Similar Articles

संस्मरण

नर्वेले दिएका सन्देशहरु---चेवनचन्द्र वस्नेत

बिराट नेपाल

(यात्रा संस्मरण)


१. पृष्टभूमिः
युरोपियन देशहरुमा निकै ठूला परिवर्तन भए र नयाँ युगको थालनी भएको कुरा सुनेको थिए । युरोपियन मापदण्डको विकासका कुराहरु सुनेको थिए । तर वास्तविकता केहो थाहा थिएन । म सोचि रहेको थिए त्यो दिन आउला वा नआउला ? जव म युरोपका देशहरु घुमी रहेको हुँनेछु र त्यो वास्तविकतालाई आफ्नै आँखाले देख्ने छु । कहिलेकाँही परिकल्पना पनि साकार हुदो रहेछ । हुन त संसारमा मानिसहरुको परिकल्पनावाटै ठूलाठूला परिवर्तन र विकास भएका छन । भनिन्छ भिजन वनाउँनु मात्रै पनि आधा काम सकिनु हो । मेरो आधा काम त पैला नै सकिएको रहेछ । यो पटक नर्वे घुम्ने अवसर पाएकोले, काम फत्य भयो र घुमाई निकै सहज वन्यो ।

म ११ अप्रिल २०११ का दिन काठमाण्डौवाट जेट एयरवेजको जहाजमा दिल्ली तिर प्रस्थान गरें । त्याहाँ पुगेको ८ घण्टा पछि जेट एयरवेज कै अर्को विमान (Boing) मा व्रसेल्सको लागि राती २ वजे उडियो । एक प्रकारको आनन्द र रमाईलो लाग्यो । वाहिर भ्mयालवाट हेर्दा केही पनि देखिदैनथ्यो तर हरेक प्यासेन्जरको आफु वसेको सिटको अगाडि ८×१० इन्चको एलसिडि मोनिटर र रिमोट कन्ट्रोल रहेछ त्यसैमा जहाज कहाँवाट कुन देश हुँदै कता जाँदैछ, कति हाईटमा छ, तापक्रम कति छ, गती कतिमा छ, यावत कुराहरु त्यो स्कृनमा देख्न सकिदो रहेछ । त्यति मात्र हैन गेम खेल्न मन लाग्छ कि, गित वा फिल्म वा कमेडी के हेर्न मन लाग्छ त्यो पनि त्यही देख्न पाईने व्यवस्था रहेछ । सुन्नका लागि हेडफोन र जाडो भए ओडने कमलको वर्कोको पनि व्यवस्था रहेछ । समयसमयमा खाजा, नास्ता, चिया, खानाको पनि व्यवस्था रहेछ । यि सवै व्यवस्थाले गर्दा एकछिन मात्र निदाईयो होला, रात काटेको पत्तै भएन । विहान रिमरिम उज्यालो त भयो तर त्यो वेला हामी ११७६५ मिटर माथी उडि रहेका थियांै । जमिन त देखिएन तर तल सेतो कुहिरो मात्र देखिन्थ्यो । उत्रने वेलामा वेल्जियमको राजधानी व्रसेल्सको केही भाग देखियो । निकै रमाईलो शुन्दर शहर रहेछ । जताततै हरियाली, बडाबडा घरहरु र फराकिला बाटाहरु देखिए । यताउता हेर्दाहेर्दै विहानको ८ वजि सकेको थियो । जहाज ल्यान्डिङ भयो । हतपत ओर्लेर म गन्तव्य तिर लागें । त्याहाँको ट्रान्जिट समय छोटो थियो । मलाई नर्वे जाने जहाज भएको ठाउ पुग्न निकै समस्या झेल्नु परयो । तथापी तोकीएको समयमा जहाजमा चढन सफल भए । यसले एउटा के ज्ञान पलायो भने ट्रान्जिटको समय कम्तीमा पनि ४ घण्टा राख्नै पर्ने रहेछ । जे होस उडियो खुसी लाग्यो । दिनको समय भएकोले शहर, समुन्द्र, सिमा, वाटो, घर हेर्दै दिउसो १२ वजे नर्वेको ओस्लो गार्डिमम विमान स्थलमा जहाज उत्रियो । मलाई लिन छोरो आएको रहेछ । भेट भयो हामी रेलमा चढेर छोराको डेरा ओस भन्ने ठाउँ तर्फ लाग्यो । करीव एक घण्टाको समयमा हामी त्याहाँ पुग्यौ । डेरामा पुगेर ओरीपरी हेरेँ सवै रुखका पातहरु झरेका रहेछन । लाग्यो यि रुखहरु सुक्न लागेका रहेछन । तर त्यसो नभई हिउँको कारणले झरेका रहेछन । १५ दिन पछि त सवै हाँगामा पात भरिएर नुहेको देख्दा म पनि अचम्वित भए । साच्चि नै प्रकृतिले पनि नर्वेलाई कुँदेरै वनाएको रहेछ भन्ने लाग्यो ।

नर्वेको तिन महिनाको वसाईका अवसरमा खास गरेर जर्मन, डेनमार्क र फ्रान्स घुम्ने अवसर पनि मिल्यो भने जाँदा वेल्जीयम, आउँदा वेलायत, इन्डिया जस्ता देशहरु हेर्ने ट्रान्जीट समय पनि मिल्यो । त्यो एउटा सुनौलो अवसर थियो । हेर्दा युरोपका धेरै देशहरुको राज्य व्यवस्थापन लगभग एउटै प्रकारको रहेछ । लगभग सिस्टम पनि एउटै रहेछ । हामी युरोप छिरे पछि युरोपका केही देश वाहेक अरु देश घुम्न पुन भिषा लगाई रहनु पर्दो रहेनछ । पासपोर्ट देखायो भने अर्को देशमा जान स्वीकृति मिल्दो रहेछ । यो धेरै खुसीको कुरा लाग्यो । त्यो हिसावले पनि मैले जर्मन, डेनमार्क र फ्रान्स घुम्ने अवसर पाएं । यो अवसरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राप्त गरेको दृश्य जस्ताको त्यस्तै त प्रस्तुत गर्न सकिन्न तथापी ति मध्ये सारांशको रुपमा नर्वेको केही स्मरणयोग्य अनुभवहरु सेयर गर्ने जमर्को गरेको छु ।

२. सारांशमा नर्वेः
युरोपको इतिहाँसमा स्क्यानडेभिया एउटा अलग्गै प्रायद्विपको रुपमा चिनिन्छ र यो उत्तरी धुर्विय तटमा अवस्थित छ । यसले विभिन्न कालखण्ड पार गरेको छ र अहिले यो प्रायद्विप भित्र नर्वे, स्वीडेन र फिनल्याण्ड ३ वटा देशहरु पर्दछन ।
खास गरेर नर्वेको इतिहाँसलाई हेर्ने हो भने यो अवस्थासम्म आई पुग्दा त्यस्ता धेरै कालखण्डहरु पार गरेको छ जसको इतिहाँस हेर्दा देश यसरी पनि विकसित हुँदो रहेछ भन्ने उदाहरण पाउँन सकिन्छ । ति सवै कुराहरु त भन्न, जान्न वा हेर्न सकिन्न तथापी मोटामोटी रुपमा तथ्यहरुलाई हेर्दा यो भूभाग पहिला वरफको थुप्रो थियो र त्यो वरफ जव पग्लदै गएर वोट विरुवाहरु उम्रन थाले तव दक्षिणी भाग तिरवाट वाह्सिंगे जस्ता हिम जनावरहरु त्यता प्रवेश गर्न थाले । जनावरहरुको सिकारलाई जीविकोपार्जनको प्रमुख मुद्दा वनाएर जर्मन भूमितिरवाट फेरी (नाउ) मा चढेर मानिसहरु विस्तारै उत्तर तर्फ लाग्दै जाँदा नर्वेको दक्षिणी तट उनीहरुका लागि उपयुक्त वन्न पुग्यो र आईसव्रेकको अन्तसंगै मानिसको वसोवास शुरु हुन थाल्यो । यो करीव ई.पु. १०००० वर्ष अघिको कुरा थियो । संगसंगै उत्तरी धुर्विय किनार तिर पनि एसियन मुलका मानिसहरु त्याहाँ पुगेर वसोवास गर्न थालेको देखिन्छ ।
पछिल्ला दिनमा आएर खास गरेर यीनीहरुको वाच्ने आधार भनेको जंगली जनावरको शिकार, माछा र फलफुलहरु नै थिए । मिलेको जमिन, समुन्द्रको नजिक र उर्वर भूमि भएकोले निकै पछि आएर खेति प्रणलीको शुरुआत पनि भयो । करीव ई.पु. ७०० देखी १००० को विचमा सामुन्द्रिक डाकुहरुको युग रह्यो र यो समयमा स्क्यानडेभिया पुरै प्रभावित भयो । यसलाई युरोपको ईतिहाँसमा मुख्य कालखण्डको रुपमा मानिन्छ । किनकि यही समयमा सामुन्द्रिक डाकुहरुवाट आधा भन्दा वढि मानिसहरुको नरसंहार भएको थियो र मानिसको मासु मानिसले नै खाएको अवस्था थियो ।

करीव ८०० एडि. तिर कोलम्वसले निकै लामो सामुन्द्रिक यात्रा गरेर यो टापुमा पनि मानिस छन भन्ने पत्ता लगाए । खोजि गरेर Hebrides, Shetlands, Orkneys, Scottish mainland, Lake District, Isle of Man, Ireland and Normandy जस्ता ठाउँहरु पत्ता लगाए । सन ९०० तिर राजा हराल्ड फाएरहायरले नर्वेका विभिन्न ठाउँमा वसोवास गरेका वस्तिहरुलाई एकिकरण गरे र त्यस पछिको १०० वर्षसम्म एउटै राज्यको रुपमा शासन चल्यो । अव यस पछिका दिनहरु भने नर्वेको लागि कठिन वन्न पुग्यो । कहिले वेलायतको त कहिले जर्मनको, कहिले फ्रान्सको त कहिले डेनमार्कको त कहिले स्वीडन लगायतका राष्ट्रहरुको उपनिवेश वन्न पुग्यो । निकै ठूला लडाईहरु भए । विभिन्न समयमा विभिन्न राज विद्रोहहरु पनि भए । हत्याका श्रृखलाहरुवाट पनि अछुतो रहन सकेन । यसरी उपनिवेशी पंजावाट नर्वेलीहरु मुक्त हुन झन्डै ८०० वर्ष लाग्यो र वल्ल १८१४ मा नर्वेको लागि छुट्टै संविधान निर्माण त भयो तर स्वीडेनको आधिपत्य भने ज्युका त्यु नै थियो । पछि सन १९०५ मा जनमत संग्रह भयो । नर्वे स्वीडेनवाट अलग्ग भएको धोषण गरियो र सदाकालागि नर्वे पराधिनवाट मुक्त भयो । अहिले मानव सूचाङ्क अनुसार सन २००७ देखि संसारमा सवभन्दा अगाडि छ । यो श्रेय ति इमान्दार नर्वेजियन नागरिकहरुलाई दिन उपयुक्त हुन्छ जस्ले आप्mनो देशलाई दुष्टहरुको पंजावाट फुत्काए र नव नर्वेको डटेर पुनः निर्माण गरे ।

 नर्वेको वारेमा यति जानेर मात्र यथार्थ थाहाँ हुन्छ भन्ने मलाई लाग्दैन । यसर्थ विस्तृत जान्न चाहने हरुकालागि यदी आफुसंग नेट सुविधा छ भने http://www.google.com टाईप गरेर त्यसकोे व्राउजमा आफुलाई जानकारी लिन चाहेको कुरा टाईप गरेर खोजी गरेर जानकारी लिन सकिन्छ भने नर्वे कै आधिकारिक वेवसाईड http://www.ssb.no/www-open/english/ वाट खोजि गरेर पनि हेर्न सकिन्छ । त्यसै गरी http://www.norway.org.np/ / http://www.yr.no / www.visitnorway.com / www.indexmundi.com जस्ता थुप्रै वेवसाईडहरुवाट पनि जानकारी लिन सकिन्छ । यसका अतिरिक्त मंत्रालय वा संघसंस्था वा व्यवशाय वा यातायात, पर्यटन लगायतका हरेक विषयका फरकफरक साईडहरु छन जसलाई सर्च गरेर पनि हेर्न वा जान्न सकिन्छ । यति हुँदाहुँदै पनि सामान्य जानकारी दिन सान्दर्भिक देखिएकोले केही तथ्याङ्कका साथ सामान्य जानकारी दिने प्रयास गरेको छु । समय र तथ्याङ्क संकलन गर्ने संघसंस्थाहरुका रिपोर्टहरु कतिपय अवस्थामा फरकफरक हुँने भएको र यो तथ्याङ्क पनि विभिन्न वेवसाईडहरुवाट लिएका कारण सतप्रतिशत ठिक छ भन्ने आधारहरु प्रयाप्त छैनन तसर्थ त्यसलाई खोजी गरेर पठनयोग्य वनाउनमा यहाँहरुको महत्वपुर्ण भूमिकाको अपेक्षा पनि गर्दछु ।

(क) सामान्य जानकारीः
नर्वेको पुर्वी भाग स्वीडेन, फिनल्याण्ड र रुस वाहेक सवै भाग समुन्द्रले घेरीएको स्क्यानडेभिया प्राय द्धिप भित्रको मुलुक हो । यसको उत्तर पट्टि Arctic ocean छ भने दक्षिणी भाग तिर North sea, Norwagin sea र पश्चिमी भाग तिर Norwagin sea ले घेरिएको छ । यसको पुर्व वाहेकको सिमा द्यबिअप ष्लिभ भित्र पर्दछ याने समुन्द्र भित्र पर्दछ र धेरैवटा टप्पुहरुले यो देशलाई शोभा प्रदान गरेको छ । नर्वेको राजधानी ओस्लो हो भने यहाँको मुद्रालाई नर्वेजियन क्रोन भनिन्छ । १९९१ देखी राजा King Harald V र पछिल्लो निर्वाचन पछि  प्रधानमन्त्रीः Jens Stoltenberg (Labour parti)र परराष्ट्र मन्त्रीः Jonas Gahr Støre (Labour parti)रहेका छन । “हजुर ! हामी यो देशलाई माया गर्दछौ” भन्ने यहाँको राष्ट्रिय नारा रहेको छ र हरेक वर्ष १७ मे का दिन राट्रिय दिवश धुमधामका साथ मनाईन्छ । सम्वैधानिक राजतन्त्रात्मक यस मुलुकमा खास गरेर Labor Party, Progress Party, Conservative Party, Socialist Left, Centre Party, Christian Democrats, Liberals partyआदि मुख्य पार्टी रहेका छन र वहुदलिय प्रतिस्पर्धाका आधारमा सरकारको नेतृत्व चयन हुँने गर्दछ । २७ नोभेम्वर १९४५ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको यो देशले Arctic Council, Barents Euro-Arctic Council, Council for Baltic Sea States, Council of Europe, European Bank for Reconstruction and Development, European Economic Area, European Free Trade Area, International Bank for Reconstruction and Development, International Civil Aviation Authority, International Criminal Court, International Monetary Fund, International Maritime Organization, Interpol, Intelsat, International Whaling Commission, NATO, OSCE, OECD, OSPAR Convention for the Protection of the Marine Environment of the North East Atlantic, Nordic Council of Ministers, Schengen, UN, Western European Union (associate), World Trade Organization जस्ता समुह तथा संस्थाहरुको सदस्यता प्राप्त गरेको छ ।

(ख) भूमिको प्रयोगः
सन 2011 को तथ्याङ्क अनुसार नर्वेको जम्मा क्षेत्रफल 385,155 km2 (mainland: 323,758 km2, Svalbard Archipelago and Jan Mayen: 61,397 km2)रहेको छ भने त्यस मध्ये जमिन 304280 km2 (Land area 64.9 km2 per 1000 population) र वाँकी भाग सवै समुन्द्र पर्दछ । 14.5 Person Per KM2 जनघनत्व भएको यो देशमा कृषियोग्य जमीन 10330 km2 (Agricultural land 2.2 km2 per 1000 population) छ भने  8540 km2 (Arable land 1.8 km2 per 1000 population)  मरुभूमि रहेको छ । खास गरी कृषि भन्नाले प्राय गहुँ, जौ र आलु मात्र हुँने गर्दछ । जंगल 94214 km2 (Forest area 20.1 km2 per 1000 population)  छ भने झाडी 1740 km2  (Permanent meadows and pastures 0.4 km2 per 1000 population) छ र वाँकी 199736 km2 (Other land 42.6 km2 per 1000 population) भूमि नागी वा हिमखण्डको रुपमा रहेको छ । पहाड ज्यादै कम छ तर ताल र पोखरीहरु भने प्रयाप्त छन ।

(ग) जनसांखिक सूचाङ्कः
नर्वेमा 2365298 महिला र 2326551 पुरुष गरी जम्मा 4691849 जनशंख्या रहेको छ । 14.5 persons per km2 जनधनत्व छ भने जन्म दर जम्मा जनशंख्यामा 0.984% male/female छ । त्यसै गरी 79.0 % of total population शहरमा र 21.0 % of total population  ग्रामिण क्षेत्रमा रहेको छ । सरदर आयु 80.2 years छ भने मेडिन एज 40 years रहेको छ । त्यसै गरी जनशंख्या वृद्धि दर 0.3 % per year  छ भने पुरुषको जन्म दर 5.56 births/1000 population र महिलाको जन्म दर 5.28 births/1000 population गरी जम्मा 10.84 births/1,000 population रहेको छ । मृत्यु दर 9.2 deaths/1,000 population छ भने वसाईसराईको अनुपात 1.7 migrants/1000 population रहेको छ । यसरी नै इन्फेन्ट मोर्टालिटि रेट पुरुषको 3.85 deaths/1000 live births] र महिलाको 3.17 deaths/1000 live births रहेको छ ।

(घ) यातायातः
नर्वेमा जम्मा चारवटा एयरपोर्ट छन भने 20.89 units per million persons ले यसलाई प्रयोग गरेका छन । त्यसै गरी एयरपोर्टको जनघनत्व 0.30 units per 1000 km2  रहेको छ भने रेलवेको लम्वाई 4169 KM छ र 888.56 km per million persons ले यसलाई प्रयोग गरेका छन । रेल्वेको जनघनत्व 12.88 km per 1000 km2 रहेको छ भने सडक n/a92 946 km संजाल छ र सडकको लम्वाई n/a19.81 km per thousand persons रहेको छ । त्यसै गरी सडकको जनधनत्व n /a287.05 km per 1000 km2 रहेको छ ।  
 
३. प्रकृतिको धनी देशः
नर्वे पृथ्वीको नक्सामा हेर्दा सवैभन्दा माथी उत्तरी गोलाद्र्धको अन्तिम विन्दु नर्थ प्वाईन्टसंग जोडिएको छ र त्यो भन्दा माथी कुनै देश छैन वर्फिलो हिउले ढाकेको समुन्द्र मात्र छ । यसको पुर्वि भाग वाहेक सवै भाग समुन्द्रले ढाकेको छ । उत्तर पट्टि उत्तरी धुर्विय सागर, पश्चिम पट्टि नर्वेजियन सागर र दक्षिण पट्टि उत्तरी सागर पर्दछ । समुन्द्र सतहवाट २४६९ मिटर अल्गो भुभाग भित्र रहेको यो देशको जमिनको भाग लहरिएको मैदान, कहि चट्टान र पहाड पर्दछ । थुप्रै द्विपहरु भएको यो देशमा हिउँदमा १८ घण्टा अधेरो र ६ घण्टा उज्यालो, वर्षामा एक महिनासम्म अध्यारो नै नहुँने देशको रुपमा चिनिने यो देशलाई कहिल्यै घाम नअस्ताउने देशको रुपमा चिनिन्छ । जुन महिना तिर सूर्योदय र अस्तको हिसावले हेर्दा पुर्व र पश्चिम एकै ठाउँमा जोडिएको देख्न पाईन्छ । प्राकृतिक रुपले यस प्रकारका विविधता वोकेको यो देशलाई प्रकृतिको देश पनि भनिदो रहेछ । सायद प्रकृतिले चुनेको ठाउँ त्यही हुनु पर्दछ । किनकि मानविय सुचांकको आधारमा संसारका सवै देशहरु भन्दा उच्च अवस्था रहेको यो देशको करीव ७५ प्रतिशत भुभाग वनस्पतिले ढाकेको छ र हरेक वर्ष यहाको वन पैदावर अन्य देशहरुमा विक्रि हुने गर्दछ । १२ महिनामा ८ महिना हिउँले ढाक्ने यो देशमा वर्षको एक पटक कमाई गरिन्छ र आलु एवं गहुँको भण्डारण देख्न पाईन्छ । त्यसै गरी माछाको निर्यात पनि उतिकै प्रशंसनिय छ । यति मात्र हैन तेल त यहाँको मुख्य निर्यात वस्तुको रुपमा गनिन्छ । यसरी प्रकृतिले नर्वेलाई स्वर्गिय भूमिको रुपमा वचाई राख्न सफल भएको छ । अन्य देशहरु भन्दा फरक विशेषता वोकेको यो देशको मुख्य निर्यातः तेल तथा तेलवाट उत्पादित वस्तुहरु, धातुवाट उत्पादित वस्तुहरु, मेसिनरी, वनपैदावर, माछा आदि हुँन । जसले गर्दा नर्वेजियन नागरिकको जीवन स्तर अन्य देशका नागरिकको तुलनामा निकै माथि छ । किनकि सरदर यो देशको वार्षिक एक्सपोर्टः १६७८११.८ मिलियन यु.एस. डलर र इन्पोटः ८९००२.१ मिलियन यु.एस. डलर रहेको छ । यस कारण नर्वेलाई प्रकृतिको धनी र शक्तिसम्पन्न देश भन्न सकिन्छ ।

यो देशमा खास गरेर केही शहर, मनोरंजनका ठाउँहरु, पार्कहरु, म्युजियम, सामुन्द्रिक तट, फरकफरक द्विपका सौन्दर्यता लगायत निकै राम्रा र पर्यटकहरुलाई आकर्षण गर्ने केन्द्रहरुको व्यवस्था गरिएको छ र त्यस्ता प्रमुख पर्यटकिय स्थलहरु भनेको ओस्लो, वर्गन, वोडो, त्रोन्देन, स्टेभेङगर, नर्भिक, टोम्सो, भेड्सो, हमारफेष्ट, नार्मसास, ट्रोदेन, प्mलोटो, मोल्दे, मोस्जोन, हर्षतेड, अल्टा वस्ता शहरहरु र टुसनफ्राईड, म्युजियम, ओपेरा हाउस, भिगिलेन पार्क, स्कीजम्पीङ हिल जस्ता मनोरंजनात्मक खेल तथा हेर्ने ठाउ र फराकिला सफा रोड, वाटर फल, रेल्वे, ताल, समुन्द्र, स्टाभेनगर, ट्रोमदेम, ओस्लेसुन, सन्देप्mजोर्ड, स्कीन, दर्वम, सेन्नेस, ट्रोम्सो, क्रिस्चेनसन्ड, नर्थक्यापे, जिराङजोरजोर्ड जस्ता पर्यटकिय स्थलहरु आकर्षकका केन्द्र विन्दु रहेका छन ।

४. भौतिक विकासमा अग्रणीः

(क) राजनीतिक
नर्वे राजा भएको देश हो र यहाँका नागरिकहरु संवैधानिक राजतन्त्रलाई निकै प्यारो मान्ने गर्दछन । वहुदलिय शासन प्रणलीमा आधारित यो देशको राज्य व्यवस्थाले प्राय सवै नागरिकलाई सन्तुष्टि दिएको देखिन्छ । खुल्ला प्रतिस्पर्दाको आधारमा चुनाव हुँने गर्दछ र दुवै सदनका लागि सभासदहरु चयन हुँने गर्दछन । अहिले लेवर पार्टीले शासन संचालन गरि रहेको छ । खास गरेर नर्वेमा २५ भन्दा वढि पार्टीहरु छन । यीनै पार्टीहरु विचमा निकै लामो समय देखि कडा प्रतिष्पर्धा भैरहेको छ । यसको अर्थ यहाँ पार्टीगत स्वतन्त्रता छ । १९ निर्वाचन क्षेत्र रहेको यो देशमा ४०९ नगरपालिकाहरु रहेका छन र हरेक ४ वर्षमा निर्वाचन हुँने गर्दछ । सवै नगर पालिकामा कम्युन लागु छ । प्राकृतिक स्रोत सरकारको अधिनमा छ र सवै नागरिकलाई पेशाको ग्यारेन्टि गरिएको छ । राज्य सिस्टम भित्र चल्छ र त्यसको वागडोर प्रहरिको हातमा छ । प्रहरि निस्पक्ष, नरम स्वाभाव र मिजाशिला छन तर कानुनी प्रयोगका वारेमा कडा व्यवहारको छ । कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको देखिन्छ । याने मन्त्रिलाई पनि सामान्य त्रुटिमा कानुन वमोजिम कार्वाही गरिन्छ । यसरी यहाँको राज्य व्यवस्था संचालन भएको देखिन्छ ।  

(ख) जनजीविकाको ग्यारेन्टीः
राज्यमा वसोवास गर्ने सवै नागरिक अशल नागरिकको रुपमा स्थापित छन । वातावरण प्रति अत्यन्त सचेत छन र वातावरण स्वच्छ रहे मात्र हामी स्वच्छ रहन्छौ भन्ने पुर्ण विश्वास भएर होला हिडदै गर्दा वाटोमा आफुले खाएको विस्कुटको खोलसम्म पनि फाल्दैनन, फोहर गर्दैनन र अरुले फोहर फालेको रहेछ भने पनि टिपेर आप्mनो झोलामा राख्छन र फोहर फाल्ने कन्टेनरमा लगेर फाल्ने गर्दछन । पशुपंक्षि वाटोमा छोडिन्न । आफुसंगै हिडाएका पशुले फोहर गरे भने त्यो फोहर टिपेर पोलिथिनको झोलामा राख्छन र कन्टेनरमा लगेर फाल्ने गर्दछन । अत्यन्त सभ्य शैलीमा एक अर्का प्रति आदरभाव जनाउने गर्दछन । यहाँसम्म कि वाटो क्रस गरेर हिडदा पनि माफि मागेर हिडने गर्दछन । त्यो सभ्यता हेर्दा मलाई लाग्छ अहिल्यैवाट हामी यो सभ्यता सिक्न लाग्ने हो भने अहिलेकै अनुपातमा ५०० वर्ष पछि मात्र त्यो ठाउँमा पुग्न सकिने देखिन्छ ।
 
यकातिर नागरिकको यो लोभलाग्दो सभ्यताको प्रतिक छ भने अर्कोतिर राज्यले नागरिकका लागि ज्युने कुरामा ग्यारेन्टी गरिदिएको छ । गर्भमा वच्चा हुँदै देखि आमा र वच्चाको भत्ता पाक्न थाल्दछ । उपचारका लागि डक्टर आफैले फोन गरेर वोलाउँछ । हरेकका कोठामा युरोपियन मापदण्ड अनुसारको व्यवस्था छ । प्रत्येक नागरिकलाई आफु खुसि घर निर्माण गरेर वस्ने स्वतन्त्रता छ तर त्यो सरकारको स्वीकृति र मापदण्ड अनुसार हुन जरुरी हुन्छ । एक परिवारका लागि मापदण्ड अनुसारको ३ कोठा भएको आवाश हुँन जरुरी छ । कोठा भित्र फ्रिज, डिफ्रिज, किचन ड्रायर, ओमन, ¥याकहरु, व्यवस्थित किचन, सेन्सर मेसिन, नेट एण्ड क्लीन कोठा, ट्वाईलेट वाथरोम, वासिङ मेसिन अर्थात मानिसलाई आवस्यक पर्ने न्युनतम मापदण्ड पु¥याउनै पर्ने हुन्छ । सवैको कोठामा शुद्ध खानेपानी, कोठामा पुग्ने पक्की वाटो, व्यवस्थित आवाश, विना लोडसेडिङ्गको विजुली वत्ती, निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य, रोजगार र भत्ताको ग्यारेन्टी, युरोपियन मापदण्डको खाद्य व्यवस्था, सुलभ यातायात आदि नागरिकका लागि प्रदान गरिएका सरकारी सुविधाहरु हुन । सुरक्षित खाद्य वस्तुहरु छन र केही महंगा पनि छन । तर कामवाट प्राप्त आम्दानीमा अत्यधिक कर ३४ प्रतिशत देखी ५० प्रतिशतसम्म छ र वाहिरवाट जानेहरुका लागि पनि यही मापदण्ड पुरा गर्नु पर्ने दा निकै कठिन पुर्ण जीवन विताउँनु पर्ने हुन्छ । भनेजस्तो काम भेटियो भने त सामान्यतया ठिकै हुन्छ तर काम पाउँन नसकेमा अत्यन्त कठिन पनि हुँदो रहेछ ।

७. निश्कर्षः
सारांशमा भन्नु पर्दा नर्वे सतप्रतिशत साक्षरता प्राप्त मुलुक हो । यहाँका मानिसहरु मध्ये ९० प्रतिशतले क्रिस्चियन धर्म मान्ने गर्दछन र  अधिकाँसले नर्वेजियन भाषा प्रयोग गर्दछन । थुप्रै विश्वविद्यालय भएको यो देशमा विभिन्न विषयमा पढाई हुँने गर्दछ र संसारका २ हजार भन्दा वढि मानिसहरु अध्ययनको लागि प्रतिवर्ष यहाँ आउँन्े गर्दछन । यहाँ पिआरको व्यवस्था छैन र अध्ययन सके पछि आप्mनै देश फर्कनु पर्दछ । ओर्क भिसा न भएको यो देशमा अहिले यो वा त्यो हिसाले दुई लाख भन्दा वढि मानिसहरु वाहिरवाट गएर वसेको देखिन्छ । त्यसमा खास गरी एसिया र अफ्रिकाका वढि छन । सुन्दर र साना तर राम्रा चिटिक्क परेका करीव ८० प्रतिशत काठवाट वनेका धरहरु भएको यो देश वातावरणिय हिसाले ज्यादै सुरक्षित छ र वुढावुढि पनि जवान जस्ता देखिन्छन ।

यहाँको वारेमा केही विवरणहरु पेश गरिरहँदा पनि दुई महिना आयु लम्वियो होला जस्तो लाग्ने यो देश भ्रमणको लागि समयले साथ दिएमा एक पटक जानु अति आवस्यक छ । किनकि त्यो ठाउँ अलग्गै हो र वहुरुपि विशेषता वोकेको मुलुक हो । दुनियामा नपाएको अनुभूति त्याहाँ गए पछि पाउँन सकिन्छ । जे भए पनि नर्वेको वारेमा यहाँ दुई चार पेजमा लेखेर सकिने कुरा होईन । मैले केवल पाठकलाई उत्प्रेरित गर्न खोजेको मात्र हो । यहाँहरुले यो देशका वारेमा विभिन्न सामग्री मार्फत जानकारी लिने प्रयास गरेर मलाई सहयोग गर्नु हुँने छ भन्ने अपेक्षा सहित मेरो लेखनी यही टुङग्याउँछु ।

“धन्यवाद”
========================================================================
लेखकः नेकपा (एमाले) कोशी अंचल समन्वय कमिटि, सहकारी विभाग सदस्य, गैसस महासंघ नेपाल, पुर्वाञ्चल क्षेत्रिय समितिका उपाध्यक्ष तथा नियोक संखुवासभाका अध्यक्ष एवं संखुवासभा उद्योग वाणिज्य संधका सदस्य हुँनु हुन्छ ।
=========================================================================



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक