Similar Articles

Interviews

मामुबाबा सम्झेँर रोएँ : अस्मी श्रेष्ठ, मिस नेपाल २०१६

बिराट नेपाल

मामुबाबा सम्झेँर रोएँ : अस्मी श्रेष्ठ, मिस नेपाल २०१६
टेलिभिजनमा मिस नेपाल माल्विका सुब्बाको रवाफ र सौन्दर्य देखेदेखि नै हो, चितवनकी अस्मी श्रेष्ठको सपनाको खातामा सौन्दर्य प्रतियोगिता थपिएको । मिस नेपालको २१औँ शृङ्खलासम्म आइपुग्दा त्यो बाल्यकालीन सपनाले अस्मीको शिरमा शीर्ष ताज राखिदिएको छ । अस्मीले सन् २०१४ मा फेस अफ क्लासिक डाइमन्डको शीर्ष अवार्ड जित्नुभएको थियो । खेलकुदमा समेत रुचि राख्नुहुने अस्मीले सन् २०१२ मा श्रीलङ्कामा सम्पन्न नेट बल प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो । प्रस्तुत छ, अस्मीसँगको दीपक श्रेष्ठले गर्नु भएको कुराकानी । 


० मिस नेपाल घोषणा भएपछि रुनु भयो है ?
– अँ, (हाँसो....) । 

० किन रुनु भएको ?
– मलाई यहाँसम्म पु¥याउन परिवार, अझ आमाको महìवपूर्ण देन छ । दसैँमा आर्शिवादसमेत दिनुभएको थियो । मामुबाबा सम्झेँ । रोएँ । सपना प्राप्तिको अनुभूति । 

० मिस नेपाल जित्छु नै भन्ने लागेको थियो, कतै मनमा ?
– जित्नका लागि हार्न तयार हुनुपर्छ । त्यो मानसिकताले मात्रै प्रतियोगितामा म गएकी थिएँ । ‘टाइटल अवार्ड’ जित्छु नै भन्नेचाहिँ लागेको थिएन तर मसँग जे जति छ, त्यो प्रस्ट ढङ्गले स्टेजमा राख्छु भन्ने आत्मविश्वासचाहिँ थियो । 

० दिन कसरी बित्दैछ ?
– पत्रपत्रिका, टेलिभिजनमा अन्तर्वार्ता, फोटो सेसन, भेटघाट यस्तैमा व्यस्त बनिरहेकी छु । 
० पछिल्ला दिनमा आफूमा के फरकपना पाउनुभएको छ ?
– अँ, स्वभाविकै रूपमा फरक अनुभूति भइरहेको छ । आज म तपाईँसँग कुरा गरिरहेको छु । दैनिकीमै फरक जिम्मेवारी थपिएको अनुभव गरिरहेकी छु । दायित्व र जिम्मेवारी थपिएको छ जस्तो लाग्छ । परिवारबाट बाहिर समाज र राष्ट्रप्रति नै जिम्मेवारी अनुभूत गरिरहेकी छु । 

० मिस वल्र्डको तयारी कसरी भइरहेको छ ? नेपालबाट के प्रस्तुत गर्दै हुनुहुन्छ ?
– सायद अर्को हप्ताबाट तयारीतिर लागिन्छ होला । हामीसँग धेरै विषय छन् । सबैको सल्लाहअनुसार नै तयारी गरिन्छ । महिला, बालबालिका, ग्रामीण शिक्षा, भूकम्पलगायत विषय छन् । सायद महिला या बालबालिकाको विषय हुनेछ । 

० मिस वल्र्डमा कुन स्थानलाई लक्ष्य बनाउनुभएको छ ?
– ‘टार्गेट’ त निश्चय नै शीर्ष ताजमै छ । त्यसका लागि कडा तयारी पनि गर्छु । त्यो असम्भव छ जस्तो पनि लाग्दैन तर भन्न के सकिन्छ र ? कहाँसम्म पुगिन्छ, त्यो समयले नै बताउने छ । यद्यपि, अघिल्ला मिस नेपालले मिस वल्र्डमा जुन स्थान बनाउनुभएको छ, त्यसैलाई अगाडि बढाउने नै छु ।

० नेपाललाई चिनाउने के प्रस्तुति दिने तयारीमा हुनुहुन्छ ?
– नेपाल जातीय तथा भाषिक विविधतायुक्त देश हो । जसलाई विश्व मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त हुँदा नेपाली पोसाक र परम्परागत नृत्यलाई प्रस्तुत गर्ने सोचमा छु । 

० तपाईँका रुचिका क्षेत्र के के हुन् ?
– मलाई एड्भेन्चर गतिविधि प्याराग्लाइडिङ, क्यानोनिङ, हाइकिङमा रुचि छ । मैले यी रहर पूरा पनि गरिसकेकी छु । गोसाइकुण्डलगायत हिमाली क्षेत्रको पदयात्रामा पनि गइसकेकी छु । अब बञ्जी जाने रुचि छ । 

० भनेपछि, तपाईँ पारिवारिक पृष्ठभूमि पछ्याउँदे पर्यटन व्यवसायमा लाग्ने सोचतिर त हुनुहुन्न ?
– हैनहैन, मेरो रुचिको क्षेत्र मात्र हो । अध्ययन सकेपछि के गरिन्छ, अहिले तय भइसकेको छैन तर, जे गर्छु त्यसमा प्राप्त यी उपलब्धिले सहयोग नै पु¥याउने छ । 

० व्यक्तिगत रूपमा मिस नेपालको प्लेटफर्मबाट के प्राप्त गर्नुभयो ?
– यो प्लेटफर्मले मलाई मार्ग दियो । मोटिभेसन र पोजेटिभ फिलिङ्स दियो । प्रशिक्षणको चरणमा केही निराशाका अवस्था आउँदा पनि आशा, उत्साह ल्याउन सक्ने हिम्मत दियो । मानसिक रूपमा नै जित या हारलाई सहज स्वीकार गर्नसक्ने मानसिकता तयार पार्ने क्षमता दियो । 

० मिस नेपालपछि साथीहरूबाट के ‘फिडब्याक’ पाउनुभएको छ ?
– (सँगै रहेकी मिस नेपाल इन्टरनेसनल वर्षा लेखीतिर हेर्दै, प्याट्ट पिट्दै र हाँस्दै) केही साथीहरूबाट अचम्मको फिडब्याक पाएँ । तँसँग अब कसरी कुरा गर्ने ? भन्छन् । मलाई त अचम्म लाग्यो । म हिजो जे थिएँ, आज पनि उही त छु । (फेरि हाँसो...)

० अलि फरक कुरा गरौँ, मुलुक भूकम्पको पीडामा छ । तपाईँ के गर्न सक्नुहुन्छ पीडितका पक्षमा ?
– मैले पनि भूकम्पको पीडालाई नजिकबाटै अनुभव गरेकी छु । मिस नेपालको प्रशिक्षणका बेला पनि भूकम्पपीडितका क्याम्पमा गएका थियौँ । मैले व्यक्तिगत रूपमा, संस्थागत रूपमा के गर्न सकिन्छ, प्रयत्न गर्नेछु । अन्तर्राष्ट्रिय फोरममा पनि म यी कुरा राख्नेछु । 

० अन्त्यमा, खासगरी नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?
– नयाँ वर्षको शुभकामना । बितेको साल सुखद नभए पनि यो वर्ष नेपालीको जीवनमा सुख आओस् । आफन्तको सहयोगले मान्छेलाई दृढ र साहसी बनाउँदोरहेछ । मिस वल्र्डमा जाँदैछु, मेरा लागि कामना गरिदिनुहोला । युवा भनेको ऊर्जा हो । त्यो ऊर्जालाई मर्न दिनुहुन्न । समाज र देशका लागि त्यो ऊर्जा खर्च गर्नुस् । धन्यवाद ।  à¤—ोरखापत्रबाट 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक