Similar Articles

कथा लघुकथा

एक बालक गर्भ मै थियो- बिरेश दाहाल

बिराट नेपाल

एक बालकको कथाको जसमा पूर्ण सत्यता रहेको छ, जङ्गलमा उम्रने रुख सखुवा जसको फुलबाट लुगाधुने साबुन बन्छ,उसकी आमा यही फुल बेचेर गुजारा चलाउथिन, बालकको बालापन यस्तैमा बित्यो, उसको खान्दान सम्पन घरानाका थिए, सासु आमा र ससुरा-बाका प्रसस्तै उब्जाउ जमिन थियो l एकदिन उसको परिवारलाई घरबाट एक छोराको साथमा निकाली दिन्छ, एक बाबाको कुटीमा आश्रय लिन पुग्छन l उसकी आमाले सरसफाई अनि बुबाले बगैचा हेर्ने काम गर्छन्, त्यसै कुटीमा दोस्रो बच्चाको जन्म हुन्छ, उक्त बच्चाको स्यहार-सुसार उक्त बाबाजी अनि बाबाजीको बुढी (माइरम )ले गर्ने गर्छिन, उ दिनहु हुर्कदै जान्छ, उ जन्मेको ठाउमा एक ठुलो सिमेन्ट कारखाना खुल्छ, उसको बुबा उक्त कारखानामा काम गर्न थाल्छन, बाबाजीको सेवा गरे बापत जति जमिन पास गर्न सक्छस गर भन्दा पनि उसको बुवाले बल्ल-बल्ल ५०० रुपैया जम्मा गरेर एक कठ्हा जमिन आफ्नो बासस्थानका निम्ति पास गर्छ l जब उ रुन्थियो जब उसको वाक्य फुटेको थिएन भोक लाग्दा रुने गर्थ्यो, कराउथयो, झगडा गर्थ्यो माया गरेर आमाले सुम्सुमाउदै त् कहिले कहीँ फकाएर, झुक्याएर खानाको गास मुखमा गाँस हाली दिन्छिन l

शिक्षा, दिक्षा, लालन-पालनको लागि उसको बुबाले सिमेन्ट कारखानाबाट अलि अलि गरेर कमाएको पैसाले एकहल गोरु जोडेको हुन्छ, त्यही गोरु बेचेर उसको बुबा मरुभूमि अनि बिरानो ठाउ कतार पुग्छ l अनि छोरालाई डाक्टर बनाउने सपना देख्छ सेतो कपडा अर्थात् (एप्रोन ) लगाएर हस्पिटलमा काम गर्ने सबै डाक्टर हुन्न भन्ने उसकी आमालाई के थाहा आमाको सपना यही सेतो कपडामा छोरालाई हेर्न चाहन्थिन छोराको सपना नाम कमाउने, मलामी धेरै बनाउने, सबैले चिनुन भन्ने थियो, अब उ आमा बाबाको लागि डाक्टर अर्थात् पारिवारिक अर्थ अनुरूपको अ.हे.ब.पास गर्‍यो डाक्टर बन्यो, गाउँ समाजको मद्त पनि गर्ने गर्थ्यो, जागिर पनि खायो, तर उ आफ्नो लागि आत्मा सन्तुस्टी महसुस गरेको थिएन आफूलाई सबैले देश भरि चिनेको र उसको कुरा गरेको सुन्न चाहन्थियो यसको लागि उसले पहिचान खोज्ने क्रममा मिडियामा काम गर्न थाल्यो गाउँको एक साप्ताहिक पत्रिका हुँदै अञ्चलबाट निस्कने दैनिक हुँदै राष्ट्रिय एफ.एम देखि टेलिभिजन पत्रकारको रूपमा स्थापित आफैले एक पत्रिका समेत प्रकाशक भएर निकाल्छ l 

झन् धेरै सपना बुनेको छ, संसारमा नाम कमाउने सपना बोकी केही फरक र पृथक् काम गर्ने कल्पना, गर्ने गर्छ,टेलिभिजनमा पहिला समाचार उसको आउदा धेरैलाई फोन गरेर हेर्न भन्थ्यो,आफूसँग हेर्न टि.भी.थिएन अनि उसलाई अरूले सुनाउथ्ये, उ मक्ख पर्थ्यो, पत्रिका किन्ने पैसा हुन्न थियो, एकदिन उसको लागि एकजना बेक्तीले पत्रकार सम्मेलन राखी दिएका थिए, भोलि पल्ट १२,१४ वोटा पत्रिकामा समाचार छापिएर आउछ, उसँग पत्रिका किन्ने पैसा हुन्न केवल २ वोटा पत्रिका मात्र किनेको फर्कन्छ, उ आफ्नो संसारमा नाम कमाउने सपना बोकेर राजधानी छिरेको छ,निःशुल्क मिडिया मा काम गर्ने गर्छ,अझै काठमान्डू झेल्न बाकी छ,उसको कथा अझै सुन्न बाँकी छ 
क्रमस प्रतिक्रियाको खोजी 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक