Similar Articles

Interviews

संस्थामा व्यक्ति गौण विषय हुन, सबै मिलि एएनए सम्मेलन सफल पारौं- डा.शम्भु ढुंगाना

बिराट नेपाल

संस्थामा व्यक्ति गौण विषय हुन, सबै मिलि एएनए सम्मेलन सफल पारौं- डा.शम्भु ढुंगाना
सन १९८३ मा केही व्यक्तिहरूको पहलमा एउटा ग्यारेजबाट सुरु भएको एएनए उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा ठुलो संस्था हो । यो नेपालीहरूको जमघट हुने सबै भन्दा ठुलो सम्मेलनको रूपमा उत्तर अमेरिकामा परिचित सम्मेलन हो । स्थापनाकाल देखिनै वार्षिक रूपमा कन्भेन्सन गर्दै आइरहेको संस्थाले गत वर्ष लस एन्जल्समा हुने भनिएको कनभेन्शन भने वैशाख १२ र त्यस पश्चात् नेपालमा गएको बिनाश्कारी भूकम्पको कारण स्थगित गरेको थियो ।

जर्जिया राज्यको एटलान्टामा जुलाई १-३ सम्म हुन गै रहेको कन्भेनशनका सन्दर्भमा उपाध्यक्ष शम्भु ढुंगानासँग गरिएको कुराकानीका आधारमा तयार पारिएको कार्यक्रम सम्बन्धी छोटो जानकारी;

एएनए  à¤µà¤¾à¤¶à¤¿à¤‚गटन डी.सी. मा दर्ता भएर सञ्चालन भएको गैर नाफामुलक ५०१ (सी-३) प्राप्त संस्था हो । उत्तर अमेरिकामा कुनै शाखा स्थापना नगरी कार्य सञ्चालन गरेको संस्थाले यस पटक क्यानडामा छुट्टै उपाध्यक्ष, अमेरिकामा सेन्ट्रल, इस्टर्न र वेस्टर्नमा बिभाजन गरी कार्य गर्न गइरहेको छ । हाल पाच सय लाइफ मेम्बर छन् भने साधारण सदस्य खासै छैन । अहिले साधारण सदस्य बन्नको लागि खुल्ला गरिएको छ तर आजिवन सदस्य बन्न सबैलाई प्रोत्साहित गरिएको छ । सदस्य बन्नको लागि अमेरिकाको नागरिक, अमेरिकामा स्थायी बसोबास गरेको, विद्यार्थी अथवा कानुनीरुपमा अमेरिका वा क्यानडामा बसेको हुनुपर्ने प्रावधान रहेको छ । साधारण सदस्य हुनको लागि १० डलर शुल्क राखेको छ । यदि चुनावमा उठ्ने हो भने आजिवन सदस्य बन्ने अथवा तिन वर्षको सदस्यता शुल्क पहिले नै तिरेको हुनुपर्नेछ ।

संस्थाले एटलान्टाका स्थानीय र अन्य सहरका व्यक्ति समावेश रहेको एघार सदस्यीय तयारी समिति बनाएर कार्यक्रम अगाडी बढाउदै छ । यस कन्भेन्सनमा विगतमा झैँ कल्चरल सो, कन्सर्ट, डी.जे. नाइट, १७ वर्ष मुनिका नानीहरूको लागि ट्यालेन्ट सो गरिँदैछ । कन्सर्टको लागि नेपालको प्रख्यात ब्याण्डलाई ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सो ब्याण्ड नेपालमा रहेर अन्तर्राष्ट्रिय स्तरको कन्सर्ट दिने समूहको रूपमा परिचित छ । 

खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस र बास्केटबल समावेश गरिएको छ । खेलकुदको लागि टिमको बुकिंग खुल्दै छ, फुटबल मैदान बुक गर्नको लागि इन्सुरेन्स आवश्यक पर्ने हुँदा केही दिनमा सो कार्य सम्पन्न भई सबै दर्ता खुल्ला हुनेछ । अहिले सम्म फुटबलमा १५-२० टिमले  à¤¸à¤¹à¤­à¤¾à¤—िता जनाउने प्रतिबद्धता जनाई सकेकाछन । फुटबलमा सहभागी खेलाडी बिचबाट एउटा टिम खडा गरी नेपालको राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने तयारी छ । 

युवाहरूको प्रमोट गर्ने योजना अनुसार मोडलहरुको लागि मिस्टर युएसए र मिस युएसए गरिदैछ । यसमा समावेश हुन चाहनेबाट प्राप्त फोटो मध्य ८-८ केटा र केटी छनौट गरी अन्तिम प्रतिस्पर्धाको लागि कार्यक्रम स्थलमा केही दिन अभ्यास गराउने योजना रहेको छ । अन्तिम प्रतिस्पर्धीबाट सम्मेलन स्थलमा नै विजेता घोषणा गरिने योजना छ । युवा हरुलाई लक्षितगरी फेशन सोको पनि आयोजना गर्न लागेको छ  à¥¤  

तालिमपश्चात कसरी आय आर्जनको उपायमा जाने, कसरी व्यापार व्यावसायमा संलग्न हुने जस्ता मानिसलाई आवश्यक पर्ने समसामयिक विषयहरूमा फोरम सञ्चालन गर्ने योजना राखेका छन् । विगत वर्षहरूमा धेरै फोरम भएर कार्यक्रम प्रभावकारी नभएको गुनासोलाई मेट्दै यस पटक धेरै फोरमहरु राखिएको छैन ।

नेपालमा गएको भूकम्पमा कसरी सहयोग पुर्‍याउन सकिन्छ भनेर फोरम चलाउने योजना हुँदैछ भने भूकम्प जानु भन्दा अगाडी गर्नु पर्ने तयारीका विषयहरूमा कार्यपत्र प्रस्तुत गर्ने योजना पनि रहेको छ । सबै गतिविधिहरू समावेश गरी संस्थाले आफ्नो सोबिनियर समेत प्रकाशन गर्न गइरहेको छ । 

लामो इतिहास बोकेको नेपालीहरूको यस संस्थामा धेरै व्यक्तिहरू आउने जाने क्रम रहयो तर संस्था हिजो पनि थियो र आज पनि छ । नेतृत्व परिवर्तन भइरहन्छ तर हामीले हाम्रो इतिहास जोगाएर यसलाई परिस्कृत गर्दै लैजानु पर्दछ । हिजोको परिवेशमा संस्था चलेकोलाई समयानुकुल परिमार्जन गर्दै नेतृत्वले लैजानु पर्ने महसुस गर्दै केही थप घट गरिएको छ भने हामी बिचको सल्लाहाबाट नै सबै उत्तर अमेरिकाबासी नेपालीहरूले गौरव पूर्वक नाम लिन सक्ने संस्था बनाउनुपर्ने दायित्व आएको ढुंगाना बताउछन् । ढुंगाना संस्थामा व्यक्ति भनेको गौण हुन् भन्दै संस्थाको मूल मर्म अनुसार विगतका व्यक्तिगत तिक्ततालाई संस्थाबाहिर राख्दै सबै गोलबन्द हुँदै आगामी कन्भेन्सन सफलतापुर्वक सम्पन्न पार्नको लागि सबैलाई अनुरोध गर्दछन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक