Similar Articles

लेख रचना

स्वदेश प्रेम-- निशा अर्याल

बिराट नेपाल

हृदय हैन त्यो ढुङ्गा हो जसलाई स्वराष्ट्रको माया छैन ।' जननी र जन्मभूमि स्वर्ग भन्दा पनि महान् छ- यस्तो अनेक काव्य पंक्तिहरूले देशप्रेम प्रति स्वाभाविक माया दर्शाऊँछ । वास्तवमा जुन धर्तीमा जन्म लिन्छौ , जहाँ हुर्किन्छौं त्यस प्रति स्नेह उत्पन्न हुन्छ नै । जुन माटोबाट हाम्रो शरीर बन्यो, त्यसको ऋण हामीले कहिल्यै चुकता गर्न सक्दैनौ । यदि आफ्नो देशको संस्कृति र परम्पराहरूलाई बुझ्यौं, यहाँको प्राकृतिक सौन्दर्यमा आफ्नो मन रमायौं, यहाँको ज्ञान - बैभवलाई बुझ्यौं भने निश्चय नै हामी भित्र देशप्रति लगाव अझ बढ़्ने छ । देश भक्तिको भावनालाई बल मिलने छ ।

देश भक्ति हाम्रा कर्महरू र वाणी दुवैबाट प्रकट हुन्छ । देशभक्त संकटकालमा आफ्नो सर्वस्व समर्पण गर्न तयार हुन्छ । उसले आफ्ना कार्यहरूबाट देशको गौरव बढ़ाऊँछ । असल देशभक्तले यस्तो काम गर्दैन जसले गर्दा उसको देशको बदनामी होस, उसले कहिल्यै पनि आफ्नो देशको निन्दा गर्दैन । न अरूसँग तुलना गरेर आफ्नो देशको सान,मान,र आर्दश प्रति शिर तल झुकाउने काम गर्दछ । उसले गर्ने हरेक क्रियाकलाप ,कार्यहरू स्वार्थ हित नभएर देशको हितकालागी हुन्छ । त्यसैले देश भक्तले उदार भावनालाई अंगाल्छ र सबैको हितको लागि सोचेर पाइला चाल्द्छ ।

भलै आमा बेग्लै भए पनि देव र दानव एउटै बाबुका सन्तान हुन । दानवहरू सूरवीर र पराक्रमी थिए भने देवताहरूमा विलासिता र जालझेल तिगडमको शिल्प बढी थियो । दुवै मिलेर समुन्द्र मन्थन गरे । २०४६ सालमा । अमृत बाड्ने बेलामा देवपक्षले जालझेल गरेर अमृत उछिट्याए । साझा परिश्रमको कमाई एउटाले एकलौटी पारेर खान खोजे पछि झगड़ा त हुने नै भयो । २०४६ सालमा बाम र काँग्रेसको साझा प्रयासबाट प्रजातन्त्र आयो । लुच्याईं गरेर खानमा काँग्रेस अग्रणी रह्यो भने एमाले भाइ काँग्रेस भयो । अरू थूक निलेर बसे । " तँलाई न मलाई " पराजुलीको वाख्रालाई " भने जस्तो भए पछि बल्ल यिनीहरूको आँखा पुलुक्क खुले ।

देश प्रेम कसैमा रहेन । धेरै नर नारी, युवाहरूको प्रेम शक्ति त सम्पत्तिमा केन्द्रित हुदो हो त कसैको निष्ठा र नैतिक सिद्धान्त प्रति हुन्सक्छ ।मैले सुनेकी थिए महात्मा गांधी आजीवन एक प्रकारको प्रेममा समर्पित हुनु हुन्थ्यो । वहाँको प्रेम अनुप्राणित थियो रे लोक कल्याणबाट ।त्यस्तै हिटलर र स्टालिनको प्रेम थियो रे शक्ति र लोक दमन । तर सबै भन्दा अनिश्चित प्रेमीहरू प्रजातन्त्र प्रेमी हुदा रहेन । जहाँ सत्य एकदमै लुलो हुन्छ, त्यहा अभिनय एकदमै बलियो हुँदो रहेछ ।

प्रजातन्त्रको माध्यमबाट प्रजाहरूको सेवा गर्छु भन्छन् प्रजातन्त्र प्रेमीहरू तर शक्तिमा पुग्नासाथ आफ्नो परिवार र आफ्नो अहङ्कारको सेवा गर्नमा तल्लीन हुन पुग्छन । धेरै कम प्रेमीहरू उच्च कोटीको प्रेमीहरू जस्तो भेटिए , अधिकांश निकृष्ट देखिए । सबै भन्दा खतरनाक प्रेम अधिनायकवाद प्रेम हुदो रहेछ । चाहे त्यो स्टालिन र माओ होस वा मुसोलिनी र हिटलर होस । सिद्धान्त र निष्ठा प्रेमको मौखिक घोषणा गर्नेहरू अकसर आफ्नो घोषित प्रेमवाट मुक्ति पाइरहेका हुन्छन् । आफ्नो मौलिक लक्ष्यबाट टाँडा भागी रहेका हुन्छन् । तिनीहरूलाई टाँडा निकल्न कुनै संकोच हुँदैन । तर पुरा हृदयले समर्पित भक्त र प्रेमी जति टाँडा निक्लन चाहन्छ त्यै तिर नै आफूलाई आराध्यदेव, आराध्यदेवी तिर खिचिएको पाउँछिन ,त्यतिनै सम्पर्ण भावमा हुन्छन् - एक रहस्य पूर्ण विरोधाभास ।

कसैले आफनो 'क़द' जब राष्ट्रभन्दा ठुलो सम्झन लाग्दछन र आफूलाई सत्यवादी हरिश्चन्द्रको "छद्म अवतार मान्न लाग्दछ भने कौटिल्यकोका शब्दहरूमा यती मात्र भन्न सकिन्छ - " जुन मानिस राज्यका मूल्यहरूका विपरीत आफ्नो स्व - प्रदर्शन गर्छ वा झूठो मान बढाइका लागि बोल्छ या केही प्रदर्शित गर्छ, त्यसको ठाउँ कारागार बाहेक अन्यत्र हुन सक्दैन" ।

उपरोक्त सलाह महापदमनंदको त्यस मंत्रीलाई दिइएको थियो जसको नाउँ थियो "राक्षस" र त्यसले आफ्नै माटोसंग विद्रोह गरिरहेको थियो । कौटिल्यले भनेका थिए' मर तर आफ्नो माटोसंग विद्रोह नगर" । राष्ट्र भित्रका अतिराष्ट्रवादीहरू, अल्ट्रा नेसनलिष्टहरू दुई ध्रुवीय मनोदशामा रम्नेहरू , छटपटिनेछन एक वर्ग माकुरोले आफै निर्माण गरेको जालोलाई महलमानेर मस्त भए जस्तै रमाइरहनेछ सङ्कुचित घेराभित्र । अर्को वर्ग बाह्य जातकों जीवन्त गतिशीलता हेर्दै असहाय तडपिरहनेछ । किनकि अतिराष्ट्रवादीहरूका पनि श्रेणीहरू हुन्छन् - कल्पनाशीलतालाई पूर्णत: तिलान्जली दिएर आफैलाई राष्ट्रवादी घोषित गर्नेहरू र अवसरको लांभ उठाउने हेतुले राष्ट्रवादीको अभिनय गर्ने तर विवेक र कल्पनाबाट अझै पूर्णत: रिक्त नभएकाहरू ।

कैलाली टीकापुरमा गत सोमबार प्रहरी वरिष्ठ उपरीक्षकसहित सात सुरक्षाकर्मीको निर्मम हत्यापश्चात तनावबीच नेपाली सेनाको गस्ती सुरु गरिएको छ । त्यस पछि बाँके , दांग ,र रौतहट जिल्लाका केही भागलाई पनि दंगाग्रस्त क्षेत्र घोषित गरी सेनालाई ब्यारेकबाहिर निकालिएको समाचार सार्वजनिक भएको छ । तर ,यसका निम्ति प्रचलित विधि पछ्याइएको छैन न त यसो गर्नुपर्नाको आवश्यकता -विश्लेषण गरेर यस्तो संवेदनशील निर्णय लिइएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको अग्रसरतामा गरिएको यो निर्णय क़ानूनी र राजनीतिक दुवै रूपमा विवादास्पद देखिन्छ । तसर्थ नेपाली सेनालाई अनावश्यक राजनीतिक विवादमा तान्ने किसिमको अहिलेको क़दम माथि सरकाले तत्काल पुनः विचार गर्न ज़रूरी छ ।

सुनेकी थिए महात्मा गान्धीले एक सन्दर्भमा भनेका थिए रे बन्द गर्नु एउटा जंगलीपन हो र त्यो यस कारणले कि दबाब दिने सबैभन्दा भद्दा ढङ्ग हो अहिलेको सन्दर्भमा नेपालको तराई - मदेस बन्दको बन्दकीमा परेको देखिन्छ । राज्य पक्षको अनुदार रवैयाका सामुन्ने जन - प्रदर्शन गर्न , जनघेराव गर्न लागिपरेका शक्तिहरूले टीकापुर घटना पश्चात् पनि त्यसलाई स्थगित गर्न मानेनन । शान्तिपूर्ण प्रतिरोध गर्ने महात्मा गान्धीको विचारलाई आत्मसात गर्ने कोही अदना नेता आज हामी माँझ छैनन् जो भारतीय स्वतन्त्रता संग्रामको ' भारत छोड़ो आन्दोलन उत्कर्षमा पुग्न लाग्दा " चौरीचौरा"मा हिंसक वारदात भए पछि स्थगित गरेका थिए ।

यसै बिचमा आन्दोलनले उचाइ लिइरहदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल प्रतिको बढी चासोलाई आन्दोलनकारी शक्तिले आफ्नो समर्थनका रूपमा व्याख्या गर्न थालेका गाइगुइ हावाको गतिले रुखको पात हल्ले झैँ सन्सार भरि छरिएका नेपाली लागिमात्र नभई अन्यका लागिपनि चासोको विषय बनेको छ ।कताकति मदेसी दल कमजोर देखिए पनि मदेसी मुद्दामा लागि आफ्नो हठ नछाडन मदेसीजन एकपछि अर्को आहुति दिदैछन ।

घरमा आगो लागेको छ । तर नेताहरू ' मास्टर वेडरूममा ' को सुत्ने भन्ने विवादमा तल्लीन छन् । कुनै पनि व्यवस्थाको सफलता वा असफलता त्यसको दार्शनिक सिद्धान्त र आदर्शमा मात्र निहित हुँदैन ।सैद्धान्तिक आधार भन्दा पनि व्यवहारिक कामकारवाहीकोआधारमा व्यवस्थाको मूल्याङ्कन गरिरहेको हुन्छन् ।

आजको नेपालको सन्दर्भमा चाहिँ हाम्रा बहुलवादी शक्तिहरूको वेला आएको हो कि गएको हो ? राजदलवादी शक्तिहरूको वेला आएको हो कि गएको हो ? माओवादी शक्तिहरूको वेला आएको हो कि गएको हो ? सबैको वेला एकै पटक आएको त पक्का होइन । त्यसो हुन जनताको वेला आएको हुन पर्छ - जुन देखिदैन । जनताको त गोली खाने वेला छ ।संत्रस्त हुने वेला छ । विस्थापित हुने वेला छ । लुक्ने, भाग्ने, मर्ने, सेरिने, ताछिने, बलाकृत हुने बेला छ- जताबाट भए पनि, जसरी भए पनि ।

बलवान पक्षले कमजोर समक्ष समझौताका क्रममा झुकने साहस र विनम्रता देखाउनु पर्छ । आख़िर दुवै पक्षका बिच तनाव चर्के पछि कुनै बिन्दुमा पुगेर त्यो तनावलाई तल झार्न प्रक्रिया नै शान्ति प्रक्रिया हो । राजनीतिक दलहरूलाई शान्ति प्रक्रियामा सहभागी बनाउने तर्फ संविधान मस्यौदाकारी पक्ष र यस्को विरोध गर्ने पक्षहरू सक्रिय न देखिदा वार्ताको पक्षमा व्यापक अनुमोदन हासिल गर्न गम्भीर न भएको देखिन्छ । किनकि परिस्थितिमा सुधारकों साथै द्वन्द व्यवस्थापनमा प्रत्यक्ष या अप्रत्यक्षरूपमा लागेका शक्तिहरूको व्यवहार र मान्यतामा पनि सकारात्मकता प्रतिबिम्बित हुन त्यतिकै आवश्यक छ । कथम कदाचित वार्ता असफल भई राज्यले सेना परिचालन गर्नु पर्ने वाध्यात्म र वस्तुगत अवस्था सृजना भएमा सेनालाई सरकारले आवश्यक भूमिका दिने निश्चित छ । तर, मुलुकले चाहेको परिस्थिति त्यो होइन । मुलुकले शान्ति या राजनीतिक प्रक्रिया चाहेको छ ।

हाम्रो देश विभिन्न संस्कृतिहरूको देश हो । सम्पूर्ण विश्वमा आफ्नो अलग पहिचान छ हाम्रो देशको । भन्दा भीन्दै संस्कृति र भाषाहरू हुदाहुदै पनि हामी एक आपसमा बाँधिएका छौँ । राष्ट्रको एकता वा अखंडतालाई अक्षुण्ण राख्न सदैव तत्पर रहनु पर्छ ।
"योगमाया" द्रौपदी सीताबाट हामी सबै नारीले सिक्नु पर्ने पाठ । 

ऊनको कठोर अनुशासन सहितको ब्रत, उपवास, फलाहार, जप, तप, भजनले गर्दा बिस्तारै बिस्तारै ऊनको परिचय शक्तिमाता भगवती देवीको रूपमा स्थापित हुन थाल्यो । ऊनी भित्र अभुतपूर्व किसिमको कवि प्रतिभा लुकेर रहेको रहेछ । कठोर अनुशासन, न्यास ध्यान तपस्या सँगसँगै सामान्य मानिसले कल्पना गर्न नसक्ने आशु कवियत्रीका रूपमा धारा प्रवाह प्रवचन दिन थालिन । अलौकिक शक्तिको अवतरण बेगर एउटी निरक्षर नारीका मुखबाट वेद , ऊपनिषद , गीता पुराण महाभारतका श्लोकहरू जस्ता अर्थ लाग्ने श्लोकहरू प्रवचनको रूपमा ऊनका मुखबाट निस्कन थालेपछि ऊनका कट्टर विरोधीहरू पनि भगवतीको अवतारका रूपमा गाउँ समाजमा इज़्ज़त गर्न थाले ।

एउटा धर श्राद्धखाई अर्का घर आँटो
ग्रहहरू बिन्ती गर्छन् पुरोहितले ढाँचे ।
चटक जस्ता संसारमा स्वपना जस्तो खेल्छ
प्राणीहरूका हृदयमा तृष्णाको खेल छ।
कर्कलो र निगुरो सिस्नाहरूका भन्टा
दुखीले खानु सुत्नु आनन्दिका गुन्टा ।
महाजनका सम्पत्तिले चित्त पोल्दै ल्याऊँछ
मनमा सन्तोष नहुनाले गुण्टा विजाऊ छ ।
आसामीले पहिले क़र्ज़ा तिरि सकेछ
साहु भन्ने पापीले त बाँकी भनेछ ।
अासामीले क़र्ज़ा तिर्यो तमसुक छ ठाडै
छोरो थियो बालक बाबु मरेछ
पापी साहु माग्न गयो तिर्नु परेछ ।

यसरी समाजमा रहेका कुरिति अन्याय अत्याचार बारे भाका हालेर आशु कविले जस्तै प्रवचन दिनथाले पछि योगमायाको ख्याति दिन प्रतिदिन फैलिदै गयो । राष्ट्रप्रेम आफैमा एउटा बन्दनीय भाव हो । आफू जन्मेको हुर्केको देशप्रति प्रीतिपूर्ण नहुनेहरू पाषाण दिल लिएर जन्म लिएका जडहरू हुन, सठ हुन । त्यो मानवको शान्त , नि:सर्गदत्त स्वभाव हो , संवेग हो । तर समयको मात्र र ध्वनि प्रति निपट उदासीनता देखाएर निहित स्वार्थ - सिद्दीक़ी लागि कथित राष्ट्रवादको कर्कश अनुकिर्तन गरिन्छ त्यो हो कुरूचि , कुलक्षण र कुरूपता समवेत वायुमा ध्वनित हुन थाल्छ । त्यस्तै खालको राष्ट्रवादबाट सिर्जित हुने विकृतिलाई ध्यानमा राखेर भन्यो होला डा०स्यामुयल जोन्सनले " राष्ट्रवाद धूर्त र वेईमानहरूको अन्तिम रणनीति हो, आश्रय हो, गन्तव्य हो । डा० जोन्सन महान् साहित्यिक प्रतिभा मात्र थिएनन , ऊनी एक उदार राष्ट्र प्रेमी पनि थिए । प्रतिभाहरूको विरोधाभासपूर्ण व्यक्तित्व र वाणी सामान्य धर्तीमा विचरण गर्ने सामान्य नरनारीका लागि दुर्वोध्य हुन जान्छ । " सामान्य नरनारीका ' भित्र केही प्रा डाक्टरहरू, केही राजनीतिक कर्मीहरू केही पत्रकारहरूलगायत धेरै प्राणीहरूसपर्छन , सबै दुखुट्टै प्राणीहरू । मानव जातीको कथा भित्र जति पनि विध्वंशकारी युद्धहरू घंटे, मुख्यत: अतिराष्ट्रवादकाव अहङ्कारका कारण नै धटेका छन् । राष्ट्रवाद एउटा यस्तो मनोवेग हो , जहाँ अमृत र जहरको सहस्थित्व हुन्छ । प्रयोग जानियो भने अमृत, दुरुपयोग गर्न जान्यो भने ज़हर । मानव जातिको अपरिहार्य नियती या सिमाना परिवेश भित्र सीमित भएर म यस्तो सत्य भन्न विवश छु । नत्र भने ऊद्वबोधित आत्माहरूका लागि त भौगोलिक सीमाहरूको कुनै अर्थ छैन । "बसुधैव कुटुम्बकम्को भार हाम्रो सत्य होइन । न डा. जोन्सनको नै हो । प्रज्ञावानहरूको, मुक्तात्माहरूको सत्य हो । भाषणलाई अलंकृत पार्नका लागि ऊद्धृत मात्र गर्न सक्छौ, बसुधैव कुटुम्बकम् । हामी त्यस भन्दा परको उडान लिन सक्दैनौ ।

राष्ट्रवादी शिक्षाको बनौट, र संरचना र स्वभावका सम्बन्धमा मैले आफनो जीवनयात्राभित्रको केही अनुगुन्ज, केही सूचना, केही स्पष्ट-अस्पष्ट धरणा अव्यवस्थित रूपले पाएको भए पनि राष्ट्रवादी शिक्षा के हो भनेर कुनै राष्ट्रवादी वा अराष्ट्रवादीले सोधि हाल्यो भने म निरीह रूपले नि:शब्द हुन सक्छु । ऊसैत परिभाषा दिनबाट म संधै त्रसित भैरहेको मान्छे, त्यसमा पनि यो देशका शिखर राष्ट्रवादी मस्तिष्कहरूले परिकल्पित र परिनिर्माण गरेको राष्ट्रवादी शिक्षा - योजनाको परिभाषा दिनु पर्दा मेरो स्नायुम्णडल भित्र कुन प्रकारको तहलका मच्चिएला, म अनुमान पनि गर्न सक्दिन । शिक्षा के हो भन्ने सामान्य धारणा वा विचार अरू पथिकहरू जस्तै म भित्र पनि होला , तर सन्तोषजनक चित्रण दिने सामर्थ्य भने म बन्चित छु । नेपालका अधिकांश शिक्षाविद र घगडान शिक्षाशास्त्रीहरू परिभाषा मात्रै दिदैनन, परिभाषा वांचिरहेका हुन्छन् । अर्को पदावलीमा भन्नु पर्दा परिभाषा परिभाषा तिनीहरूको श्वास -प्रश्वासमा छ । ती मध्ये पनि राष्ट्रवादी शिक्षाका परिकल्पनाकार र प्रत्येकहरू असाधारण जाँगर र उत्साहित परिभाषा दिन तम्सिनेछन भन्ने मेरो आशा छ, विश्वास छ । नेपाल राष्ट्रवादी हुँदै गैरहेको छ शेष संसार अन्तराष्ट्रवादतिर लच्किदै गएको देखिन्छ । भीडदौडबाट अलग भएर नेपाल आफ्नो वैशिष्ठ स्थापित गर्ने उद्योगमा लागेको छ कि भन्ने भान हुन्छ खबर हेर्दा होहल्ला सुन्दा । जर्मनहरू सर्वोच्च मानव हुन , असली आर्य हुन भन्ने बोध संसारलाई दिनका लागि एडल्फ हिटलरले राष्ट्रवादी शिक्षा निर्माण गर्ने अभिभारा त्यस बेलाका धुरन्धर शिक्षाविदलाई दिएको थियो भन्ने कथा मैले प्राचीन कालमा पढेको थिएँ । केही भिन्नता भएको, तर समग्रमा उस्तै आकाङ्क्षा र आदेश स्टालिन र माओत्सेतुंगले पनि प्रकट गरेका थिए भन्ने तथ्य पनि सुनेको थिएँ । म यी तीनै राष्ट्रवादीहरूसित राज़ी छैन । शिक्षामा मात्र होइन अरू धेरै क्षेत्रमा पनि कुनै एक प्रेरणादायी, अनुकरणीय वाणी-यो युगको सन्दर्भ छान्नु पर्‍यो भने म अहिलेको भावदशामा महात्मा गान्धीको वाणी छान्ने छु " मेरो घरको झ्यांल खुला हुनु पर्छ ताकि बाह्य जगतबाट आउने स्वच्छ विचार, स्वच्छ वायु प्रवेश होस, तर त्यो वायुवेगले यतिजोडसित धक्का नदेओस कि मेरो दुवै खुट्टाहरू विचलित, विस्थापित हुन थालुन ।

मानिसको भौतिक उपस्थितिका अन्य पहलूहरू जस्तै बस्त्रको पनि सामाजिक महत्व हुन्छ । बेशभूषा संहितामा निहित नियम या सङ्केतहरू हुन्छन् । मानिसको लुगा र ऊस्को पहिरनबाट कस्तो संदेश प्रवाहित भइरहेको छ त्यसबाट सङ्केत इंकित हुन्छ । हाम्रो देशको " राष्ट्रिय पोशाक " कति राष्ट्रिय र कति विदेशी-दौरा यथार्थमा राजस्थानी र अफगानिस्तानबाट आएको विशेषरूपबाट पंजाबी बस्त्र हो । यो पाकिस्तानको राष्ट्रिय पोशाकमा पनि आऊँ छ ।

ढाका टोपी यथार्थमा बंगालको ज़मदानी कढाईबाट बनेको हो, बङ्गलादेशको राजधानी ढाकामा विशेषरूपले कढ़ाई र बुनाई गरिन्छ । गुन्यु चोलो पनि बंगाल कै ज़मदानी बुनाईको नकल हो । कोट युरोपको हो । डा०बाबुराम भट्टराईले भारत भ्रमणमा कालोसूट र नीलों टाई लगाएका थिए ।त्यस्तै पाकिस्तानी परराष्ट्र मन्त्री हिना रन्वानी खरले भारत भ्रमणमा ऊनको पहिरनमा बार्टिन झोला फस्नेबिल खसी हय्तोरालाई राम्रो सम्झिएन । भारतमा भारतको पहिलो गणतन्त्र दिवसमा राष्ट्रपति डा. राजेन्द्रप्रसादले प्रधानमन्त्री जवाहरलाल नेहरूलाई सोधे कस्तो लुगा लाऊँ भनेर । नेहरूको जवाफ थियो सादगीलाई प्राथमिकता दिनुहोस सेतो चूढीदार पायजामा र कालों कोट नै राम्रो होला । गान्धीको पोशाकलाई बेलायतका प्रधानमन्त्री विस्टन चर्चिलले भनेका थिए नाङ्गो फकिर ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक