Similar Articles

कविता, गजल, गीत

प्रिय तिमीलाई जन्मदिनको शुभकामना- इन्जिनियर राकेश कार्की

बिराट नेपाल

गीत 

तिमी हाँस्दा चम्किरहे
झिलिमिली ताराहरू
वरिपरि रसाइरहे
अमृतका धाराहरू
सधैँभरि फुलिरह्यो सुखद भावना
प्रिय तिमीलाई जन्मदिनको शुभकामना !

तिमी हिँड्दा खुलिरह्यो
अहा वसन्त बहार
मेरो मनमा उर्लिरह्यो
तिम्रै स्नेह अपार
जुगजुग स्वास्थ्य र संपदाको चाहना
प्रिय तिमीलाई जन्मदिनको शुभकामना !

खुसीका स्पन्दनहरू
तिमीलाई अर्पण
तिम्रो मायाको आभा नै
जीवनको दर्शन
भगवानसंग तिम्रो दीर्घायुको प्रार्थना
प्रिय तिमीलाई जन्मदिनको शुभकामना !



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक