Similar Articles

बिचार

फेसबुक समस्या समाधानको साधन बन्नु पर्ने - प्रकाश श्रेष्ठ

बिराट नेपाल

फेसबुक आधुनिक समयको अति सशक्त सामाजिक सञ्जाल हो । जब यसको आधिकारिक सुरुवात फेव्रेरी ४, २००४ मा मार्क जुकर्वगले कलेजमा पढ्ने सहपाठी साथीहरूसँग आपसमा मिलेर गरे तब देखि आजका दिन सम्म आई पुग्दा विश्वका सबै अधिकांश देशमा यसको प्रयोगककर्ता उल्लेखनीय रहेका छन् । पछिल्लो समय आएर नेपालमा समेत इन्टरनेटको पहुँचको विस्तारसँगै यसको प्रयोगकर्ता ह्व्त्तै बढेका छन् । यसको प्रयोगमा युवा देखि उमेरले पाका व्यक्तिहरू पनि संलग्न रहेको सहजै अनुमान लगाउन सकिन्छ । आजकल युवाहरूलाई खान बरु समयमै नपाए पनि फेसबुक समय-समयमा चलाउन नपाए के नपुग, के नपुग हुन्छ भनेर भन्ने पनि सुनिन्छ । फेसबुकको प्रयोगले आपसमा सूचनाहरू आदान-प्रदान गरेर केही सकारात्मक सन्देशहरुको आदान-प्रदान हुन सके त राम्रो नै हुन्छ तर यसको दुरुपयोगले भने नराम्रो सामाजिक असरहरु र विकृति पनि फैलिन सक्छ । पछिल्ला समयमा फेसबुककै कारणले कतिपय नारीहरूको अस्मिता लुटिने र अनाहकमा ज्यान समेत जाने गरेको घटनाहरू पनि बढ्दै गएको छ जसले गर्दा यसको प्रयोग प्रति नकारात्मक टिकाटिप्पणी पनि हुने गरेको देखिन्छ । वास्तवमा कुनै पनि साधन आफैमा राम्रो र खराब हुँदैन त्यो त यसको प्रयोग र प्रयोजनमा भर पर्छ । जस्तो की आगोको सही सदुपयोग हुन सके मानिसका विभिन्न कामहरू हुन सक्छन् र दुरुपयोग भएमा छिन भरमा धनजनको ठुलो क्षति देखि विकराल स्थिति पैदा हुन सक्छ। त्यस्तै फेसबुकको सम्बन्धमा पनि हुने गर्छ ।

फेसबुकको प्रयोग सबैले समान किसिमका उपयोगिताको लागी नभई फरक-फरक हुन सक्छ । कसैको लागी मनोरंजनात्मक साधनहरू हेर्न र त्यस्तै जानकारी एवं दृश्ययुक्त फोटोहरू र भिडियो पोस्ट गर्न हुन सक्छ, कसैको लागी साहित्यिक सृजनाहरू पोस्ट गर्न त्यस्तै कसैका लागी खोजमुलक समाचार, जानकारी, संदेशहरु पोस्ट र सेयर गर्न त कतिपयका लागी विभिन्न अखवार र अनलाइन पोर्टलहरुमा आएका खवरहरु हेर्नको लागी त्यस्तै कसैको लागी आफ्ना भावना, विचार, अनुभव सेयर गर्न साथै कतिपयले आफ्नो पेसा र व्यावसायिक वस्तु तथा सेवाको प्रचार -प्रसार गर्नको लागी समेत हुन सक्छ । कतिपय कलाकार, साहित्यकार , सामाजिक अभियान्ता र विभिन्न पेसामा आवद्ध हुनेहरुले आफ्नै व्यक्तिगत पेज नै खोलेर समेत त्यसै पेसा र कार्यरत क्षेत्रसँग सम्बन्धित विषयवस्तु समेटेर तयार गरिएका सामाग्री र जानकारीहरु सेयर गर्ने गरेको पनि देखिन्छ । अझै आजकल त सबैजसो छापा पत्रपत्रिका र अनलाइन पत्रिकाहरूमा प्रकाशित न्युज, आलेख, सूचनाहरू, आर्थिक, सामाजिक, राजनैतिक, समसामयिक विषयवस्तुहरु, मनोरंजनात्मक, खेलकुद, साहित्य, स्वास्थ्य आदी सम्बन्धी सामाग्रीहरू समेतलाई निश्चित पेज खोलेर सो पेजमा समेत पोस्ट वा सेयर गर्ने चलननै चलेको छ ।

विश्वका चर्चित नेताहरूले समेत फेसवुकबाटनै आफ्ना गतिविधि र विचारहरू प्रस्तुत गर्ने र विभिन्न सामाजिक क्याम्पियन समेत सञ्चालन गरेका हुन्छन् । चाहे मनोरंजन क्षेत्रमा लाग्ने हुन् , चाहे अध्ययन-अध्यापन, त्यस्तै चाहे खेलकुद, पत्रकारिता , डाक्टरी, वकालत, इन्जिनियरिङ, व्यावसायिक र विभिन्न पेसामा नै किन नहोस् सबै -सबैले फेसबुक एकान्ट खोलेर आफ्नो अनिकुल र चाहना अनुसार फेसबुक साथीहरू आपसमा बनाएर फुर्सद, इच्छा र उपलब्धता अनुसार फेसबुकमा समय व्यतित गर्ने गर्छन् । अरूले पोस्ट र सेयर गरेको सामाग्रीहरू हेर्ने, पढ्ने र आवश्यक ठाने लाईक, सेयर , कमेन्ट गर्ने र आफूले पनि सोही प्रकृतिको कामहरू आवश्यकता र इच्छा अनुसार गर्दछन् । विशेष अवसर , कार्यक्रमहरूको फोटोहरू, भिडियोहरु सेयर गर्दै आवश्यक संदेशहरु र विचारहरू पनि पोस्ट र सेयर गरिएको पनि पाइन्छ । कतै घुम्न गएको वेला, साथीहरूको जम्काभेटमा पोस्ट गरिएको फोटोहरू र जानकारीमुलक सामाग्रीहरुले आपसमा झनै आत्मियता र सम्झनाहरू सदा ताजकी बनाउन समेत मद्दत गर्न सक्छ । यसरी समग्ररुपमा हेर्दा फेसबुकमा गरिएको पोस्टले विभिन्न महत्त्व र अर्थ राख्न सक्द्छ भने अर्को तर्फ भ्रामक सामग्री र अश्लील सामाग्रीहरूको पोस्ट र सेयरले समाजमा नकारात्मक संदेश र व्यक्तिहरूको नैतिकतामा दाग र प्रतिष्ठामा समेत प्रतिकूल प्रभाव पार्न सक्छ । 

हामी सबैले जे जस्तो विषयवस्तु र सामाग्रीहरुमा आफ्नो रुचि र चाहना राखेर सामाग्री पोस्ट गर्ने , सेयर गर्ने र अरूले राखेको सामाग्री पुन पोस्ट वा सेयर गर्दा एउटा कुरालाई पक्कै याद गर्नु पर्छ की त्यस्ता सामाग्रीहरू फेसबुकमा राख्दा अरूलाई प्रतिकूल प्रभाव पार्ने र कसैलाई मानसिक आघात पार्ने एवं समाजमा एक किसिमको विखण्डन र आपसमा सम्बन्ध भाड्ने खालको हुनु हुँदैन । स्टाटसको रूपमा राखिएका र कहिकतैबाट सेयर गरिएका सामाग्रीहरू सकभर सबैलाई सकारात्मक प्रभाव पार्ने , पूर्ण जानकारी र संदेश दिने हुनु पर्छ । अपूर्ण , दोहोरो अर्थ लाग्ने, अश्लील शब्द प्रयोग गरिएको, कुनै व्यक्तिको प्रतिष्ठामा दाग र धक्का लाग्ने , सामाजिक वितिष्णा फैलाउने खालको , धार्मिक र जातीय दंगा फैलाउने खालको त सामाग्री भुल गरेर पनि पोस्ट वा सेयर गर्नै हुँदैन ।

फेसबुक सामाजिक सञ्जाल भएकोले यसको प्रयोग निश्चित व्यक्तिलाई लक्ष्यीत गरेर भन्दा पनि  Mass base मा रहेर सबैलाई लक्ष्यीत गरेर सबैलाई हित र उपयोगी हुने सामाग्री राख्नु पर्छ । व्यक्तिगत सूचना र संदेश आदान -प्रदान गर्नको लागी त फेसबुककै मेसेन्जर वा मेसेज इन बक्सको प्रयोग गर्न सकिन्छ । कुनै विशेष फोटोहरू , भिडियोहरु पोस्ट गर्दा भने साथीहरूलाई विशेष अवसर,क्षण, उत्सवको बारे जानकारी, भावना र कौतुहलता मेट्ने हुँदा उपयोगीनै हुन्छ तर अनावस्यकरुपमा आर्टिफिसियल रुपहरु र अपाच्य पोजहरु प्रस्तुत हुने फोटोहरू र भिडियोहरुले पनि खासै सकारात्मक संदेशहरुको सञ्चार हुन सक्दैन तसर्थ त्यस तर्फ पनि सोच्नु पर्छ । अनावश्यक देखावटी र अरूलाई भ्रममा पार्ने सामाग्री नराख्दानै सामाजिक हित र आफ्नो पनि प्रतिष्ठा र व्यक्तित्व बढ्ने हुन्छ किनकि तपाईँ आफूले फेसबुकमा व्यक्त गर्ने भावना , विचार र समावेश गर्ने सामाग्रीले स्वयम् तपाईँको आचरण, सोचाईको दायरा, व्यक्तित्व र ज्ञानको लेवललाई प्रस्तुत गरिरहेको हुन्छ । यसैले जे जति सामाग्रीहरू फेसबुकमा राख्नु हुन्छ औचित्य र केही न केही संदेश दिने खालको राख्दा नै उत्तम हुन्छ । फेसबुक प्रयोग कर्ताकै कारण समाजमा सबैको मन तोड्ने हैनकी आपसमा जोड्ने हुनु पर्छ । 

आजकल सर्वत्र फेसबुकमा ग्रुप च्याट चल्ने गरेको पनि चर्चा चलेको पाइन्छ र कतिपयहरुको गुनासो पनि सुनिन्छ विना जानकारी कसले, किन, कुन प्रयोजनको लागी गुरुपमा संलग्न बनायो पत्तै चलेन, टाउँको दुखाई भयो भन्ने पनि तर ग्रुप च्याट आफैमा खराब हो भनेर भन्नै सकिदैन किनकि निश्चित लक्ष्य र मिसन सहित आपसमा छलफल गरेर केही व्यावसायिक, सामाजिक, राजनैतिक वा अन्य काम गरौँ भन्ने हो भने यो अति उपयोगी हुन पनि सक्छ । त्यसैले निर्धारित लक्ष्य वा अभियानका लागी आपसमा मिलेर सूचनाको आदान -प्रदान गर्न र योजना बनाएर अघि बढ्न फुर्सदको समयलाई घर-घरमै बसेर पनि आपसमा भौतिक उपस्थिति नभएर पनि सहजै छलफल गर्न सकिने यस्तो माध्यमलाई खराब भन्न सकिदैन तर यसको लागी ग्रुप च्याटमा आवद्ध गर्ने व्यक्तिहरूलाई पूर्व सूचना दिएर अर्थात् विभिन्न व्यक्तिगत सम्पर्क माध्यमबाट जानकारी गराएर स्वीकृति लिएमा भने अवश्य राम्रो हुने गर्दछ । 

आजकल स्वदेश तथा विदेशहरुमा रहेका व्यक्तिहरूले केही सामाजिक काम गर्नको लागी समेत यस्तै माध्यमबाट छलफल अगाडी बढाउने गरेको र कतिपय ठाउँका व्यक्तिहरूले त विदेशमा विभिन्न स्थानमा छरिएर रहेकोलाई आपसमा समेटेर गुरुप च्याटबाटै आर्थिक रकम सङ्कलन गरी आफ्नो गाउँ-ठाउँमा विद्यालय बनाउन, एम्बुलेन्स किन्न, पुस्तकालय स्थापना र कम्प्युटर खरिद गर्न, सडक, खानेपानीको व्यवस्था लगायतका विकास एवं निर्माण गर्न साथै गुणस्तरिय शिक्षाको व्यवस्था गर्न समेत आवश्यक सहयोग गर्ने गरेको समाचारहरु विभिन्न सञ्चार माध्यममा सुन्दै आईएको छ । 

यसरी नै सञ्चारको आधुनिक साधन वा सञ्जाल अन्तर्गत लोकप्रिय हुँदै गएको फेसबुकको सही सदुपयोगबाट सामाजिक क्षेत्रमा धेरै रचनात्मक कामहरू हुन सक्ने देखिन्छ । अझै पछिल्लो समयमा कहीँ कतै कसैलाई विघ्न-बाधा पर्दा, आर्थिक अवस्था कमजोरको कारण अति खर्चिलो रोगको उपचार गर्न समस्यामा पर्दा, दैवी-प्रकोपबाट धनजनको क्षेति हुँदा, अशाय र शारीरिक अशक्ततताको कारण दु:ख पाएर सहयोगको आशा गरिरहदा समेत फेसबुकको माध्यमबाट देश विदेशबाट थुप्रै सहयोग सङ्कलन भएर पीडित र समस्याग्रस्त व्यक्तिहरूले आवश्यक राहत पाएको देखिएको छ ।त्यस्तै गत सालमा गएको महाभुकम्पमा समेत फेसबुकको प्रयोगबाट धेरै आर्थिक र राहतका सामाग्रीहरू सङ्कलन हुन सकेको कुरा सबै सामु छर्लंगै छ । त्यस्तै विभिन्न सामाजिक संस्थामा लागेका व्यक्ति र संस्थाले पनि फेसबुकलाई प्रयोगमा ल्याएर धेरै आर्थिक एवं भौतिक सामाग्रीहरू स्वदेश तथा विदेशबाट नियमितरुपमा जुटाउने गरेको कुरा सुन्दै र देखिदै आईएको छ । 

यसरी हेर्दा सही सदुपयोग हुन सके यो फेसबुक आजको आधुनिक युगमा निकै ठुलो वरदान हुन सक्छ र दुरुपयोग गरे अभिशाप समेत हुन सक्छ । तसर्थ यसको उपयोगिता र औचित्यको ख्याल गरी यसको प्रयोग गर्नु नै अति उत्तम हुन सक्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक