Similar Articles

लेख रचना

प्रवासी नेपालीको उत्पादनमुलक क्षेत्रमा लगानी नै नेपाल विकाशको आधार हुने--अग्नि चौलागाईं

बिराट नेपाल

सार्क राष्ट्र भन्दा बाहिर बस्ने प्रवासी नेपालीहरूको संस्था एनआरएन यतिखेर काठमान्डौमा आफ्नो अधिवेशन गर्न व्यस्त छ । आफ्नो स्थापनाकाल देखि नै “एक पटकको नेपाली सधैको नेपाली” भन्ने नारा भर्खरै बनेको संविधानमा दोहोरो नागरिकता सम्बन्धी प्रावधान सँगै पुरा भएको परिप्रेक्ष्यमा आगामी दिनमा मूल नारा के लिएर लैजाने भन्ने बहसको विषय सुरु भएको छ ।
  
प्रवासी नेपालीहरूको सङ्ख्या तीस लाखको हाराहारीमा भएको अनुमान भए पनि संस्थामा हाल सम्म एक लाख सदस्य पुर्‍याउन सकिएको छैन । नेपालमा लामो समयदेखि एनआरएन भनेका गफ गर्ने मात्र हुन् कुनै लगानी लिगेर आउने हैनन् भन्ने जुन बहस आम मानिसहरूमा चलेको छ यसलाई ठोस रूपका कार्यक्रमहरू लगेर चिर्न सक्नु पर्ने समेत चुनौती रहेको छ । एनआरएनको पहलमा सामूहिक लगानीका केही साना प्रयास भएता पनि कसैको ध्यान उत्पादनमुलक क्षेत्रमा ध्यान गएको देखिँदैन । धोर्दी खोला जलबिद्युत, नेपालमा बनाउने भनिएको पाँच तारे होटल, बैंकिंग क्षेत्र, सञ्चार क्षेत्रमा लगानी गरिरहेको पाइन्छ । 

अमेरिकामा आफ्नो व्यवसाय गरिरहनु भएका रामबाबु पाण्डेसंग भावी दिनमा एनआरएनले नेपालमा के गर्नु पर्ला भन्ने जिज्ञासा राख्दा सबै प्रवासी नेपालीहरूको सामूहिक लगानीमा देशभित्र उत्पादनमुलक उद्योग धन्दा सुरु गरी देशमा रोजगारीको अवसर सृजना गर्ने तथा देशलाई आत्मनिर्भर बनाउने तर्फ अग्रसर रहनु पर्ने बताउनु भयो । लामो समय नेपालमा विभिन्न सङ्घ-संस्थामा कार्य गरी हाल अमेरिकामा बसोबास गरिरहनु भएका सुजन पण्डितसंग प्रवासी नेपालीहरूको नेपाल विकाशमा रहने भूमिका बारेमा जिज्ञासा राख्दा नेपालीहरुबीच सामूहिक लगानीको भावना अभिब्रिद्दी गरी ऊर्जा तथा भौतिक निर्माण जस्ता ठुला ठुला योजनाहरू सञ्चालन गर्न सकिने बताउनुभयो ।     

प्रवासी नेपालीहरूले साँचो अर्थमा मातृभूमि प्रति माया देखाउने हो भने ऊर्जा क्षेत्रमा लगानी गरेर नेपाललाई अध्यारोबाट उज्ज्यालो तर्फ, फास्टट्रयाक जस्ता ठुला भौतिक पूर्वाधारयोजनामा लगानी गरेर देशको दीर्घकालीन विकाशमा टेवा पुर्‍याउन सक्ने तर अझ सम्म कोही पनि स्पष्ट योजना सहित अगाडी नबढेको भनाई प्रवासमा रहेका नेपालीहरूको रहेको छ । नेपालमा विभिन्न योजनाका नाममा ठगि हुने तर स्पष्ट नीतिनियमको अभावमा उन्मुक्ति पाउने परम्परा भएको कारणले अग्रजहरुले विस्वासिलो आधार तयार गर्नु पर्ने बताए । प्रवासी नेपालीसंग भएको बचत रकमलाई भारत, चिन लगायतका देशमा प्रवासी भारतीय तथा चिनियाहरुको उत्पादनमुलक क्षेत्रमा धेरै लागानी गरी ती देशहरूको मुहार फेरेको उदाहरणले पनि नेपाली नेता र जनताहरू समेत नेपालमा कुनै दिन यस्तै प्रकारको योजना सहित प्रवासी नेपालीहरू आउने विश्वास गर्दछन् । 

प्रवासी नेपालीहरूलाई नयाँ संविधानमा जुन प्रकारको अधिकार दिईएकोछ, यसलाई सही अर्थमा दिएको छ भनी विश्वास गराउने दायित्व एनआरएनएको काँधमा आएको छ । नेपालमा महाभूकम्प जाँदा एनआरएनले गरेको कार्य जति प्रशंसा योग्य रह्यो यसै गरी आगामी दिनमा समेत आम नेपाली बिचमा प्रवासी नेपाली भनेका निश्चित रूपमा आफ्नो मातृभूमि प्रति माया राख्दछन भन्ने देखाउनु जरुरी देखिएको छ ।

वर्तमानमा प्रवासी नेपालीको बढी ध्यान दूरसञ्चार, बैकिङ्ग जस्ता क्षेत्रमा बढी ध्यान गएको र लगानी लगाएको देखिन्छ । बैंकिंग र सञ्चार क्षेत्र भनेका देशमा खासै रोजगारी सिर्जना नहुने तर नेपालीको छरिएर रहेको पैसा जम्मा गरी आफ्ना कार्यहरू गर्न सकिने व्यवसाय हुन् । तर, कृषि, पर्यटन, हाईड्रोपावर जस्ता उत्पादनमुलक र देशको आवश्यकता भित्र रहेका क्षेत्रमा लगानी गर्दा देशमा रोजगारीको अवस्था सिर्जना हुनुका साथै देशमा हुने आयात समेत घट्न जाने हुन्छ । नेपाल सरकारले होस् वा नेपाली नागरिकहरूले चाहेको र परिकल्पना गरेको एनआरएन भनेको ठुला कुरा भन्दा देशलाई दीर्घकालीनरूपमा फाइदा पुर्‍याउन सक्ने योजना सहितको एनआरएन हो भने प्रवासमा रहेका नेपालीहरूको चाहाना भनेको ठोस योजनासहित आउन सक्ने विश्वासिलो एनआरएनए हो ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक