Similar Articles

Interviews

रोशनीसङ्ग बिआरटी नेपालका लागि समीर प्रकाश पाण्डेले उनको साङ्गीतिक र साहित्यिक यात्रासङ्ग सम्बन्धित रहेर गरेको कुराकानी ।

बिराट नेपाल

रोशनीसङ्ग बिआरटी नेपालका लागि समीर प्रकाश पाण्डेले उनको साङ्गीतिक र साहित्यिक यात्रासङ्ग सम्बन्धित रहेर गरेको कुराकानी ।
धौलागिरी अञ्चल नेपाली लोकगीत सङ्गीतको खानी मानिन्छ । लोकसङ्गीत क्षेत्रमा नवप्रतिभावान कलाकारदेखि मुर्धन्य स्रष्टा सर्जकसम्म धौलागिरीको छत्रछायामा जन्मेर हुर्कि सकेका छन् । आफ्ना सिर्जनाका माध्यमबाट धौलागिरीको सेरोफेरोमा मात्र सीमित नरहेर देश तथा विदेशमा रहेका नेपालीमाझ परिचित स्रष्टा सर्जकमध्ये एक हुन् किस्ना आचार्य रोशनी । धौलागिरी अञ्चल बागलुङ जिल्लाको धुल्लुबास्कोट गा. बि. स. वडा नं २ मा बुवा छायादत्त आचार्य र आमा दुर्गादेवी आचार्यको कोखबाट जन्मिएर धौलागिरीकै काखमा रम्दै गीत सङ्गीत र साहित्य सिर्जनामा तल्लीन रोशनी विगत ६ वर्षदेखि काठमाडौँलाई कर्मथलो बनाउंदै साङ्गीतिक र साहित्यिक यात्रालाई निरंतरता दिइरहेकि छिन् । रोशनीसङ्ग बिआरटी नेपालका लागि समीर प्रकाश पाण्डेले उनको साङ्गीतिक र साहित्यिक यात्रासङ्ग सम्बन्धित रहेर गरेको कुराकानी ।

१) तपाईँको साङ्गीतिक यात्रा कहिलेबाट सुरु भयो? ?
गीत सङ्गीत र साहित्य सिर्जना मेरो  à¤¸à¤¾à¤¨à¥ˆà¤¦à¥‡à¤–िको रुचि हो। औपचारिक थालनी भने २०६६ देखि गरेकी हुँ ।

२)कति वटा गीतमा शब्द भर्नु भयो ?
शब्दमा मात्रै छैनन् शब्द स्वर र लय गरी डेढ दर्जन भए ।

३)पछिल्लो समय चर्चामा हुनुहुन्छ कुन गीतले हिट बनायो ?
आफ्नो ठाउँमा सबै राम्रै भए, यसैले भन्ने छैन,पछिल्लो समय मा सोल्टिनी नानी( सालैजो),पुर्णेकी जुनजस्ती (सालैजो),पाहुना रैछ सानु,तेलको पैंचो पानीले लगायतका एल्बम चर्चामा छ्न ।

४)तपाईँ शब्द संकलक कि गायिका के भन्न मिल्छ ?
संकलक नै भनौ मेरो आवाज मा रेकडेड एल्बम धेरै छैनन् ।

५)कस्तो खालको गीतलाई प्राथामिकता दिनुहुन्छ? ?
म सबै खाले लेख्छु बनाउछु,विशेष गरी सेन्टिमेन्टल बढी लेख्छु। मौलिकतामा आँच आउने गीत बनाएको छैन र बनाउने पनि छैन।

६)साहित्यमा पनि उत्तिकै रुचि राख्नु हुन्छ खास कुन विधामा कलम बढी चल्छ??
साहित्यमा मेरो स्कुले जीवनदेखि नै लगाव र झुकाब थियोे।प्रकाशनका हिसाबले सङ्गीतभन्दा साहित्य अगाडि आउँछ।विशेष गरी गजल धेरै कोर्ने गर्थे, लेखनलाई निरंतरता दिने क्रममा गजल सङ्ग्रह #सङ्घर्ष (२०६५) प्रकाशन गरेँ  à¤¤à¥à¤¯à¤¸à¥ˆ गरी उपन्यास #च्यात्तिएको मन (२०६६) पनि प्रकाशित छ। त्यसपछि साहित्यसंगै गीत सङ्गीत तिर पनि लागियो #सङ्घर्ष भाग २ प्रकाशनको तयारीमा छु।

७)पाठकहरूले सङ्घर्ष भाग२ बाट के पाउछन ?
गजलमा हुनुपर्ने सबै स्वाद पाउनु हुनेछ !

८) यो स्थान सम्म अाउनको लागि तपाईँको मिहिनत ? 
मेहनत बिना त कसैले पनि सफलता पाएको रेकर्ड छैन होला मैले पनि गरेँ।

९) यो क्षेत्रमा लागेर के पाए के गुमाए जस्तो लाग्छ ? 
गुमाउनु केही परेन मेरा पाठक ,श्रोता दर्शक र हजुरहरुजस्तो पत्रकारको साथ सहयोगमा माया हौसला यही अमूल्य सम्पत्ति कमाएँ।

१०) तपाईँको कार्य क्षेत्रमा तपाईँले भोग्नु भएको समस्या केही छ ?
समस्या त्यस्तो खासै छैन।

११)तपाईँको पहिलो कमाई ?
पहिलो कमाइ मेरो सङ्घर्ष गजल सङ्ग्रह बाटै

१२)आफ्नो काम प्रति त्यस्तो कुनै असन्तोष छ? 
त्यस्तो छैन मेरो परिवार र श्रीमानको पुरै सपोर्ट छ।

१३)जीवन के हो जस्तो लाग्छ ?
मेरो बुझाइमा जीवन भोगाइ हो। भोगाइ जीवनपर्यन्त चल्ने कुरा हुँदा मैले धेरै कुरा भोग्न बाँकी नै छ। त्यसैले अन्तिम सास फेर्दासम्म जीवनलाई बुझ्न पनि बाँकी नै छ।

१४)जीवन सङ्घर्ष हो की पवितर्नको संवाहक ?
दुवै हो, त्यति मात्रै नभै भगवानले दिएको बरदान हो जसलाई सदुपयोग गरी असल बन्ने प्रयत्न गर्नुपर्छ।

१५)माया प्रेमलाई कसरि लिनु हुन्छ ?
माया प्रेम बिना जीवन सम्भव छैन यो मान्छेको जिन्दगीमा महत्त्वपूर्ण चिज हो ।

१६)प्रेम प्रस्ताव पनि आए होलान् नि ?
यो सामान्य कुरा भयो  à¤¸à¤¬à¥ˆà¤²à¤¾à¤ˆ आउछ्न,मलाई पनि आए।

१७)पहिलो प्रेम ?
मेरो श्रीमानसंगै, हाम्रो प्रेम विवाह हो।

१८)तपाईँको जीवनमा भुल्नै नसक्ने पल ?
सामान्य अवस्थाको बिरामी बुवालाई हस्पिटल लियर गएर उहालाई नलिइ घर फर्किनु परेको थियोे त्यो दिन म कहिल्यै बिर्सन सक्दिन।

१९)खुसीको क्षण ?
पहिलो पटक आफ्नो सिर्जना पुस्तकको रूपमा मेरो हातमा हुँदा ।

२०)नयाँ गायक, मोडल, शब्द संकलक बन्न चाहानेको लागी तपाईँको सुझाव ? बुझेर आउनुस। छान्नु होस है ? 

२१)एकनारायण भण्डारी, शिव हमाल, शिव सुवेदि 
एकनारायण भण्डारी 

२२)विष्णु माझी,देवी घर्ती मगर,टीका पुन 
विष्णु माझी 

२३)श्रीमान कि प्रेमी ?
मेरो दुवै एउटै हो हिहिहि ...

२४)परिवार कि इष्टमित्र 
परिवार 

२५)मन पर्ने मोडल केटा/केटी 
महेन्द्र गौतम, रन्जिता गुरुङ 

२६)कला कि गला ? 
कला 

२७)तपाईँको आदर्शको ब्याक्ति 
बुवाअामा 

२८)माया बढी कस्को लाग्छ ? 
आमाको 

२९)समय र अवसर मिलेको सँग कफि खान मन छ ?
भेटेको खासै छैन।

अत्यमा ...
लोक सङ्गीतलाई माया गरौँ, बिगार्न भन्दा नि मौलिकता जोगाउने प्रयास गरौँ । मेरा केही कुरा राख्ने मौका दिनु भो समीर प्रकाशजीलाई धेरै धन्यवाद ! नमस्कार


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक