Similar Articles

कविता, गजल, गीत

म वैशाख २ हुँ – लक्ष्मण श्रेष्ठ

बिराट नेपाल

हिजो तिमीले फोहोर पारीछोडेको
कोठा सफा गर्दैछु,
राती रमाइलो भयो नि ?
तिम्रो ह्यांग हटाउन कागती निचर्दैछु,

नाँइ–नाँइ किन रिसाउनु ?
नयाँ वर्ष हो,
तिम्रा साथीहरू सबै जम्मा भएका,
तिम्रो खुसीमै हराइदिएँ आफैलाई,

अहिले आफैलाई सम्हाल्दैछु
म वैशाख २ गते हुँ ।
म खाली सिसी,
रित्तो खल्ती,

उधारो आश्वासन,
अपूरा हुने योजना
र, भागदौडको जिन्दगीबाट चुपचाप उदाउँछु ।
सुहागरात पछिको बिहान हुँ म

तिम्रो अलमस्त शरीरलाई विछ्यौनामै छोडेर
नयाँ घरको चुल्हो सल्काउन थाल्छु,
प्रसुती पछिकी आमा हुँ म
तिम्रो सर्टमा लागेको

छोराको बाउ हुनुको अबिर
धुँदै गर्दा आफ्नै रगतले मुछिएको पेटिकोट बिर्सन्छु,
हो, हो, मलाई थाहा छ
तिम्रो हरेक सफलताको पछाडि

मौन म खडा छु ।
थाहा छ, मलाई
म तिम्रो जीवनको मैन हुँ ।
तिम्रो ज्योति ननिभोस कहिल्यै

आफैलाई सल्काइरहन्छु ।
चुपचाप अलिबेर आराम गर
आज त वैशाख २ गते हो
म जागिसकेकी छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक