Similar Articles

बिचार

नेपाली चलचित्रका लागि ०७२ लाई फर्केर हेर्दा--गीता अधिकारी

बिराट नेपाल

गत वर्ष वैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेटमा देशमा आएको ७.९ रेक्टरको भूकम्पमा राजधानी काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रमा ९ हजार भन्दा बढीले ज्यान गुमाए । हजारौँ घाइते भए । पाँच लाख भन्दा बढी घरहरुमा क्षति पुग्यो जसले २० लाख मानिसहरू घर बाहिर भए । त्यस्तै गत वर्ष भूकम्पको त्रासदीसँगै देशले नाकाबन्दीको सामना गर्नु पर्‍यो । यी सबै कुराले जन धनमा क्षतिमात्र पुर्याएन, मानसिक अवस्था पनि विकराल बन्यो । यो अवस्थाबाट देश अझै पनि तङग्रीन सकेको छैन् । गत वर्ष देशले नयाँ संविधान त पायो सँगै त्यसको विरोध स्वरुप तराई मधेस आन्दोलित भयो । लामो समयसम्म चलेको आन्दोलनले दैनिकी कष्टपूर्ण बन्यो । क्यौंले ज्यान गुमाए भने धेरै भौतिक सम्पतिको क्षति पनि । कष्टपूर्ण दैनिकी अझै पनि सहज हुन सकेको छैन ।

थोरै अपलब्धी र धेरै क्षतिका साथै त्रासपूर्ण रहेको ०७२ हामीबाट बिदा भएको छ । बुधवार (आज) देखि हामी ०७३ मा प्रवेश गरेका छौ । अर्को एक नयाँ वर्षमा प्रवेश गरेका छौ । संसारभरका देशमा आ–आफ्नै प्रकारका नयाँ वर्ष हुने गरेका छन् । हामीले वैशाख १ गते राष्ट्रियरुपमा नयाँ वर्ष मनाउँदै आएका छौ भने साउन १ गतेबाट नयाँ आर्थिक वर्ष । यसका अलवा हाम्रो देशमा एकै वर्षमा दर्जन नयाँ वर्ष मनाउने गरिन्छ । धार्मिक, सरकारी र संस्कृतिको दृष्टिले फरक–फरक किसिमका नयाँ वर्ष हामी मनाउँछौ । विक्रम सम्वत्, ईस्वी सम्वत्, नेपाल सम्वत्, शक, तमु ल्होसार, ग्याल्वो ल्होछार, सोनाम ल्होछार, हजिरी, कृष्ण सम्वत्देखि सृष्टि सम्वत्सम्म नयाँ वर्ष हाम्रो अस्तित्वमा रहेका छन् । त्यस्तै थारु समुदाय र मगर समुदायले माघ १ लाई पनि नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय सम्वत् मानिएको विक्रम सम्वत् अन्तर्राष्ट्रिय ईश्वी सम्वत् तथा विभिन्न जात, धर्म, समुदाय, समूह र सम्प्रदायका सम्वत्ले नेपाललाई एकै वर्षमा थुप्रै नयाँ वर्ष दिएको छ ।

भनिन्छ नयाँ वर्ष सकारात्मक ऊर्जा लिएर आउँछ । त्यसैले नयाँ वर्षलाई धूमधामका साथ मनाउने चलन संसारभर छ । यद्यपि त्यो उत्साहमा तुसारापत भयो गत वर्षमा । अहिले विगतका वर्षका सुख–दुःखलाई बाइ–बाइ गरेर नयाँ वर्ष नयाँ काम, सोच र चेतनाको विकास गर्न पट्टि उत्प्रेरित भएका छन् आम नेपाली समुदाय । उमङ्ग वेगरको ०७२ साल जस्तो पुनरावृत्ति नयाँ वर्ष ०७३ नहोस् भन्ने चाहना छ आम नेपालीको । गत वर्षको जस्तो त्रास्दी सम्झन पनि कोही चाहँदैन् ।

म यस आलेखमा नेपाली चलचित्र सम्बन्धी गत वर्षका केही गतिविधिहरू उल्लेख गर्न गइरहेकी छु । ०७२ अर्थात् कालो वर्षका रूपमा लिएका आम नेपालीलाई चलचित्रकर्मीहरुले भूकम्पमा परि आहत भएकाहरुलाई सक्दो राहत पुर्याउन खटिए भने बिस्तारै सामान्य हुँदै गएको जनजीवनलाई मनोरञ्जन पनि । हरेक कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै गत वर्ष चार महिना सिनेमा घरहरू बन्द भए चार महिना सिनेमाहरु आएनन् तर पनि सिनेमाहरुले गत वर्ष समग्रमा राम्रै व्यापार गरे ।

गत वर्ष देशमा विनाशकारी भूकम्प आउँदा सिनेमाघरहरुमा चलचित्र रेसम फिलिलि प्रदर्शनमा थियो । त्यस पछि बन्द भएका सिनेमाघरहरु ४ महिना पछि बिस्तारै खुल्न थालेका थिए । अघिल्लो वर्ष १ सयको हाराहारीमा चलचित्र प्रदर्शनमा आएका थिए भने चलचित्र विकाश बोर्डका अनुसार गत वर्ष ६८ चलचित्र प्रदर्शनमा आए । गत वर्ष प्रदर्शनमा आएका चलचित्रहरुमा रेसम फिलिलि, होस्टेल रिटन्स, भैरव, वडा नम्बर ६, अधकट्टी, परदेशी, चकलेट, ठमेल डटकम, सुश्री, लुटेरा, कबड्डी कबड्डी, पशुपतिप्रसाद, टलकजंग भर्सेस टुल्के, ड्रिम्स, नागरिक, प्रेमगीत, फन्को, क्लासिक, चलेछ बतास सुस्तरी, छल, कृषा गौतमी, आवेग, राहदानी, जन्मभूमि, चंखे शंखे पंखे, बागमती, जाऊँ हिँड पोखरा, फुलै फुलको मौसम तिमिलाई, को आफ्नो, भाग सानी भाग, चकलेट, फागु, काफ्ल पाक्यो, धौली, लक्ष्य, रिफ्युजी, सपना तिम्रो मेरो, लभ सब, वन साइड लभ, मुक्ति, हे युवा, पाप, द ट्रयाप, न रंगिएको सिउदो, उधुम, अग्नि, मिसन खेलाडी, डन्ट ब्रेक माई हर्ट, धुन, बेबी, द सोल्जर, लक्की सेभेन, इन्द्रावती, जन्मभूमी, खुर्पा, विन्दास,–३, च्यापियन, कसैलाई न भन्नू, स्नेह, टिष्टा पारिको साइनो लगायतका रहेका छन् । र वर्षको अन्त्यमा चैत २६ गते शुक्रवारबाट सिनेमाघरहरुमा नाई न भन्नू ल–४ र रामप्यारी प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आउका चलचित्र मध्ये केही चलचित्रको व्यापार सामान्य रह्यो, केही हिट भए, केही सुपरहिट हुन सफल रहे भने केहीले हलमा पानी पनि मागेनन् ।

०७२ साल देशका लागि दुःखदायी रहेपनि चलचित्र क्षेत्रमा भने मिश्रित रह्यो । राम्रा सिनेमा बनेको खण्डमा त्यसको व्यापार पनि राम्रै हुन्छ भन्ने देखियो । केही राम्रा चलचित्रले नेपाली चलचित्रको साख जोगाए र राम्रै कमाई पनि गरे । केही चलचित्र प्रदर्शन अगावै राम्रै चर्चा कमाएका भए पनि सामान्य लगानी पनि उठाउन सकेनन् । केही चलचित्रका प्रस्तुति राम्रा भए पनि दर्शक सिनेमाघर सम्म चलचित्र हेर्न आएनन् । एकै मितिमा धेरै चलचित्र जुधाउने रोगले ०७२मा पनि चलचित्र नगरिलाई छोडेन । एकै मितिमा ३,४ बटासम्म चलचित्र जुधे जसले गर्दा सोचे अनुसार उनीहरूले प्रतिफल पाउन सकेनन् ।

नेपाली चलचित्र नचल्नुमा उत्कृष्ट कथावस्तु, योग्य प्राविधि र प्राविधिक नहुँदा चलचित्र धाराशायी बनिरहेको भनिए पनि केही राम्रा भनिएकाहरुले पनि लगानी उठाउन नसकेका उदाहरणहरू छन् । ०७२ का सफल चलचित्रहरुमा सुदर्शन थापा निर्देशति प्रेमगीत, भुवन केसी निर्देशित ड्रिम्स, उज्ज्वल घिमिरे निर्देशित वडा नम्बर–६, रामबाबु निर्देशित कबड्डी–कबड्डी, नारायण रायमाझी निर्देशित परदेशी, दीपेन्द्र के. खनाल निर्देशित पशुपति प्रसाद, प्रनव जोशी निर्देशित रेसम फिलिलि, दिनेश राउत निर्देशत क्लासिक, निखिल उप्रेती निर्देशित भैरव र लुटेरालाई लिन सकिन्छ ।

त्यस्तै यो वर्ष नायिकाहरुमा चलचित्र फागुबाट शिल्पा पोखरेल । परदेशीबाट रजनी केसी । लुटेराबाट निशा अधिकारी । फुलफूलको मौसमबाट नीता ढुंगाना । चंखे शंखे पंखे र प्रेम गीतबाट पूजा शर्मा । बाग्मती र भाग सानी भागबाट केकी अधिकारी । अधकट्टीबाट आशिष्मा नकर्मी । जाउँ हिड पोखरा र रामप्यारीबाट रेखा थापा । वडा नम्बर–६ बाट दीपाश्री निरौला । नाई न भन्नू ल–४, वडा नम्बर–६ र फन्कोबाट प्रियंका कार्की । क्लासिक र अधकट्टीबाट नम्रता श्रेष्ठ । र ड्रिम्सबाट साम्राज्ञी राज्यलक्ष्मी शाह चर्चामा रहे ।

नायकहरुमा चलचित्र रामप्यारी, सपना तिम्रो मेरो, लक्ष्य, भाग सानी भागबाट सविन श्रेष्ठ । रेसम फिलिलीबाट विनय श्रेष्ठ । कबड्डी कबड्डी र फन्कोबाट सौगात मल्ल । कबड्डी कबड्डी, बडा नम्बर ६, राहदानी र फन्कोबाट दयाहाङ राई । काफ्ल पाक्यो, जाऊँ हिँड पोखरा, रिफ्यूजी र धुनबाट जीवन लुइँटेल । ड्रिम्सबाट अनमोल केसी । प्रेम गीतबाट प्रदीप खड्का । क्लासिक र आवेगबाट आर्यन सिग्देल । भैरव र लुटेराबाट निखिल उप्रेती र वडा नम्बर–६बाट दीपक राज गिरी चर्चामा रहे ।

नेपाली चलचित्रका सङ्गीतमा चलचित्र वडा नम्बर ६को सुर्के थैली खै.. धेरैको ओठमा झुण्डिन सफल भयो यसमा अञ्जु पन्त राजन राज शिवाकोटीले स्वर दिएका थिए । चलचित्र प्रेमगीतको म यस्तो गीत गाउँछु...लाई धेरैले आफ्नो गीत बनाए यसमा अञ्जु पन्त र सुगम पोखरेलले स्वर दिएका थिए । चलचित्र क्लासिकको हारें हारें....ले धेरैको मन छुन सफल भयो यसमा युवराज चौलागाईंले स्वर दिएका थिए । चलचित्र परदेशीको बिछोडको करौंतीले.., चलचित्र अघकट्टीको फिगर कोकाकोला, चलचित्र होस्टल रिटन्र्सको मुसुक्क हास्ने तिम्रो..., चलचित्र कबड्डी कबड्डीको लप्पन छप्पन जान्दिनँ..., चलचित्र रेसम फिलिलको जालमा...., चलचित्र लुटेराको नाच भैरे नाच..., र अहिले प्रदर्शन भइरको दुई चलचित्र नाई न भन्नू ल–४ र रामप्यारीका गीतले पनि धेरैको मन जित्न सफल भएका छन् ०७२मा ।

नयाँ वर्ष नयाँ उमंग लिएर आएको छ । यो वर्ष विगतका वर्षहरूमा जस्तो देशले सङ्कटको सामाना गर्न नपरोस् । नयाँ वर्ष नयाँ दिन जस्तै वषैभरि उमंग छाओस् । आम नेपालीलाई शान्ति र विकासको बाटोमा डो¥याउन सफल होस् । नेपाली भाषा, साहित्य कला संस्कृतिको मार्ग अझ फराकिलो होस् । नेपाली चलचित्रले फड्को मारोस् । नयाँ वर्ष नयाँ किरण भन्ने कुराको स्मरण पछिसम्म रहोस् । यही कामना ।

नेपाली चलचित्रका लागि ०७२ लाई फर्केर हेर्दा--गीता अधिकारी
नेपाली चलचित्रका लागि ०७२ लाई फर्केर हेर्दा--गीता अधिकारी
नेपाली चलचित्रका लागि ०७२ लाई फर्केर हेर्दा--गीता अधिकारी
नेपाली चलचित्रका लागि ०७२ लाई फर्केर हेर्दा--गीता अधिकारी
नेपाली चलचित्रका लागि ०७२ लाई फर्केर हेर्दा--गीता अधिकारी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक