Similar Articles

लेख रचना

वेखुशीको दसैँ--बिटु केसी बराल

बिराट नेपाल

यूटुवबाट सर्च गर्दै मालश्री धुन घन्काउछु ।  à¤ªà¥à¤°à¤µà¤¾à¤¸à¥€ आँगनमा गोदावरी , मखमली र सयपत्री पनि फुलाएकी नै छु । बाहिर चलेका सिरसिरे बतास र घामको किरणले पनि दसैँ नसंझाएको होइन तर यो मनले मनग्गे दसैँ नमनाएको युग भो ।  à¤ªà¤°à¤¾à¤° साल बुवा बित्नुभयो मेरो दसैँ झन खल्लो भयो । बुवाआमाको अभिभावकत्वमा सपरिवारसँग मानेका ती सुखद दशैहरु संझदै एउटा आलेख लेखेको थिए  à¤…नलाइनखबरमा । जसमा मेरा बाल्यकालका सुमुधुर दसैँको चित्रण थियो आफ्नो परिवारका साथमा साटेका खुशीहरुको ।

मंदिरका घंट र धुप बत्ती , नयाँ लुगा , टोलछिमेकमा तास कौडा जुवाडेका जमघट , ओखलमा पिनेका मसलाका वासना , आकाशभरि रंगीचङ्गी चंगाहरु , आमाले हाल्नु भएको खल्पी ( काक्रोको ) अचार दसैँका पर्यायवाची झैँ लाग्ने । " निते निते मंगलम माई ...." को भजन गुनगुनाउदै बुवा घरको तलमाथि गर्नुहुँदा मेरो दसैँको रङ्ग इन्द्रेणी हुन्थ्यो । अब कहाँ पाउनु त्यो सुनौलो समय ? ती दसैँ संझदै एघार दसैँ प्रवासमै बिते । बुवाले एउटा कमीज हालेको थाहा हुन्न थियो तर हामी छोराछोरीलाई भने बजार लगेर रोजाई रोजाई लुगा किनिदिनु हुन्थ्यो । दसैँका आवश्यक सरसमानको अभाव हुन कहिले दिनुभएन । धेरैजसो विना माग नै हाम्रा आवश्यकताहरू परिपुर्ति हुन्थे । दसैँ त झन हाम्रो मागको पेटारो बनेर आउथ्यो । दसैँको परिपूरक नै बुवा । अनि रमाइलो नहोस्  ? 

हुनत त मन जति नै खुसी किन नहोस्  , तर प्रवासका दशैमा स्वदेशको जस्तो रौनक कहाँ हुन्छ र ?  à¤¨ पहेलपुर धानको बाला नै झुल्छन् यहाँ , न त ढकमक्क सयपत्री नै फुल्छन्  à¥¤ तर सत्य चाहिँ के हो भने , स्वदेशमा सबै आफ्नाहरु रमाइलोमा छन्  , खुसी छन् भने हामीलाई यहाँ त्यसै रमाइलो लाग्ने रहेछ । काम र थकानका व्यस्त समय वावजुद पनि ।  à¤¯à¤¸à¤ªà¤¾à¤²à¤¿à¤•à¥‹ दसैँ पनि संघारमै छ । फेसबुक , फोनमा शुभकामनाको ओइरो लागिरहेकै छ । तर मन भने खुसी छैन। स्वदेशको न राजनीतिक अवस्था ठिक छ , न सामाजिक अवस्था । अस्तव्यस्त जनजीवन पेट्रोल र ग्यासका लामा लाइनहरु देखेर म अनुमान गर्न सक्छु , कति बोझिलो , रित्तो छ यो दसैँ ! स्वदेशवासी कुन उत्साहमा दसैँ मान्दै होलान् कठै ! हामी नेपालीमा धैर्यता र सहन गर्ने गुण अलि बढी नै छ सायद । नालायक सरकारको खटनपटनलाई चु नबोलि सहन बाध्य हुनुपरेको । लंगडो सरकार ! न भारतसँग सम्बन्ध बिस्तार गर्न सक्छ न तेस्रो मूलकसँग व्यापारिक सम्बन्ध जोड्न नै । न त स्वाभिमानको सामर्थ्य नै देखाउछ ।  à¤–ाली सत्ता होड़वाजीको दुर्घन्धित खेल खेल्न माहिर छ । 

भूकम्पमा आफ्नाजन गुमाएकाहरुको यसै  à¤ªà¤¨à¤¿ दसैँ छैन यसपालि ।  à¤•à¤¤à¤¿à¤•à¤¾ आफन्त छैनन् , आफन्त हुनेका घर छैनन् । सबै हुनेले पनि नहुनेका सामु कुन उमंगले दसैँ मनाउनु ? उसैमाथि अस्थिर अर्थव्यवस्था र इंधनको समस्याले अन्योल नेपाली समाजले के दसैँ मान्दै होलान् !  à¤¸à¥à¤– दुखका नि मात्रा हुँदारहेछन् । प्रवासी मनले  à¤®à¤¾à¤¨à¥‡à¤•à¤¾ वेखुशी दसैँको जति नै दुख मनाउ गरेपनि यसपालिको जति नरमाइलो त कहिले लागेको थिएन । बुवा बितेको दसैँ भन्दा पनि । 
मलाई यतिखेर लागिरहेको छ , मेरो बुवा जस्तै अभिभावक देशको सरकार भएको भए कस्तो हुन्थ्यो होला !  à¤à¤‰à¤Ÿà¤¾ असल अभिभावक सधैँ संतानको सुखको लागि प्रयत्नरत हुन्छ । आफ्नो मात्र हित चिताउने अभिभावक भए भने घर र संतानको बिचल्लि हुनेरहेछ।

दसैँ नेपालीको परम्परा र संस्कृतिको धरोहर हो । हाम्रो राष्ट्रिय चिनारी हो ।  à¤®à¤¨à¤•à¥‹ मैलो फालेर शुभकामना र सद्भाव बाड्ने चाड हो। दुख पिरलाई बिर्सेर हास्ने रमाउने हो । नेपालीहरू हास्न सके भने देश बॉच्छ पक्कै ! मैले बुझेको देश यत्ति हो ।  à¤¦à¤¸à¥ˆà¤ त मेरो यसपालि पनि हुँदैन । जेठाजु बित्नु भयो । रातो टिका र जमरा असाध्यै मन पर्छ तर यसपालि लगाउन पाउदिन । मेरो दसैँ जस्तोसुकै होस् । देशवासीको , प्रवासवासी सबै नेपालीको दसैँ सधैँ सहज र सुखमय होस् कामना मात्र गर्न सक्छु । सबैलाई विजया दशमीको मङ्गलमय शुभकामना ।


 à¤¹à¥à¤¯à¥à¤¸à¥à¤Ÿà¤¨ , टेक्सास  à¥¤


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक