Similar Articles

लेख रचना

कर्नाली व्लुजबारे केही कोर्दा---शरद पोखरेल

बिराट नेपाल

 à¤ªà¤›à¤¿à¤²à¥à¤²à¥‹ समय लेखक बुद्धि सागर द्धारा लेखिएको पुस्तक कर्नाली व्लुजले निकै चर्चा पाएको छ । हुनत यस पुस्तक अघि सम्म पनि लेखक बुद्धि सागर नेपाली पाठकहरू माझ त्यति परिचित नाम भने हैन् ।  à¤‰à¤¨à¤•à¤¾ कविताहरू यदाकदा पढन एवं सुन्नमा आइरहन्थे । हालकी प्रस्तुत उपन्यासिक कृति कर्नाली व्लुजवाट भने उनी चर्चाको शिखरमा एकाएक चुलिएका छन् ।  

प्रस्तुत कृति दश भागमा लेखिएको छ । हरेक भागमा लेखकले दुई ठाउँको संयोजनात्मक वर्णन गरेका छन् । पुस्तक पढदा पढदै एक ठाउँको वर्णनवाट चटक्कै अर्को पट्टि मोडिन्छ । कतिलाई त नमज्जा पनि लाग्न सक्छ । तर लेखकले सकेसम्म संयोजनको तारतम्भय मिलाएका छन् । सम्भवत यो लेखकको नौलो प्रयास हुन पर्छ । यस्ता खालका प्रयासहरू कमै पुस्तकहरुमा पढन पाइन्छ ।

कर्नाली व्लुज एउटा छोराका आखाँवाट पिताको वर्णन हो । छोरा ठुलो हुँदै जादा पिता प्रतिकोे परिर्वतित धारणा हो । जसलाई लेखकले बडो सजीव ढङ्गबाट उनेका छन् । उनले पुस्तक मार्फत पिताको वर्णनमा बढी ध्यान दिए पनि उनी सँग टासिएर आएका परिवारका अरू सदस्यहरू पनि त्यत्तिकै सशक्त छन् । जस्तो लेखकको आमा, दिदी, घरमा काम गर्ने वाटु तथा अन्थ सामाजिक पात्रहरु सबै सजीव छन् ।  
 
पुस्तकले प्रभाव पार्ने अर्को पाटो भनेको यात्राको सजिवता हो । मूलतः पात्रहरुले नै उपन्यासमा ठाउँ विशेषको वर्णन उपन्यासिक ढङ्गमा यति राम्रो सँग गर्छन् कि पाठक घोरिन बाध्य हुन्छन् । सुरुमा तराईको परिवेशमा कर्नाली नदी छेउछाउका जीवनमा पुस्तक अगाडि वढछ । पाठकहरूलाई भ्रम पनि पर्छ कि कतै शीर्षक कर्नाली व्लुज यसैको हाराहारीमा मात्र वग्ने त हैन ?  à¤¤à¤° जति जति पुस्तक अगाडि वढदै जान्छ कर्नाली नदीको पानी जस्तै पात्रहरुको दैनिकि पनि एक ठाउँबाट अन्त क्रमशः सर्दे जान्छ । अन्तत मूल पात्रका रूपमा रहेका लेखक र उनको परिवार धरै उकालो र ओरालो गर्दे कर्नालीको कालिकोटमा बसाई सर्छन । यद्यपि यतिविध्न हुदा पनि बसाई सराई नाटकीय भने पटक्कै लाग्दैन । 

बाध्यतामा मानिसहरूले आफ्नो थातवास र पेसा कसरी परिर्वतन गर्छन् भन्ने ज्वलन्त उदाहरण प्रस्तुत कृतिका माध्यमबाट लेखकले अगाडि ल्याएका छन् । यसमा वनावटी कथा शैली देखिदैन । हरेक पन्नाहरु एउटा सजीव चित्रका रूपमा रहेका छन् । कृतिमा रहेका उपन्यासिक पात्रहरु ममतादिदी, चन्द्रे, भागाीराम, वाटु, सद्दाम, एकराज मन्दिरे अनि छोटकु हाम्रै समाजका दिनहुका पात्र झैँ भान हुन्छ । यसैले त लेखकले भनेका छन्, “धेरैपल्ट म आफ्ना पात्रहरु सितै रमाए । ठुलो महफिल जमाए । म तिनलाई रुवाउन सक्थे, हसाउन सक्थे ।”
  
यति हुदा हुँदै पनि कतिपय ठाउँमा भने लेखक बढी भावुक भएका देखिन्छन भने कति ठाउँमा उनी ज्यादा वर्णनात्मक रूपमा प्रस्तुत भएका छन् । यसैगरी एक परिवेशको व्याख्यामा उनी अल्झदा अल्झदै अर्को परिवेशमा दौडदा कति पटक पाठकहरू झुक्किन पनि सक्छन् । एउटा परिवेशलाई दिमागमा घुमाइरहेका पाठकहरू अर्को परिवेश विना सूचना तानिदा खल्लो महसुस गर्न सक्छन् । जस्तैः लेखक बिरामी बाबुको व्याख्या गर्दा गर्दे एकै चोटि अतीत तिर दौडिन्छन जसलाई पक्रन पाठकहरूलाई समय लाग्छ ।




त्यस्तै लेखकले कतिपय स्थानीय तहका भाषाहरुलाई जस्ताको तस्तै उपयोगमा ल्याउँदा उपन्यास स्वादिलो त छ नै यसले केही भाषिक समस्या भने वेला वेलामा पार्छ । उता फोहरी नेपाली शब्दहरू जस्ताको तस्तै उपन्यासमा राखिदिनाले उपन्यासको महत्वलाई नै असर गरे झैँ भान हुन्छ ।

लेखकले तकरिवन तीन वर्षको लामो समय पश्चात् यो पुस्तक निकालेका हुन । पुस्तकलाई यस अवस्थामा ल्याइपुर्याउनका लागी उनले बढी नै मिहनेत गरेको देखिन्छ । एक ठाउँमा उनले भनेका पनि छन् “पुस्तक लेखन यात्रामा मैले धेरैपल्ट ह्दय तप्काएको छु । कतिपल्ट आफै हाँसेको छु , कतिपल्ट रोएको छु” यस आधारमा पनि उनले पुस्तक तयार पार्न गरेको मिहनेतको आंकलन गर्न सकिन्छ ।

अन्तमा, समकालीन नेपाली साहित्यमा कर्नाली व्लुज एउटा गतिलो कोसेढुङ्गा हो । जसलाई सबैले पढदा जाति । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक