Similar Articles

कविता, गजल, गीत

म इन्जिनियर- राकेश कार्की

बिराट नेपाल

कविता

नयाँ नयाँ टेक्नोलोजी खोज्दै
सिर्जनाका सूत्रहरु प्रयोग गर्दै
निर्माण गराउने म इन्जिनियर
स्ट्रक्चरहरु बनाउने म इन्जिनियर 

मिलाएको सतहमा डाँडाभिर छिचोल्छन्
सुलुलुलु आरामले गाडीहरु कुदाउछन्
त्यो सुरुङ खोदने म इन्जिनियर
सडक पुल बनाउने म इन्जिनियर

स्वच्छ सफा स्वास्थ्यकर जल
फोहर दुर्गन्ध बगेर जाने ढल
त्यो प्रशोधन तुल्याउने म इन्जिनियर
शुद्ध वातावरण सजाउने म इन्जिनियर

खेर गएको तेज भेल छेकेर
खेत बारीलाई नहरद्वारा सिँचेर
उब्जनी बढाउने म इन्जिनियर
त्यो ड्याम बाँध्ने म इन्जिनियर

बाह्य शक्तिदेखी सुरक्षित अड्याउने
स्यान्टिफिक अग्ला भवन ठड्याउने
त्यो डिजाइन गर्ने म इन्जिनियर
सहर रचाउने म इन्जिनियर ।।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक