Similar Articles

लेख रचना

नवबर्षको आब्हान - निशा अर्याल

बिराट नेपाल

ओम भूर्भुव: स्व संवत्सर अधिपति आवाहयामि पूजयामि,

नयाँ वर्षलाई स्वागत गरौँ
सुनौलो सपनाहरूको झंकार गर्दै

बँगैचामा फुलहरू मगमगाए झैँ 
चमेकि इन्द्रकलमको सुगन्ध जस्तै 

परिवर्तको नौलो किरण छर्दै,
तहस ,नहस,र भ्रष्टाचार रोक्न

नयाँ देशको निर्माण गर्दै,
विश्वमा शान्ति फैलाउन

अत्याचारको अन्त गरी 
सत्संगत र ज्ञानको दीप

आफन्तको भावना जगाई
स्नेह र आत्मीयता  à¤›à¤°à¥à¤¨,

नयाँबर्षको नाम दिँदै सबैलाई तिमी
सचेत गराउदै चेतनाको झल्कहरुले

उमङ्ग र खुसी भर्न आऊ नयाँ वर्ष
हामी स्वागत गर्छौ हृदयको गहराई देखि

हाम्रो नेपाली नवबर्ष चैत्र शुक्ल प्रतिपदा विक्रमसम्बत २०७३ प्रारम्भ भइरहेको छ । यस सम्वत्सरको नाउँ " सौम्य " हो । चैत्र शुक्ल प्रतिपदा स्वयम् सिद्ध अमृत तिथि हो । यस दिन शुद्ध चित्तबाट कुनै कामको सुरुवात र संकल्प गरियो भने अवश्य सिद्ध हुन्छ भन्ने जन विश्वास छ ।चैत्र शुल्कपक्ष प्रतिपदादेखि १ अरब ९७ करोड ३९ लाख पहिले ब्रह्माजीले सृष्टिको सृजन गरेका थिए भन्ने आप्त वाक्य छ । सम्राट विक्रमादित्यले २०७३ वर्ष पहिले यसै दिन राज्य स्थापित गरेर विक्रमसम्बत चलाएका हुन । भगवान् रामको राज्याभिषेक यसै दिन भएको थियो । युगाब्द सम्वत्सरको प्रथम दिन ५११८ वर्ष पूर्व युधिष्ठिरको राज्याभिषेक यसै दिन भएको थियो । यस्तो शुभ दिन सबैका लागि शुभ रहोस् भन्ने कामना गर्द्छु । विक्रम सम्बतको परिवर्तन अर्थात् प्रारम्भ गर्ने चक्रवर्ती सम्राट विक्रमादित्यको नाउँ विक्रमसेन थियो । आफ्नो ज्ञान , वीरता र उदारशीलताका निम्ति प्रसिद्ध विक्रमादित्यको जन्मकाल ३००० वर्ष व्यतीत भई सकेपछि १०१ इस्वीपूर्व  à¤µà¤¿à¤•à¥à¤°à¤®à¤¾à¤¦à¤¿à¤¤à¥à¤¯ भारतको प्राचीन नगरी उज्जैनको राजसिंहासनमा बस्ने चक्रवर्ती सम्राट थिए । उनले शकहरूलाई परास्त गरेकाले देशमा सर्वाधिक प्रचलित विक्रम सम्बतलाई उज्जैनका राजा विक्रमादित्य द्वारा नै प्रवर्तित गर्ने राजा मानिन्छ । ३०६८ कलि अर्थात् ३४ इसा पूर्वमा रचित ज्योतिर्विदाभरण ग्रन्थकार यस सम्बतलाई विक्रमादित्यद्वारा प्रवर्तन गरिएको पुष्टि गर्दै भनिएको छ विक्रमादित्यको ३०४४ कलि अर्थात् ५७ इसी पूर्व विक्रमसम्बत चलाए । केही ग्रन्थहरूका अनुसार इन्द्रप्रस्थका राजा राजपाल ३६ बर्षद्धलाई सामंत महापालले मारेर एउटा  à¤¬à¤‚शले चौदह वर्षसम्म राज्य गरे त्यस्तै राजा महापाललाई मारेर एक बंशमा ९३ वर्ष राज गर्‍यो । त्यस पछि शालिवाहन भमरालाई समुद्रपाल योगी पैठ्टाकेले र उनको बंशकाहरूले ३७२ वर्ष चार महिनासम्म राज गरेको कुरा उल्लेख छ ।

राजकीय सम्बत जुनै भए पनि नेपाल सम्बत चन्द्रमाको तिथि मितिसम्मत भएकै कारणले यसलाई जनताले चार्ड, पर्व, जन्म, मृत्यु आदि सबै संस्कारको तिथि गणना र चिना, धर्मपत्र, लेख, किताब, शीला, धातुपत्र आदिको मिति प्रयोगमा आफ्नै हिसाबले निरन्तरित गर्दै ल्याए । जुन आजसम्म पनि निरन्तरित छ । तर उल्लेख्य यो छ की विक्रम सम्बतलाई राजकीय सम्बत घोषणा गरेको १६ वर्षतिरै अर्थात् १९२० को दशकमा यसको विरोध साथ नेपाल सम्बतलाई राजकीय सम्बतको रूपमा स्थापना गर्ने अभियान नेपाल भाषाका अन्दोलनकर्ता बौद्ध विद्वान धर्मादित्य धर्माचार्यले कलकत्तामा बसेर सुरु गरे । त्यसपछि इस्वी संम्वत १९५० मा राणाशासनको अवसानपछि यसलाई भाषा, साहित्य र संस्कृतिकर्मीहरूले आन्दोलनको रूपमा अघि बढाए । पछि इस्वी संम्वत १९७९ मा नेपाल भाषा मंकाखलले यस अभियानलाई सङ्गठित रूपमा अगाडि बढायो । तत्कालीन पंचायत सरकारले यस आन्दोलनलाई दबाउन शान्तिपूर्ण र्यालिहरूमै धावा बोलेर अभियानकर्ताहरूलाई पिट्ने जेल हाल्ने समेत गर्‍यो । अन्तत पंचायाताकालको अवसानपछि इस्वी संम्वत १९९० मा यसका संस्थापक शङ्खधरलाई विभूति मानेर राजकीय सम्मान दिइयो । अझ शाहकालको अवसान पछि सन् २००८ मा सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रूपमा घोषणा गर्‍यो र २०११ अक्टोबर २५ मा यसको कार्यान्वयन प्रक्रिया सिफारिसको लागि एउटा कार्यदल नै गठन गर्‍यो । तर त्यसले आजसम्म कुनै काम अघि बढाएन । तथापि २०१३ देखि नेपाल सम्बतको पहिलो दिनलाई नववर्षको रूपमा बिदा दिने चलन कायम भयो । विक्रम सम्बत वा शक सम्बत आयातित सम्बत मानिने हुँदा नेपालका माटोप्रेमीहरू नेपाल सम्बतलाई नै नेपाली गर्वको सम्बत मान्दछन् । आयातित मानिएको विक्रम सम्बतले राजकीय स्थान पाउँदा धेरै राष्ट्रबादी चिन्तकहरू नेपाल सम्बतलाई नै यस स्थानमा बिराजमान गराउन चाहन्छन् । विक्रम सम्बत आयातित भए पनि नेपाल सम्बतलाई स्थापित गर्नको लागि विदेशी बनाइ राख्न कत्ति जरुरी छैन भन्ने मेरो सोच छ । कैयौँ आयातित मूल्य र मान्यता हामीहरूसँग यस्ता छन्, जो हामीसँग आफ्नै माटामा सिर्जित भएकाको तुलनामा बढी प्रचलित छन् जसको पोषण र प्रवर्द्धनमा हाम्रा उल्लेखनीय लगानी रही आएको छ ।

त्यसैले विक्रम सम्बतलाई यस माटो पनि लागानी भएकोले यथा कायम गर्दै नेपाल सम्बतलाई समरूपको उचाइमा स्थापना गर्न सक्छौँ भन्ने मेरो मान्यता छ । विक्रम सम्बत आज भारतमा पर्ने मालवीका राजाले स्थापित गरेका र उनैको नामबाट यसलाई निरन्तरित गरिएको हुँदा विदेशी सम्बत भनिने गरिएको हो । तर विवेचना योग्य यो छ कि जुनबेला यसको सुरुवात भयो त्यस बेला न नेपाल बनेको थियो न भारत । यी भूमिहरू हज्जारौँ जनपदमा बाँडिएका थिए र कहिले कुन, कहिले कुन, सयौँ राज्यहरू अन्तर्गत यता र उता हज्जारौँ पटक परेका थिए । उत्तरमा मानसरोबरदेखि दक्षिण गंगानदीसम्म र पूर्वमा कामारुप ब्रह्मपूत्रदेखि पश्चिममा हिन्दुकुश पर्वतसम्म फैलिएका हिमबत खण्डका भूमिले अनेकन मूल्य र मान्यताहरू सिर्जना गरे । ती सबलाई शदियौँ लगाएर परिष्कार गरे । यी अवधिमा यस भूमिमा हज्जारौँ राज्यहरू स्थापित भए र नाशिए पनि । तर ती सांस्कृतिक निधिहरूको निरन्तरता तथा परिष्कार प्रक्रिया कहिल्यै रोकिएन ।
विक्रम सम्बतका संस्थापक विक्रमादित्य आजका नेपाली भूमिकै हुन् भन्ने धारणाहरू नेपालमा नभएको होइन । इतिहासले कुनै प्रमाण नदिए पनि अनेकन लोककथा र स्मारकहरूले यस कुराको पुष्टि गर्दछन् । जस्तै :

(१) बत्तीसवटा पुतली भएको विक्रमादित्यको सिंहासन भेटिएको स्थानलाई बत्तिसपुतली भनियो रे ।
(२) लिच्छवि राजा भूमिवर्मा नै विक्रमादित्य हुन् रे।
(३) विक्रमादित्यले बज्रयोगिनीवाट पारसमणी प्राप्त गरी नारायणहिटी स्थापित गरेका रे ।
(४) साँखु बज्रयोगिनीको मन्दिर नजिकै विक्रमादित्य राजाको टाउकोकै मूर्ती स्थापित गरिएको छ ।
(५) नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेका थिए रे ।
(६) पनौतिमा एउटा युवा ऋषिको स्खलित वीर्य खाएर गर्भवति भएकी युवतीबाट विक्रमादित्यको जन्म भएको थियो रे । आदि ।

तर कुनैको पनि ऐतिहासिक पुष्टि भने भएको छैन । बरु एघारौँ शताब्दीका कर्नाटकका चालुक्यबंशी विक्रमादित्य षष्ठका सामन्त नान्यदेवले ईस्वी सम्वत १०९७ मा राजा बामदेवको समयमा सिम्रौनगढबाट नेपाल आक्रमण गरी उनका थिति यता बसाल्न खेजेका प्रमाणहरू भने पाइन्छन् । यही तथ्यसँग उपलब्ध लोककथाहरू गोलमटोल भएको मलाई लागेको छ । यो लोक कथाको प्रसङ्ग छैठौँ विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त नान्यदेवले उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रशस्तीहरू यता प्रवाहित भएको हो भन्ने अड्कल काट्ने ठाउँ भने छ । भारतीय इतिहासमा एउटा होइन थुप्रै विक्रमादित्यहरू देखिन्छन् । अझ विक्रमादित्य कुनै एक राजाको नाम होइन कि, पराक्रमी राजाको पदवी भएको देखिन्छ । हिन्दुभन्दा इतरसंस्कृतिका विदेशी आक्रमण र उनीहरूका स्थापनाका विरुद्ध लड्ने, जित्ने र आफ्ना संस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरूलाई ‘विक्रमादित्य’ मानिने इतिहासले प्रमाणित गर्दछ ।

किन नेपाल सम्बतलाई अङ्गीकार नगर्ने ? – डा. कविताराम श्रेष्ठ
जस्तै: पहिलो विक्रमादित्य मालवीका सातकर्णी (इसा पूर्व १०० देखि यशापूर्व ४४०) थिए । उनले आफूलाई विदेशी शकहरूलाई खेदी विक्रमादित्यको उपाधीले विभूषित गरे ।यिनैले इशापूर्व ५७ सालमा नयाँ सम्बत सुरु गरे, जसलाई पछि विक्रम सम्बत भनियो । पछि पाँचौ शताब्दिमा चन्द्रगुप्त द्वितीय, आठौँ शताब्दीमा पुलकिशनको द्वितीय पुत्र, अनि उनैकानाति समेत एघारौँ कर्नाटकका त्रिभुवनमल्लले विक्रमादित्य उपाधि धारण गरेका देखिन्छन ।
यही पछिला त्रिभूवनमल्ल विक्रमादित्य षष्ठ नेपालको दन्त्य परम्परामा देखिने विक्रमादित्य हुन पुग्दछन् । उनले शक सम्बत मासेर नयाँ सम्बत स्थापना गरे भन्नेसमेत उल्लेख भारतीय इतिहासमा पाइन्छ (प्राचीन भारत, प्रथम भाग पृ १६१)।
ऊ बेला ससाना हज्जारौँ राज्यहरूमा बिभाजित हिन्दु राष्ट्रहरूका जनताले हिन्दु राष्ट्रबादका प्रतीक ‘विक्रमादित्य’ लाई साझा रूपमा आफ्ना आदर्श नायक बनाए । सबै हिन्दु राष्ट्रहरूले विक्रमादित्यका परम्परालाई आफ्ना बनाए ।
यसरी नै चालुक्य राजबंशको शासन भोग्ने पनौतिले पनि विक्रमादित्यलाई आफ्ना बनाए । नाला होस् वा साखु होस् वा बत्तिसपुतलि होस् त्यहाँ उपलब्ध लोकआहानहरूले गरेका पनि त्यही हो ।

यसरी विक्रमादित्यहरू कुनै राजनीतिक भूगोलको सीमामा बाँधिएका थिएनन् । त्यसैले विक्रम सम्बत नेपालमा छोटै समयदेखि प्रचलनमा आएको भए पनि यो हामी नेपाली समेतको धरोहर रहेको नितान्त साझा सम्बत हो ।
हामी आफ्नै लोक दन्त्य परम्पलाई समेत नकार्न सक्दैनौं । त्यसैले नेपाल सम्बतलाई पूर्ण नेपाली बनाउन विक्रम सम्बतलाई भारतीय बनाइ राख्दा आफैलाई दुख्ने कुरो मलाइ लाग्दछ । तर कुरोको चुरो यो छ कि चन्द्रसमशेरले किन शक सम्बतलाई मासेर विक्रम सम्बतलाई स्थापित गरे ? माथि भनिए झैँ शक सम्बतको प्रचलनमा तिथिमिति एक नाश नरहने हुँदा प्रशासनिक कार्यमा सरलताको लागि सूर्यको गति अनुसारको स्थीर गते रहने विक्रम सम्बतको प्रचलन सुरु भएको भन्ने कारण कतिसम्म सही हुन सक्छ ?

इस्वी सम्वतको तुलनामा विक्रम सम्बतको गते कहाँ एक रूप रहेको छ र ? यो पनि त तल माथि परिरहेको छ । त्यसरी यो तलमाथि हुने तिथिको प्रयोगले फरकै के पार्छ ? हिन्दु संस्कृतिका हरेक संस्कार चन्द्रगतिकै तिथिमितिमै त कार्यान्वयन हुन्छ । प्रशासनिक कार्यमा यो प्रयोग गर्नै नमिल्ने के छ ? यो यता आएर राणा र शाह वंशका पक्षधर पण्डितहरूले यसको प्रतिष्ठालाई उचो बनाउन पर्गेलेका कारणहरू मलाई लाग्दछ । भारतीय इतिहासबाट बुझिन्छ विक्रम सम्बतको प्रतिस्थापनमा हिन्दु राष्ट्रबादिता स्पष्ट हाबी छ । चन्द्र समशेरमा आफू राजपूत हुनुको गर्व र हिन्दु राष्ट्रबादिताको ज्वर थियो । शक सम्बत चल्दै थियो चन्द्र समशेरले पुरोहितहरूको बहकाउमा नेपाली भूमिमाथि राजपूतहरूको विजयको सान देखाउने हिसाबमा हिन्दु राष्ट्रबादिताको प्रतीक “विक्रम सम्बत” लाई स्थापित गरे । सम्बत फेर्नै पर्ने कुनै अर्को ठोस कारण देखिन्न । उनमा नेपाली राष्ट्रबादिता नै थियो भने नेपाल सम्बतलाई फेरि प्रतिस्थापन गर्न सक्थे ।
तर उनको नजरमा नेपाल सम्बत एक विजित तुच्छ जातिका सामान्य जनताको छोरोबाट स्थापित भएको सम्बत थियो, यो उनलाई कदाचित स्वीकार्य थिएन ।

अन्तमा भन्नु छ विक्रम सम्बतलाइ हामीले यसै उसै व्यहोरेकै हो. पूर्णत: किन नकार्नु पर्छ र ? यसलाई यथा उसैको ठाउँमा राखेर नेपाली इतिहासको स्वर्णिम कालमा ८९० वर्षसम्म राजकीय सम्बत रहेको नेपाली माटोको नेपाल सम्बतलाई प्रमुख सम्बतको रूपमा कायम गर्दा आफ्नै इतिहासको गौरवलाइ सम्मान पुगेको हुनेछ ।यी कुराहरू मैले पुस्तक र विभिन्न विद्धानहरुको आर्टिकल  à¤ªà¤¢à¥‡à¤° लेख्ने प्रयास गरेकी हुँ किन कि म बिद्ध्वान छुइन  à¤¤à¤° मेरो जिज्ञासा नयाँ कुरा र प्राचिनकाल देखि चलेका कुराहरू प्रतिको चासो हो र आफ्नो विवेकले जस्तो भ्यायो सम्पादन गरेर लेख्ने प्रयेत्न गरेकी मात्र हुँ, 

हर्षभर्दै पीडित ओठमा, मुस्कान ल्याऊ नयाँवर्ष,
हत्या र हिंसा विरुद्धमा, आवाज उठाउ नयाँवर्ष,

बिग्रिसक्यो हाम्रो मुलुक, हानाहान र तानातानले,
सुमार्गको परिचय के हो? सिकाउन आऊ नयाँवर्ष,

रगतले सिचिएको हाम्रो, माटो त्यसै रुखिएछ,
धर्ती आमालाई बचाउने, उपाए बताऊ नयाँवर्ष,

हरियाली डाडा पाखा, झरनामाथि चौरी गोठ,
पग्लिएको हिमाललाई रोक्न आऊ नयाँ वर्ष,

चर्किदैछ कथा व्यथा मुर्झिए किन सबै हर्ष,
शौभाग्यको वर्ष छर्दै शान्ति बोकी ल्याऊ नयाँवर्ष,

प्रतिद्धन्दी धेरै भए, धनबिया मूर्ख वर्ग,
सद्भावनाको आँखा खोल्दै थेग्न आऊ नयाँवर्ष,

संसारभरि भाग्न लागे, जागरिला युवा हातहरू,
उन्नतिको वर्षा छर्दै,युवालाई रोक्न आऊ नयाँवर्ष


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक