Similar Articles

कविता, गजल, गीत

बिक्रीमा छ - तीर्थ कोइराला

बिराट नेपाल

सानो ठुलो पद बिक्रीमा छ
सानो ठुलो कद बिक्रीमा छ
इमान जमान सबै बिक्रीमा पर्‍यो
अलकिति आत्मा थियो त्यो पनि लोभको सिक्रीमा पर्‍यो ।

कसरी विश्वास गरौँ कसको
वाद सिद्धान्त र आदर्शहरु मरेका बेला
अनि कसको विश्वास गरौँ आफ्नै आत्मा धरौटी परेका बेला
मुर्छित छ इमान पनि 

कसाइका हातमा बेचिएको पाठो सरह
जमानको के कुरा गरौँ ? बिच सडकमा पसारा परेकोछ बेहोस भएर
बोल्न मन छैन मुखलाई
जिब्रो हलचल गर्दैन झुटो बोल्न

किनभने इमानको मन भाँचिएको छ
जमानको आत्मा कुँडिएकोछ ।
हेर्नु होस् त बजारमा सानो ठुलो पद बिक्रीमा छ
सानो ठुलो कद बिक्रीमा छ ।
अनि,

अनि त
गल्लावाल गाउँटोल घुमिरहेछ
छाती नाप्नु नपर्ने
उचाइ जाँच्नैं नपर्ने
लाइन लागेर उभिएकोछ इमान

मुख पो मिठ्याउदैछ जमान ।
झुटो साँचोको मतलब छैन
भक्ष अभक्ष भेद छैन
सब एकनास छ 

अब के बाँकी रहला र ?
आँखा बिक्रीमा छ
भाखा बिक्रीमा छ
कान बिक्रीमा छ

सान बिक्रीमा छ
कालोसेताे केश बिक्रीमा छ
बाँकी रहेकाे इज्जतकाे शेष बिक्रीमा छ
गजुर बिक्रीमा छ

मैले मानेको मेरो हजुर बिक्रीमा छ
त्यसैले त गल्लावाल घरघर घुम्दैछ
त्यसैले त गल्लावाल सिंहदरबार घुम्दैछ ।

=====================
७ वैशाख २०७३  काठमाडौँ

तीर्थ कोइरालाको फेसबुकबाट 



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक