huge amount of strengths and flaws. It is one of the richest countries with bio-diversity. Basically, it's a diversed country with multi-cultures, multi-languages, multi-religions, multi-castes and natural diversity. All the people and the society within our country loves to live together. Even after being diversed from each other, their love for each other never goes away. That makes Nepal even more unique than any other country of the world. 

 

Mechi, on the east; Mahakali, on the west; Himalayas, on the north; and Terai, on the south  makes up Nepal. The highest peak of the world Mt. Everest lies in Nepal, and there are also other 7 out of the rest 13 highest peaks. Not only mountains but lakes, forests, mountain ranges, national parks, land structures, rivers, and many other natural resources have been blessed in our country. People from all around the world go there for trekking, moutaineering, paragliding, boating, rafting, and not-to-forget bunji-jumping. Nepal has been attracting lots of tourists lately which is helping to increase our economy. 

 

Not only naturally, but culturally, historically, and religiously too, there are lots of places and resources that attracts Nepali within the country, and also foreigners. Lumbini, the birthplace of Lord Buddha: The Light of Asia, lies in Nepal. Nepal is a country where Buddhism, Hinduism, and Kiratism co-exist together. It's a country where people live in different life styles with having different values of their culture. Historic regions like Kathmandu, Bhaktapur, Lalitpur contain beautiful heritages with it's own importance. Temples, gumbas, stupas, durbars, and holy lands with their rare values make our country very unique from other. 

 

Moreover, the cuisines and the costumes of my country are out of the world. Guniyo-choli, Dhaka-topi, and Daura-suruwal are very unique and represent my country very well. The western dresses, and cultures can never beat the culture and tradition of my motherland. Dal-bhat, the typical Nepali food, is one of the best foods for me. Pizza, burger, and french fries willl never be able to beat the taste of it. All of these small but valuable things are in Nepal. Even though we live far, we've been celebrating all the festivals and following all the traditions that our fore-fathers have taught us. No matter where we are, and what we are doing, there's not a day when we don't think about Nepal because even a memory from there refreshes us.


I'm living very far from Nepal right now, but that doesn't decrease the love for my country. I'm a daughter of un-defeated Gurkhas, and I will never ever forget the love that Nepal has given to me. Time brought me here, and there will come another time when I will be able to go back and help my country to grow a little. With having all those resources, it's lacking manpower because youths are being forced to come abroad to have a good life with lots of employment opportunities. The political leaders are being really dumb with the decisions they are taking for the development of Nepal, but I hope there will come a day when we all will be presenting a new and developed Nepal. 

 

In the end, no matter where a Nepali lives, the love for his motherland will never go away from him. The fragnance of the Nepali soil cannot be forgotten easily. Yes, I love Nepal and there's no doubt on that. If we hear something bad going in Nepal, that gives us chills because we want all the Nepalese around the world to be safe, as well as the country to be safe. The next time we visit Nepal, we want change; not a negative one, but a positive one. We want to see our country developing. Patriotism never goes away from one's heart. WE LOVE NEPAL, ALWAYS AND FOREVER!

 

आमा- इन्जिनियर राकेश कार्की

बिराट नेपाल

कविता

आमा मलाई

तिम्रो प्रथम स्पर्श
धडकनमा ममता
हर पलको हर्ष

 

जीवनको यात्रामा
तिमीबाट संस्कार
जता जहाँ पुगे पनि
तिम्रो काखनै संसार

 

मेहनतको घडीमा
पसिना हौ साहस
साह्रो गाह्रो पर्दा
आमा तिम्रो ढाडस

 

मैले देख्ने सपनालाई
पारेर सधैँ साकार
आशीर्वाद मात्र मलाई
आन्नदमय बहार

 

गीतकार भगीरथ दाहालको 'अनुकम्पा' र 'आफ्ना पराया' सार्वजनिक

बिराट नेपाल

काठमाडौं,२२ साउन

 

गीतकार भगीरथ दाहालको एकल रचनामा रहेको आधुनिकगीतिएल्वम ‘अनुकम्पा’र उहाँद्धारा रचित गीति पुस्तक संग्रह ‘आफ्ना पराया’को चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, गायक रामेश श्रेष्ठ, गीतकार केशवराज राजभण्डारी, चर्चित संगीतकार राजु सिंहद्धारा लोकापर्ण सम्पन्न भएको छ । 


आधुनिक एल्वममा सुरेन्द्र श्रेष्ठको संगीतमा चर्चित गायक÷गायिका अन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, बेनुका राई, दिपा महर्जन तथा सुरेन्द्र श्रेष्ठको स्वर रहेको छ ।
एल्वम अनुकम्पामा ६ वटा गीतहरु संग्रहित छन् । भने गीति संग्रहमा ७७ वटा गीतहरु रहेका छन् । 


लोकापर्ण समारोहमा गायिका द्धय बेनुका राई र दिपा महर्जनले गीत गाएका थिए । गायिका अन्जु पन्तको स्वरमा रहेको म रुँदा हास्ने बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । उक्त भिडियोमा  सम्पदा बानिँया, राजेन्द्र लुईटेल, रवि सुवेदी, रामकृष्ण श्रेष्ठ आदिको अभिनय रहेको छ । 


सोनाम पाख्रिनको निर्देशनमा अमृत सुनुवारको छायांकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ गायक रामेश श्रेष्ठले गीतकार भगीरथ दाहाल विदेशमा बसेर पनि नेपाली संगीत प्रतिको मायालाई खुलेर प्रशंसा गरेका थिए । उनले संगीतकार, गायक सबैको मेहनतले एउटा राम्रो एल्वम बनेकोमा खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गरे । 


कार्यक्रमका प्रमुख अथिति मदन कृष्ण श्रेष्ठले अनुकम्पामा सबै प्रकारको गीत समेटेको र आफुलाई मन परेको एल्वम मध्यको एक भएको बताए । राम्रो सृजनालाई मिडियाले स्थान दिन आग्रहगर्दै रेडियोम ागीत बजाउँदा गीतकार, संगीतकारको नाम पनि प्रशारण गर्न अनुरोध गरे । 


त्यस्तै चर्चित संगीतकार राजु सिंहले एउटा उत्कृष्ठ एल्वम बनेको बताए । एल्वमको हरेक पक्ष राम्रो भएको बताउँदै सबैको मेहनतको प्रशंसा गरेका थिए । एल्वममा नेपाली मौलिक पन पाएको बताउँदै सिंहले संगीतकार सुरेन्द्र श्रेष्ठको प्रशंसा गर्नुका साथै शुभकामना दिए ।


 गीतकार तथा पूर्वनिर्वाचन आयुक्त केशवराज राजभण्डारीले गीति एल्वम तथा गीति संग्रहको सफलताको शुभकामना दिए । यस एल्वमको प्रस्तुतकर्ता भने अन्जु उप्रेति दाहाल रहेकी छन् । रंगीन संसार डट कम तथा मूलधार साप्ताहिक यसको मिडिया पार्टनर रहेको छ । 

मेराे भाेट फिर्ता गर - राजेश खोटाङे

बिराट नेपाल

कविता :-

 

मैले मेराे याे जिर्ण शरीर लाई
घिसार्दै अनि,
मेरी दुई दिनकी सुत्केरी 
बुहारीलाई फकाउँदै 
लगेर, 
तिमी बेइमान राजनैनिक 
पशुहरु लाई चुनावमा भाेट दिएको 
के अाैचित्य र 
अर्थ भयाे ? 
हे अन्न खाने पशु हाे 
मेराे भाेट फिर्ता गर ।

 

तिमी अपराधीलाई 
भाेट हाल्नु परेकाेमा
ठूलाे...पश्चाताप छ ।
मेराे भाेट फिर्ता गर ।

 

मैले सुनेकाे थिएँ 
एक दिन,
पाण्डवहरु बाटामा खेल्दै थिए
घर भन्दा केही पर,
अनि अचानक द्राैपदी नाम गरेकी 
एक निर्दाेष बालिका लाई 
भेट्छन् र आमा लाई सुनाउँछन्
आमा! आमा!! 
हामीले केही भेटेर 
ल्याएका छाैं हेर्नु त ।

 

काममा व्यस्त थिइनँ आमा,
अनि भित्रै बाट भनिन्
छाेराहरु हाे !
सबैले बराबर बाँडेर खाअाे है 
मैले हेर्न भ्याउँदिन भनेका कारण
द्राैपदी लाई सबैले 
साझा पत्नी बनाए र दामासाहिले 
भाेग गरे ।

 

तर...तर तिमीहरू 
लाेकतन्त्र नामकाे जनतामारा 
NGO का दलालहरुले त याे 
मैले पटक पटक 
लडेर बचाएकाे देश लाई पालै पालाे 
भाेग हैन उपभाेग गर्याै 
तर...,तर पाण्डवहरुले द्राैपदी लाई गरेकाे
माया झैँ 
देशकाे माया नगरी ।

 

सुन्दैछु !
अब नाै नाै महिनाको
अन्तरमा देश लुट्ने याेजना 
बनायाै रे ।
मलाई लाज लाग्यो र
मैले मेराे भाेट फिर्ता मागेँ 
कृपया मेराे भाेट फिर्ता गर,

 

याे देश 
तिमीहरूको आमाले भारत बाट 
दाइजो बापत 
पाएकी हैनन् 
तर... यही बुझाइमा
तिमी पशुहरु डा. सुरेन्द्र के.सी.काे 
भनाइलाई सापटी 
लिएर भन्ने हाे भने 
भैंसीको मासु ठानेर लुछ्दै छाै ।

 

मेराे भाेट फिर्ता गर 
नत्र....नत्र भने तिमीहरू लाई मेराे 
श्राप लाग्ने छ।
याद राख बेइमान हाे 
तिमीहरू लाई भाेट दिएर 
जिताउँदा जिताउँदा मेराे शरीर 
यस्तो जिर्ण भयाे ।
म हारिरहेँ ,,,!
तिमीहरू जिती रह्याै ।

 

यदि तिमीहरू ,
तिम्रा बाउ आमाका नाजायज सन्तान 
हैनाै भने मेराे भाेट फिर्ता गर्नु 
पर्दछ । सक्छौ ???
कृपया मेराे भाेट शरम 
नमानी फिर्ता गर 
म कसैलाई भन्दिन ।

याे अादर्शवादी र आदरणीय तस्बिर 
फेसबुकबाटै साभार गरेकाे हुँ ।

‘झुम्कावाली’पछि प्रमोद खरेलको ‘चल वतास चल’ (भिडियो सहित)

बिराट नेपाल

‘झुम्कावाली’को सफलतापछि गायक प्रमोद खरेलले ‘चल वतास चल’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘झुम्कावाली’मा प्रियंका कार्कीलाई अभिनय गराएका उनले यो गीतमा मोडल नम्रता सापकोटालाई नचाएका छन् । 

 

शितल कदम्बिनी गुरुङको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र एरेन्ज रहेको छ । दिपक आचार्यले निर्देशन गरेको गीतको भिडियोमा प्रमोद स्वयम्ले पनि अभिनय गरेका छन् । निर्मल लामा र भिमफेदी गाइजले कोरियोग्राफी गरेको गीतमा गाईजका सदस्यहरुले आफै नृत्य गरेका छन् । अर्जुन तिवारीले खिचेको गीतको भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन् । 

 

‘यो डान्सिङ नम्बर हो । गीतका लागि संगीतकार र मैले निकै मिहनेत गरेका छौं,’ प्रमोदले भने, ‘ मेरा स्याड र स्लो सङहरु त महिनामा २०–३० वटा रिलिज हुन्छन् । स्टेजका लागि फाष्ट नम्बर पनि आवश्यक पर्नाले ९ महिनापछि फेरी यो गीत लिएर आएको हुँ ।’