Similar Articles

Interviews

वेदभक्त जोशीसँग समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना स्तम्भका लागि मधुकर अधिकारीले गर्नु भएको कुराकानी

बिराट नेपाल

वेदभक्त जोशीसँग समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना स्तम्भका लागि मधुकर अधिकारीले गर्नु भएको कुराकानी
समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना ४

वेदभक्त जोशी अमेरिकामा रहेका नेपालीहरुमा संभवत स्सवैभन्दा पुराना आप्रवासी हुनुहुन्छ । सन् १९६८ मा अमेरिका आउनु भएका जोशीले सन् १९७३ मा अमेरिका नेपाल सोसाईटी क्यालिफोर्निया सुरु गरेदेखि नै समाजसेवामा समर्पित हुनुभएको थियो । पछि कामबाट अवकाश पाएपछि विगत २४ वर्ष देखि सामाजिक काममा समय बितेको छ । स्वप्न भूमिको रूपमा चिनिने अमेरिकामा झन्डै आधा शताव्दि विताउनु भएका जोशी भावी पिढीका लागि मेहनत नै सफलताको कसी भएको सुझाव दिनुहुन्छ । मेहनत गर्दिन भन्ने र अनुशासनमा बस्न नरुचाउनेलाई अमेरिकामा सहज नहुने उहाँको ठम्याई रहेको छ । ८५ वर्षको उमेरमा पनि उहाँको उत्साह र सक्रियता देख्दा विदेशी भूमिमा नेपालीहरूको पहिचान दिन जोशी सफल हुनु भएको अनुभूति हुन्छ । गत साता सम्पन्न नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको अधिवेशनमा भेट हुनुभएका जोशीसँग समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना स्तम्भका लागि मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु:

तपाईँले प्रवासी जीवन विताउनु भएको कति भयो ?
म सन् १९६८ मा अमेरिका आएको हुँ । यस हिसाबले ४८ वर्ष भयो ।

अमेरिकी भूमिमा आफना प्रारम्भिक दिनहरुलाई कसरी स्मरण गर्नु हुन्छ ?
अमेरिका स्वर्ग भूमि हो भनेर त्यही वेलामा पनि सुनेको थिए । त्यसैले यहाँ आउँदा मलाई पनि रोमाञ्चक बनाएको थियो,जसरी पहिलो पटक पाइला टेक्ने नेपालीलाई कौतुहलता हुन्छ । साँच्चै यहाँको पूर्वाधार, कानुनी शासन र न्यूनतम आवश्यकताको लागि यो स्वर्ण भूमि हो । तर तपाईसँग मेहनत र ईमान्दारिता हुनै पर्छ ।

मेरो स्मरणमा भन्नु हुन्छ भने त्यो वेलामा केही पनि मिलेन । न खानपीन न त वातावरण नै, तर मिहिनेत गर्दा बिस्तारै सबै कुराहरू मिल्दै आए । त्यो समयमा नेपाली नभएपनि अमेरिकनहरुले सहयोग गरे । अहिले आएर हेर्दा एउटा जुग काटेको जस्तो अनुभूति भएको छ ।

तपाईँ अहिले नेपालबाट आउने नेपालीलाई के भन्नुहुन्छ ?
खासमा नेपालबाट आउँदा अमेरिकामा डलरको बोट छ, टिप्न जाने हो भन्ने भ्रम हटाउनुपर्छ । म कानुन सम्मत तरिकाले मेहनत गर्छु र कमाई गर्छु भन्ने हो भने यो भूमिमा अथाह अवसर रहेका छन् । त्यसैले नयाँ आउनेहरुलाई मेरो सुझाव छ तपाईहरु समयको व्यवस्थापन,साथीभाईसँग परामर्श गर्दे अगाडि बढेको खण्डमा व्यवस्थित जीवन यापन गर्न सक्नुहुन्छ ।

यत्रो वर्ष प्रवासमा बस्नु भयो, विदेशी भूमिमा वसेपछि नेपालको माया हुन्न भन्ने सुनिन्छ । तपाईँलाई के लाग्छ ?
यस्तो कुराको पछि लाग्नु हुन्न्, मातृभूमिको माया कहिल्यै मेटिन्न,आमाको माया मेटिन्छ र ? मेरो कुरा गर्नुहुन्छ भने अहिले पनि शिक्षामा लगानी गरेको छु,अर्थात् छात्रवृत्तिको माध्यमबाट जेहेन्दार विद्यार्थीलाई पढाई अगाडि बढाउन मद्दत गरेको छु । मलाई शिक्षा नै शक्ति हो जस्तो लाग्छ ।

नेपाललाई समृद्ध बनाउन कुन विषयलाई ध्यान दिनु पर्छ जस्तो लाग्छ?
मेरो विचारमा देशलाई समृद्ध बनाउने पूर्वाधार भनेको नै पहिलो बाटो,दोस्रो बिजुली र तेस्रो पानी हो । यसलाई व्यवस्थापन गर्न सक्यो भने उद्योग कलकारखाना सृजना हुने रोजगारी वढने यावत कुरा हुन्छ । त्यसपछि मानिसको दिनचर्यामा कायपलट आउँछ । त्यसैले मेरो विचारमा यी विषयलाई जतिसक्दो चाँडो व्यवस्थापन गर्न सबै लाग्नु पर्छ ।

यत्रो वर्ष विदेश बस्नु भयो, मातृभूमिको सामु देखिएको चुनौती के हो जस्तो लाग्छ हेर्नोस,खासमा बाहिर बसेर अनावश्यक टिप्पणी गर्नुहुन्न मेरो विचारमा जो मानिसले जे काम आफ्नो जिम्मेवारीमा आएको छ त्यसले निस्स्वार्थ भावले काम गरयो भने देश कहाँवाट कहाँ पुग्थ्यो । विकास बोकेर जाने मान्छे होस, समाजसेवामा जाने मान्छे होस सबैले देश बनाउन आएका हुन भन्ने भावनाले काम गरेको खण्डमा देशलाई समृद्ध बनाउन सकिन्छ ।

तपाईँलाई आगामी पन्ध्र वर्ष भित्र देश समृद्ध हुन्छ जस्तो लाग्छ ?
मलाई मेरो जीवन कालमा मातृभूमि समृद्ध भएको हेर्ने इच्छा त छ । तर त्यो पूरा हुने सम्भावना देखेको छैंन् । 

किन ?
किनकि म संविधान जारी हुने समयमा नेपालमा नै थिए । संविधान आयो,त्यसपछि देशले विकासको गति लिन्छ होला भनेको त्यसको लगत्तै नाकाबन्दी भयो, अव त्यो नाकाबन्दी भोगेको मैले जुन विषयहरू देखे त्यसपछि मलाई निकै अप्ठयारो महसुस भएको छ । यसलाई चिर्दै अगाडि वढन धेरै सुझवुझको आवश्यकता छ । त्यसैले तपाईँले भन्नु भए जस्तो पन्ध्र वर्षमा समृद्ध नेपाल हुने सम्भावना म देख्दिन् । 

अन्त्यमा,तपाईँले नेपालमा गर्नु भएको या गर्ने सोचमा रहनुभएको कुनै योजना छ की ? 
हेर्नोस,हामीहरूले नेपालमा छात्रवृत्ति मार्फत विद्यार्थीहरूको शिक्षामा योगदान दिएका छौँ । हामीहरूले क्यलाफिोर्नियामा रहेको अमेरिका नेपाल सोसाईटी मार्फत वेस्टी एण्ड मेरिल गुडल छात्रवृत्ति कोषबाट ३६ जनाले छात्रवृत्ति प्राप्त गरिसकेका थिए छन् । यसैगरी वेद एण्ड केन्या क्याना जोशी छात्रवृत्ति कोषबाट ५२ जनालाई दिईसकेका छौँ । यसमा मेरा छोराछोरीले एक लाखडलर चन्दा दिएका हुन् । यसमा अहिले करिब एक लाख ६० हजार डलर रहेको छ । तर यसमा भएको रकम केवल ब्याजमा मात्र चलाउन पाइने भएकाले अहिले यसबाट ब्याजको आम्दानीले एक जनालाई पनि छात्रवृत्ति दिन सक्ने अवस्था छैंन् , त्यसैले हामीहरूले वेद तथा क्याना फाउण्डेशनले अलग्गै छात्रवृत्ति दिँदै आएको छ । हाल यसरी छात्र वृत्ति पाउनेहरुमा १५ जनाले दश जोड दुईको छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् भने तीन जनाले स्नातक तहको अध्ययन गरेका छन् । यसलाई निरन्तरता दिइरहेको छु । 

अमेरिका नेपाल सोसाईटीमा राखेको अक्षयकोष र त्यसको ब्याजले छात्रवृत्ति सञ्चालन गर्न अप्ठयारो परेकोले मैले कम्तीमा दश प्रतिशत रकम खर्च गर्न पाउन अनुरोध गरेको छु । त्यो भएको खण्डमा मलाई सहज हुने थियो ।

अर्को नेपालमा यस्तो कोष सञ्चालन गर्नका लागि संस्था दर्ता गर्नुपर्ने व्यवस्था रहेछ । मलाई सिधै खाता खोलेर सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने लागेको हो । अरू त मेरो केही छैंन्, नेपाली समुदायमा सधैँ सक्रिय भएर आफूले सक्ने सहयोग गर्न पाए हुन्थ्यो भनेर लागिरहेको छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक