Similar Articles

लेख रचना

अमेरिकामा नेपाली बिमा आतङ्क--शरद पोखरेल

बिराट नेपाल

पछिल्लो समय अमेरिकाको नेपाली समाजमा बिमा ठगी काण्डहरु एक पछि अर्को गर्दे सतहमा आइरहेका छन् । विशेषत अमेरिकी नेपाली समाजका लव्ध प्रतिष्ठित देखि विभिन्न उच्च तप्काका व्यक्तिहरू यस काण्डमा मुछिएका छन् । जसले सबैमा अन्योलको वातावरण छाएको छ ।   

मूलतः अमेरिकी समाज सयौ वर्ष देखि बिमामा आधारित छ । यहाँ प्रायःले आफ्नो व्यक्तिगत स–साना सम्पतिहरु देखि जीवनको बिमा पनि गरेका हुन्छन् । बिमाका प्रकारहरू र त्यसबाट पाउने प्रतिफल पनि यता धेरै प्रकारका छन् । यता बिमा कंम्पनीहरु पनि पारर्दशी र परेको वेलामा छिटो छरितो सेवा दिने खालका हुन्छन् । त्यसैले आज अमेरिकी समाजमा बिमा जीवनको एउटा अभिन्न अङ्ग झैँ विकसित छ भन्दा अत्युक्ति नहोला ।

कसरी आयो अमेरिकामा नेपाली बिमा समस्या ?
साधारणतया बिमा गर्दा दुई थरी संलग्न हुन्छन् । बिमा कम्पनी र विमित व्यक्ति । बिमा कम्पनीले विमिति व्यक्तिको सुविधाका लागी बिमा अभिकर्ता वा एजेन्ट नियुत्ति गर्छ । जसले कम्पनी र विमित व्यक्तिको सहजकर्ताको भूमिका निर्वाह गर्दछ । मूलतः यस्ता एजेन्टहरुले आफ्ना गा्रहकलाई लिन लागेका बिमाको गुण–दोष, मुनाफा आदिको यथार्थ जानकारी गराउछन र बिमा कम्पनीका विगत र वर्तमान आदि सबै छर्लङ्ग पार्छन ।

यस्तै यता बिमा पनि धेरै थरीका छन् । त्यसमा कति वाध्यकारी छन् भने कति चाहिँ सो इच्छाका । अमेरिकाको नेपाली समाजमा लोकप्रिय रहेको बिमा जीवन बिमा हो । जुन सो इच्छाको हुन्छ । प्रायः नेपालीहरूले यो बिमा आफ्नो कमाई र बिमाको प्रतिफलका आधारमा लिने गर्छन् । जसकालागी यहाँ स्थित एजेन्टहरुको सहायता नेपालीहरूले लिन्छन । 

हाल नेपाली बिमा एजेन्टहरु अमेरिकामा प्रसस्तै पाइन्छन । प्रत्येक नयाँ गा्रहकवाट कमाई राम्रै हुने हुँदा नेपाली बिमा एजेन्टहरु गा्रहकहरुको खोजीमा सधैँ भौतारिरहेका हुन्छन् । यस्ता एजेन्टहरुले अङ्ग्रेजी राम्ररी नवुझ्ने र विश्वासमा बिमा लिन खोज्ने सोझा नेपालीहरूलाई एकथरी बिमाका नाउँमा अर्को थरी कमसल खालका बिमा झुक्काएर भिडाएका प्रशस्त उदाहरणहरू पाइन्छन । प्रायः यस्ता बिमा ग्राहक कम एजेन्ट बढी फाइदाका हुन्छन् । यसरी एउटा नेपालीबाट अर्को नेपाली ठगिरहेको यता प्रशस्त भेट्टाइन्छन ।

बिमा बेच्न के के गर्छन् एजेन्टहरु ?
अमेरिकी नेपालीहरू माझ सबभन्दा चल्तीमा रहेको बिमा जीवन बिमा हो । जसको जालो यहाँको नेपाली समाजमा मज्जाले गाजिएको छ । अनौपचारिक तथ्याङक अनुसार हाल पाँच नेपाली मध्ये एक सँग जीवन बिमा छ । जीवन बिमा लोकप्रिय भएरै हुनपर्छ यसका एजेन्टहरु पनि यता प्रसस्तै भेटिन्छन ।

हुनत जीवन बिमा गराउने सबै एजेन्टहरु खरावै छन् भन्ने हैन । यद्यपि केही कथित सुकिला मुकिला एजेन्टहरुले गलत मनशाय राखी आफ्नो स्वार्थ मात्र हेर्दिदा यो व्यवसाय शङ्का उपशंका को घेरामा पर्न थालेको छ । बिमा गराउनकै लागी हिजो आज केही सीमित नेपाली एजेन्टहरुले यता अस्वाभाविक हतकण्डा अपनाइ रहेका छन् ।

यस्ता एजेन्टहरु घरमा आउने, सम्बन्ध बढाउने, दाइ भाइको नाता कायम गर्ने, काम खोज्दिने, एरपोर्टमा पुराउन जाने, लिन आउने मात्र हैन परेको वेलामा ग्रोसरी स्टोरवाट सागसव्जी बोकेर ल्याइदिने काम पनि गर्छन् । उता नेपालमा झैँ अपनत्व नपाएर छटपटि रहेका नेपालीहरू कसैको सानो सहयोग पाउँदा सजिलै विश्वास गर्छन् जसको फाइदा उठाउँदै बिमा एजेन्टहरुले उनीहरूलाई कमसल बिमा सजिलै भिडाउँछन । बिमाका कारण ठगिएका सोझा नेपालीहरूको यथार्थ जान्न हिजो आज यता टाढा जान पर्देन ।

कसरी हुन्छ यो समस्या समाधान ?
हाल अमेरिकी नेपाली समाजका केही प्रवुद्ध लेखक, समाजसेवी, बुद्धिजीवी र बिमा पिडितहरुले आफू बिमा एजेन्टहरुवाट ठगिन पुगेको कुरा लगातार विभिन्न माध्यमहरुवाट अगाडि ल्याइरहेका छन् । उनीहरूले कसरी मानिसहरू ठगिएका छन् ? कस्तो कस्तो बिमामा नेपालीहरू बढी ठगिन्छन ? देखि सही जीवन बिमाका आधारहरु के के हुन र यो कसरी गर्ने ? जस्ता यावत जानकारी मूलक विश्लेषण  लेखका माध्यमद्धारा जनसामु ल्याइरहेका छन् । उनीहरूले यस बारेमा छलफल एवं बहस पनि गरिरहेका छन् । यसबाहेक बिमा एजेन्टहरुलाई समस्या समाधानका लागी खुला बहसमा आउन पनि आव्हान गरिरएको छ । जसलाई सकारात्मक मान्न पर्छ ।

उता एजेन्टहरु भने पिडितहरुको आव्हानलाई बेवास्ता गर्दे आफू कानुनी उपचारमा लाग्ने भन्दै धम्की पूर्ण मनसायले चिठी पत्र पेरित गरिरहेका छन् । जसलाई सही मान्न सकिदैन । कुरा जे भए पनि  तथ्यहरुलाई पहिल्याउदा भन्न सकिन्छ नेपालीहरू जीवन बिमामा ठगिएका छन् । अनौपचारिक तथ्याङक् अनुसार नै पनि जीवन बिमा गरेका चार जना मध्ये एक नेपाली ठगिएका छन् । यद्यपि विडम्बना ठग्ने र ठगिने दुई थरी नेपालीहरू बिच हिलो छयाप्पा छयाप् भैरहदा यहाँका नेपाली सङ्घ संस्था भने मौन छन् । समस्या समाधानका लागी पहलकदमी कतै वाट भएको देखिदैन ।

अमेरिकी कागजलाई आधार मान्दा कानुनी उपचारमा कसैको जित र कसैको हार त होला नै । सायद अबका दिनमा त्यसले त्यति महत्त्व पनि नराख्ला । महत्त्व त त्यसले राख्छ जसले हाम्रो विश्वास जित्छ अनि नैतिकतामा खरो उत्रन्छ । किनकि हाम्रो विश्वास अनि नैतिकता यहाँ देखि नेपाल सम्म गासिएको छ । हाम्रो आधार यहाँ देखि नेपाल सम्म गासिएको छ । यसैले यो समस्या डर धम्की भन्दा आपसी सदभावले सुल्झाउदा जाति होला ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक