Similar Articles

लेख रचना

अघोषित धार्मिक युद्ध: नेपाल रणभूमि--विशाल शाह

बिराट नेपाल

विश्वमा धार्मिक युद्ध कहिल्यै पनि समाप्त हुँदैन । यो निरन्तर जारी रहन्छ । धार्मिक युद्ध कै परिणाम स्वरूप राजा ज्ञानेन्द्रले गैर-संवैधानिक रूपमा शक्ति हत्याउँदा सबैतिर विरोध भयो तर त्यस्तै किसिमले गैर-संवैधानिक तवरले प्रतिनिधि सभा पूनर्स्थापना गर्दा कसैले विरोध गरेनन्। कारण, यो मौका छोपेर अदृश्य शक्तिहरू नेपालबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने खेलमा उनीहरूको योजना सफल हुने देखिरहेका थिए । अनिर्वाचित माओवादीलाई पनि त्यो प्रतिनिधि सभामा छिराउनु पर्ने कारण त्यही हो । अन्यथा, जनताको मत नपाएकाहरुले टेबुल ठटाएर हिन्दु राष्ट्रबाट नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्दा यो कार्य गैर-संवैधानिक भयो, प्रजातन्त्रको विरोध भयो भनेर कसैले आवाज नउठाउनुको कारण के हुन सक्छ ? युरोपिएन युनिएनको मुख त्यतिखेर बनेको थिएन र ? भारतको धर्म-निरपेक्ष इसाई सोनिया गान्धीको निर्देशनमा कम्युनिष्टहरुको हालिमुहाली चल्ने सिख मनमोहन सिंहको सरकारसँग मिलेर युरोपिएन युनिएन होइन नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न अग्रसर गराउने ? मोदी सरकारले लगाएको नाकावन्दीको विरोधमा युरोपिएन युनिएनले नेपालको पक्षमा खासै कुनै किसिमको सहयोग किन गर्न नसकेको त्यो त स्पष्ट नै छ । उ भारतलाई चिढाउन चाहन्न र अर्कोतर्फ भारतको नाकावन्दीले नेपालमा धर्मनिरपेक्ष समर्थकहरु कमजोर होला भन्ने चिन्तामा परेको छ । 

त्यस्तै, नरेन्द्र मोदी सरकार आफ्नो कारण नेपालमा हिन्दु राष्ट्र पक्षधर कमजोर होला वा हिन्दूत्वप्रति वितृष्णा फैलिएला भनेर होशियारीपूर्वक नाकावन्दीको प्रयोग गरिरहेका  à¥¤ खासगरी, भारतको सरकार यतिखेर संयुक्त राष्ट्र सङ्घमा भएको आफ्नो अपमानलाई नेपालको भूमिलाई प्रयोग गरेर हिसाब-किताब मिलाउन तल्लिन देखिएको छ । सुरक्षा परिषदको स्थायी सदस्य हुनबाट रोकिनु तथा नरेन्द्र मोदी मार्फत हिन्दूत्व अमेरिका र अन्य विश्वमा फैलिन रोक लगाउनेहरुलाई नेपालको भूमि प्रयोग गरेर परास्त गर्न भारत सरकार कसिएर लागेको हो ।

गत साल २०१४ को संयुक्त राष्ट्र सङ्घको भ्रमणमा आउँदा नरेन्द्र मोदीको अमेरिकामा जय जयकार भएको थियो, उनले लिएको हिन्दूत्वको सिद्धान्त उदारवादी प्रकृतिको रहेछ भन्ने मान्यता विश्वभर फैलिएको थियो । नरेन्द्र मोदीको उचाइ यति बढ्यो कि उनको साथै उनले लिएको सिद्धान्त र भारतको उचाइ समेत धेरै बढेको थियो । त्यसैले यो वर्ष २०१५ को संयुक्त राष्ट्र सङ्घको सम्मेलनको समयमा धेरै ठुलो षड्यन्त्र भयो । राजनीतिको मन्चमा सामेल नहुने पोपले राजनीतिको केन्द्रहरुमा भाषण नै गरे । विभिन्न महत्वपूर्ण स्थानहरुमा  à¤‰à¤ªà¤¸à¥à¤¥à¤¿à¤¤à¤¿ देखाए । यी कुराको पछाडि नरेन्द्र मोदीको कार्यक्रमहरूको महत्व घटाउन गरिएको भन्ने कुरामा कुनै शङ्का नै छैन ।

वस्तुत: नरेन्द्र मोदी, उनको सिद्धान्त र भारतलाई हराउन ठुलो षड्यन्त्र भएको छ । छिमेकीलाई परेको दुख नबुझेर हामीहरूले उल्टै जसले छिमेकीलाई दुख दिएको हो उनीहरूकै भाषा र व्यवहार अपनाउन थालेकोले भारत अहिले नेपालसँग चिडिएको अवश्य हो । हामीहरुलाई स्वार्थ पर्दा जहिले पनि उनीहरूको मुख ताक्ने अनि छिमेकीलाई सहयोग चाहिएको बेला कान टालेर बस्ने प्रवृत्ति नेपालले देखायो भन्ने भान पर्नु स्वाभाविक नै हो । नेपालले भारतको कुरा नबुझेको जस्तो गरेकोले नै समस्या बढेको हो । अंगिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान सेनापति वा मुख्य मन्त्री दिनु पर्छ भन्ने भनाई भारतको कदापि होइन । भारतको सरकार आफै पनि यो कुराको विरोधी हो । भारत सरकारलाई नेपालको पानीले आफ्नो जनताको पनि भलो होस् भन्ने इच्छा छ । त्यस्तै, आफुहरुले सच्याउन नसक्ने गरी गरेको धर्मनिरपेक्षताको गल्ती आफ्नो छिमेकी जसलाई उनीहरू अफ्नो तिर्थस्थान ठान्छन्- त्यहाँ त्यो नहोस् भन्ने चाहन्छन् । नेपाल धर्मनिरपेक्ष भएको अहिलेको भारत सरकार चाहँदैन । 

त्यसो त बहुसङ्ख्यक नेपालीहरू पनि नेपाललाई हिन्दु राष्ट्र भएको हेर्न चाहन्छन् । त्यसैले, या संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउनु पर्‍यो अथवा भारतले चाहेको जस्तो नभएर नेपाली जनताले जनमतद्वारा कस्तो राष्ट्र हुने त्यो निर्णय गर्ने अधिकार पाउनु पर्‍यो ।  à¤­à¤¾à¤°à¤¤à¤•à¥‹ नाकावन्दीको जवाफ र अन्य राष्ट्रको नेपाललाई रणभूमि बनाउने प्रयासको यो सशक्त प्रतिकार हुन सक्छ । नेपाली जनताको चाहनाको विपरीत जाने जो कोहीको हार हुने स्थिति आउन सक्छ ।  à¤…घोषित धार्मिक युद्धको रणभूमि नेपाललाई हुन कदापि दिनु हुन्न । हाम्रो भूमिमा कुनै पनि विदेशीको खेल्ने ठाउँ बन्ने हरेक उपायलाई परास्त गर्न नेपाली जनतालाई अधिकारले सुरक्षित गर्न सक्नु पर्छ । नेपाली जनतालाई अधिकार दिँदा आउने परिणामले कोही पनि त्रसित हुनुहुँदैन ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक