Similar Articles

लेख रचना

विद्वान बन्न पिएच डि गर्नै पर्छ भन्ने छैन--सरोज खड्का युएई

बिराट नेपाल

देशका ठुला ठुला व्यक्तिहरू ठट्टा गर्दै  à¤®à¤¸à¤•à¥à¤• मस्किन, जनता सङ्ग झुठो बोल्न र छक्याउन ठिक्कै छ । देश र जनता प्रति बिल्कुलै गम्भीर छैनन् ।साच्चै भन्ने हो भने मलाई त नेपालमा डा. बाबुराम भट्टराई बाहेक अरू कोही नेता छ जस्तो पनि लाग्दैन । "भट्टराई जस्तो सच्चा देशभक्त नेता हामी र हाम्रो देशमा हुनु भनेको, एक बुद्धिमान, विद्वान, विवेकशिल र असल अभिभावक आफ्नो घरमा हुनु हो ।" हामी आम नेपालीहरू राजनीति दलहरू भन्दा माथि उठेर निस्स्वार्थ भावनाले देश र जनता प्रति गम्भीर हुनु जरुरी छ । तपाईँ हामी सबैले एकपल्ट छातीमा हात राखेर सोचौ त, वास्तवमा देशलाई गरिब तपाईँ हामीले बनाएका हौ । हामीले चाहने हो भने देश समृद्ध बन्छ । पहिलो कुरा हामी असल बनौ, निस्स्वार्थ बनौ सत्य बोल्न र काम गर्ने बानी बसालौ अनि यस्तै गुण ले भरिपूर्ण नेतालाई भेटिङ प्रणाली बाट निकालौ र उसलाई आम नेपालीले साथ दिउ ।
 
थुप्रै असम्भव ठुला ठुला परिबर्तनहरु नेपाली जनताले गरेका छन् । यहाँ जम्मै कुराहरू सम्भव छन् । नेपोलियन बोनापर्टले भनेका छन् कि, "असम्भव भन्ने शब्द मेरो शब्दकोषमा छैन" भनेर । यदि मानिसले चाह्यो भने जे पनि गर्न सक्छ । सबै कुराहरू सम्भव छन् यहाँ । यो आर्थिक क्रान्ति गरी समृद्ध नेपाल बनाउनु कुनै असम्भव भन्ने कुरै छैन ।
 
पाँच "स" का चिन्तन र दर्शन बोकेर एक्लै हिडेका डा. बाबुराम भट्टराई, अहिले आम बुद्धिजीवी वर्गले बडो गम्भीर ढङ्गले सोचिरहेका छन् कि वास्तविक पाच "स" को बरेमा । बिल्कुलै सशक्त ढङ्ग बाट, नयाँ सोचका साथ यी पाच "स "प्राप्ति को लागि हामी" नयाँ शक्ति" मा लाम्बद्द हुन जरुरी छ । मेरो विश्लेषणमा मार्क्सवादका मुलभुत मान्यता र द्वन्द्वात्मक भौतिकवादि दर्शनलाई अनुसरण गर्दै हाम्रो मुलुकको आवश्यकता र परिस्थिति अनुसारको सिद्धान्त वा नयाँ शक्ति निर्माण गर्ने डा. बाबुराम भट्टराईको आजको मुख्य उदेश्य हो । हामी आम नेपालीलाई लागेको छ कि, बाबुरामले माक्र्सवाद सिद्धान्त छोडे । वास्तवमा यो बिल्कुल गलत आरोप लगाइएको छ । उनले नेपालको माओवादी पार्टी त्याग गरेका हुन, माक्र्सवाद सिद्धान्तको द्वन्द्वात्मक भौतिकवादी दर्शन र चिन्तनलाई छोडेका होइनन । स्वच्छ छवि भएको, इमानदार, मुलुक प्रति बफादार, देश र जनता प्रति जिम्मेवारी बहन गर्ने खासै कोही नदेख्दा एउटा असल चिन्तन र दर्शन भएको जिम्मेवारी बहन गर्न सक्ने, इमानदार र भ्रष्टाचार विरोधी नेतालाई कसरी मुलुक लाई समृद्ध बनाउन सकिन्छ भन्ने चिन्ता ले सताउनु स्वभाबिकै हो । यो चिन्तन अब हामी आम नेपालीले लिन जरुरी छ । यो चिन्तन अतिनै समय सान्दर्भिक छ । सम्बिधान निर्माणको प्रक्रियालाई आफ्नो जिम्मेवारी सम्झी, सम्बिधान निर्माण पूरा गरी, पुरानो सोचको राजनीति बाट कुनै पनि कुराको सम्भावना नदेखेपछी भट्टराई आजको "नयाँ शक्ति" भनेर पार्टी बाट बाहिरिनु परेको हो ।
 
के पिएच डि गरेको हाम्रो नेपालमा बाबुराम भट्टराई मात्र छन् र ? अरू पिएच डि गरेकाहरुले पनि आफूलाई दार्शनिक सम्झन्थे भने, किन लिन सकेन त यी चिन्तन र भिजन ? यो पाच "स" को  à¤šà¤¿à¤¨à¥à¤¤à¤¨ लिएर जब बाबुराम भट्टराई नेपालीहरू लाई घच्घच्याउदा, कम्तीमा एक दुई जना पिएच डि वाला हरुको नयाँ चिन्तन या भिजनको कुरा त बाहिर जनमानसमा आउनु पर्ने हो नि ? खोइत ? अनि जम्मै बाबुरामको पिएच डि को अपमान गर्ने ? पिएच डि गरेर भ्रष्टाचार गर्ने चाहिँ कुशल नेता, तर देशमा केही गर्छु भन्ने बाबुराम चाहिँ भारतीय दलाल ? बाबुराम भट्टराई सधैँ फर्स्ट, नयाँ चिन्तन र भिजनमा पनि फर्स्ट, हरेक क्रियाकलापमा फर्स्ट ।
 
अर्को कुरा विद्वान बन्न पिएच डि गर्नै पर्दैन । हाम्रा विभिन्न दलका नेताहरूले यदि भारतमा पढेको र भारतीय सक्कली प्रमाणपत्र छन् भने के ती सबैलाई भारतीय दलाल हुन भन्न मिल्ला र ? डा. भट्टराईले भारतमा उच्च शिक्षा पढ्नु बाबुरामको अभिशाप बन्न पुग्यो । कोही भोलि चाइना मा पढेर आउला अनि देश को सेवा गर्छु भन्ने लाई चाइना को दलाल भन्ने ? अमेरिकाबाट पढेर आएको लाई अमेरिका को दलाल भन्ने ? होइन के भाको हामी ? आफू पनि नपढ्ने, पढ्ने बेलामा गुच्चा र खोपी खेल्ने अनि अर्काको रिस र डाह गर्ने । यो कस्तो प्रवृत्ति बस्यो नेपालीहरुमा । हामी सबै राजनीति दलहरू बादर हौ । हामी आफ्नो घर पनि बनाउदैनौ र अर्काको घर पनि बनाउन दिन्नौ । नयाँ बिचार राख्ने को खिल्ली उडाउने हामी ? नयाँ सोच र चिन्तन लिनेलाइ विदेशी दलाल भन्ने ?


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक