Similar Articles

कविता, गजल, गीत

नयाँ वर्ष-- प्रवीण भट्टराई

बिराट नेपाल

संघारमा आउदैछ
नयाँ वर्ष
हिजो मात्र एउटा खबर आयो
टाढाबाट, धेरै टाढाबाट

ए आउँने जनाउ दिएर
खबर भन्छ
उ हिमालबाट ओर्लीसक्यो रे
पहाडबाट झरीसक्यो रे

तराई फाँटमा पुगिसक्यो रे
पातालबाट पनि फर्किसक्यो रे
म उस्लाई स्वागत गर्न 
म उस्लाई अंकमाल गर्न

चौडा छाती लिएर
पर्खदैछु हिजै देखि
नयाँ वर्ष
तिमीलाई हाम्रो घरमा शुभकामना ।

नयाँ वर्षमा
साथीभाईलाई साथ दिने शुभकामना
आफन्तलाई
मायाको शुभकामना

अग्रजहरुलाई
सम्मानको शुभकामना
देशलाई 
उन्नति र प्रगतिको शुभकामना

छिमेकीलाई
विश्वासको शुभकामना
संसारलाई
शान्तिको शुभकामना

सबैलाई नयाँ वर्षको
मङ्गलमय शुभकामना 
नयाँ सुरुवातको
शुभकामना ।

चियर्स भन्दै
ग्लास त पोहोर पनि ठोक्याइएकै हो
बोतल त पोहोर परि रित्याइएकै हो
जानी नजानी कम्मर पनि भाचिएकै हो

नयाँ नयाँ फोटो पनि
फेसबुक र टवीटरमा
पस्किएकै हो
शुभकामना साटासाट गर्न

मोबाइलमा साथीभाई र आफन्तका 
नम्बर पनि थिचिएकै हो
उताबाट पनि जवाफमा 
मुरी मुरी

शुभकामना प्राप्त भएकै हो
तर खै त ती सबै शुभकामना 
खासै काम लागेनन
न कुनै उन्नति भयो न कुनै प्रगति 

खियाँ लागेको 
थ्री नट थ्री राईफल झैँ 
खियाँ लागेको जिन्दगी
तैपनि नर्याँ सालको संघारमा

शुभकामना भन्नै पर्‍यो
स्वागत पनि गर्नै पर्‍यो ।
क्यालेण्डरको पाना त
पोहोर साल 

अनि परार साल पनि फेरिएकै हो
मैले जाने देखि संझेदेखि
हरेक साल यो फेरिन्छ
यो साल पनि फेरिने नै भयो

बाँचीयो भने फेरि अर्को साल 
अनि अर्को साल
क्यालेण्डरका पाना फेरिनेनै छन्
म तिमीलाई यो साल

केवल क्यालेडरको पाना फेर्ने 
शुभकामना भन्न चाहन्न
परिवर्तनको चस्माले
आफ्नै अनुहार ऐनामा हेर्ने

आफूलाई आफैलाई फेर्ने 
अरूलाई हेर्ने आफ्नै नजर फेर्ने
सुरुवातको शुभकामना भन्छु ।
यो संसारमा म आफूमात्र ठिक 

अरू सबै खराब भन्ने 
तिम्रो हाम्रो सोच परिवर्तनको
अनि एकाहोरो रूपमा
भनिरहने दोहोरयाईरहने

साप्ताहिक अखबारका भित्रीपेजमा
खबर दोहारिएर जस्तो
दोहोरो मापदण्डको ऐजेरु
फाल्ने तिम्रो चस्मा फेर्ने

सुरुवातको शुभकामना
पोहोर मैले भेटेर शुभकामना भने
अहिले बोल्न मन लागेन
मन रुँदा म कसरी हाँसेर 

शुभकामना भनौ
मैले लेखेर शुभकामना भने
जय होस नयाँ वर्षको
जय होस हामी सबैको
शुभकामना नयाँ वर्षको ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक