Similar Articles

कविता, गजल, गीत

हुन्छ शैलेश भाइ यसपालि म खुशीलाग्दो कविता लेख्छु--बिलोल पोख्रेल

बिराट नेपाल

एउटा नयाँ कविता,
यसपालि रुन्चे साहित्य छोडेर,
रोदन र चित्कार छोडेर,
शैलेश भाइको आग्रह्,
एउटा उत्साहको, एउटा उमङ्गको
एउटा आनन्दको,एउटा प्रमादको 
सुनुसुनु लाग्ने कविता दिनुपर्छ,
जाँगर दिनु पर्छ, उत्साह दिनु पर्छ,
हो म यसै गर्छु यसपालि
सम्झदै आफ्ना-विराना सबैको के रमिता देख्छु,
हुन्छ शैलेश भाइ यसपालि म खुशीलाग्दो कविता लेख्छु

कविता लेख्ने प्रयासमा खुसी खोज्दै,
म बद्री सरको बैठक कोठामा पुग्छु,
चार-जनाको चिम्से आँखामा,
काव्यालङ्कारको व्याघ्रता देख्छु,
चार-कविता वान्चन गरेर राष्ट्रियताको संबर्धन गरेको देख्छु,
नेपाल समाचार हेर्दै मुस्काएको खुसी देख्छु,
सुनिस्! नाका खुल्यो रे, खुसी कुर्लन्छ,
आमाले छ हजार मै ग्यास ल्याउनु भएछ,
ढुक्क भएर सोह्र हजार माइल लामो दौडेको,
मात्री-प्रेमको झलक देख्छु
मारा-मार काटा-काट बिचको दैनिकी भए पनि,
मेरा स्वराष्ट्रीहरुले,
कोलाहल माझको शान्तिमा खुसी पस्केको देख्छु
तिमीले भने जस्तै शैलेश बाबु,
मनमा पीडा पुगे पनि आँखामा खुसी देखिने,
हुन्छ शैलेश भाइ यसपालि म खुशीलाग्दो कविता लेख्छु

तर मेरो खुसी-खोजको यो यात्रामा,
यी खुसीका परिभाषाका झ्यालहरुमा,
दृष्टि आडंबरका पर्दा झुन्डिन्छन्,
मेरा दृष्टि सीमा दूरदर्शी हुन दिदैनन्,
मेरा सोच परम्परा भन्दा बाहिर जान सक्दैन,
अनि मेरो परम्परामा म भन्दा प्यारा कोही हुन सकेनन्
तिमीले भन्नासाथ शैलेस भाइ,
मेरो परिभाषाको खुसीको शीर्षक खोज्न हिडें,
प्रहर बिते, दिन बिते, सप्ताह बिते,
महिना बिते, साल बिते, युग बिते,
न खुसीले मलाई भेट्यो, न मैले खुसीलाई भेटें
बरु यावत आनन्दका चरम उत्कर्ष बोकेका
म अनि मेरा मित्रहरू, हामी अनि हाम्रा आफन्ताहरु,
थोरै सुखमा धेरै रमाउने गरेको देखेँ
त्यसैले उनीहरूले,
चिसो हिउँले ल्याएको जाडोमा सिउ सिउ गर्दै पनि,
कन्दरा कन्दरामा लुकेको सुन्दरता हेरेको देखेँ
खुसीको परिभाषा नै भिन्न छ यी प्राणीहरुको,
म यिनै आफन्ताहरुको रमिता देख्छु,
हुन्छ शैलेस भाइ यसपालि म खुशीलाग्दो कविता लेख्छु


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक