Similar Articles

बिचार

धुर्मुस र सुन्तली आकाशबाट बर्सेका होइनन - सरोज खड्का ( युएई )

बिराट नेपाल

के धुर्मुस र सुन्तली आकाशबाट बर्सेका हुन र ? उनीहरू चर्चित हास्य कलाकार त छदैछन त । तिनीहरूको नाम सन्सार भरीका नेपालीले बच्चा देखि बुढा सम्म सायद कसैले नचिन्नु भन्ने कुरा आयो भने अचम्मको कुरा हुन सक्छ । तै पनि उनीहरूले अर्काको लागि यो काम गरेको देख्दा सायद जो कसैले सामान्य तरिकाबाट सोच्छ भने पनि यो अनौठो हुन्छ । हामी बाचेका छौ केवल भरे साझको खाना कहाँबाट जुटाउने हो वा कसैले बोलाई हाल्छकी, एक छाक टरि हाल्छकि भनेर ।

के सामाजिक काम गर्न कसैको अनुमानि लिनु पर्छ र ? राम्रो काम गर्ने, सामाजिक काम गर्ने मानिसहरू सन्सारमा अरूको हितको निम्ति कामगर्ने जो कोही पनि महान् हुन्छ र उसले नै सम्मान पाउछ युगौ युग सम्म । हामी हाम्रो भिर पाखा र खोलानाला अनि आफ्नै गाउँघरसंग जनम जनम नमेटिने साइनो छ । यी प्राकृतिक मनोरम हरियालीले भरिपूर्ण नेपालमा हामीले विदेशमा सिकेका कौसलहरु सिर्जना गर्नुपर्छ । हामी आफ्नै देश अनि आफ्नै गाउँ फर्कौ र शून्य लेबलबाट समाज, गाउँ, नगर हुँदै देश बनाऊ यो हामीहरूको साझा कर्तव्य हो । यो हाम्रै काम र कर्तव्य हो र यो काम कर्तव्य आम मानिसको हो भन्ने मानसिकताको विकास हामी आम नेपालीमा जागरुक गराउन सक्नु पर्छ । जब सम्म हामी विदेशमा रहन्छौ तब सम्म हाम्रो देशले खुड्किला पार गर्न सक्तैन । आर्थिक विकास र समृद्ध नेपाल बनाउन, हाम्रो देशलाई एउटा ठुलो आड चाहिएको छ त्यो आड हो हामी प्रवासी । प्रवासमा बस्ने हामी सबैलाई देशको माया त कति छ कति । यो कुरा त कि यो मनलाई थाहा छ कि त भने उपरवालाइ मात्र । 

प्रवासी मित्रहरू ! 
के हामी साच्चै देशभक्ती हौ त ? के हामीले नेपाललाई माया गरेकै छौत ? भित्री मन देखि भन्नू पर्दा बिल्कुलै हामी देशलाई माया गर्दैनौ, माया गर्छौ त केवल आफ्नै घर परिवार र आफ्नो सम्पतीलाई मात्र । छातीमा हात राखेर भनौ कि यो सत्य हो हामी देशलाई माया गर्दैनौ, यदि देशलाई माया गर्थेउ भने हामी परदेशमा आउथेनौ । हाम्रो देशलाई माया गर्ने त स्वच्छ छविका नेता तथा नयाँ शक्ति नेपालका सम्योजक मात्र रहेछ्न भन्ने प्रस्ट भैसक्यो । अब यदि हामीले आफ्नो मातृभूमिलाई माया गरेका छौ भने आफ्नै देश फर्किएर नयाँ शक्तिमा लाम्बद्द भई देश र जनताको निस्स्वार्थ भावले सेवा गर्न सक्नु पर्छ । जहाँ स्वच्छ छविका व्यक्तिहरू मात्र अटाउन सक्छन् ।

के धुर्मुस र सुन्तली आकाशबाट बर्सेका हुन र ? उनीहरू चर्चित हास्य कलाकार त छदैछन नि आफैमा तिनीहरूको नाम सन्सारभरीका बच्चा देखि बुढासम्म सायद कसैले चिन्दैनन भन्ने कुरा गर्न पनि ब्यर्थ हुन्छ तै पनि उनीहरूले अर्काको लागि यो काम गरेको देख्दा सायद जो कसैले सामान्य तरिकाबाट सोच्छ भने पनि यो अनौठो हुन्छ । हामी बाचेका छौ केवल भरे साझको खाना कहाँबाट जुटाउने हो वा कसैले बोलाई हाल्छकी भनेर बसेका छौ । के सामाजिक काम गर्न कसैको अनुमाती लिनु पर्छ र ?

हामीले आफ्नै व्यक्तिगत समस्यासंग  à¤¸à¤¾à¤®à¤¨à¤¾ गर्न नसक्दा आज आम नेपालीहरू बाहिरिएका छौ । हामी देशलाई माया, जब रातमा चारजना साथी मिलेर भट्टीमा या कुनै पनि ठाउँमा मदिरा सेवन गरेको बेला नसाको तालमा बडो आदर्शका कुरा, देशभक्तिका कुरा र देेशलाइ माया गर्ने कुरा गर्छौ । यस्तो खोक्रो देशभक्ती र बिचारहिन कुरा गरेर आफै लज्जित हुन्छौ जब नसाले हामीलाई छोड्छ ।
    
आजकल मलाइ लाग्छ, साच्चै हामी आम प्रवासी नेपालीहरूले "देशफर्क र आफ्नै देश बनाऊ" भन्ने नारालाई प्रमुख बनाइ देश फर्क अभियानलाई अभियानको रूपमा सन्सार भरीबाट हामी आम नेपालीले "देश फर्क अभियान आन्दोलन" चलाउनु पर्छ ।
  
हो हामीलाई समस्या छ, हाम्रो देशमा समस्या छ, रोजगारको लागि कुनै सम्भावनाहरू स्थापित हुन सकिरहेको छैन । यस्तै अवस्था सिर्जित भएर आज नेपालीहरू बाध्य भएर हामी एक मुठी र एकसरो लुगाफाटोका लागि विदेश पसेका छौ । अझै पनि हामी यही एक छाक टार्ने एक मुठी र एक सर्को लुगाफाटोको लागि सोच्ने हो भनेे देश झनै बर्बाद हुन्छ । बरु टालो हालेकै लुगा फाटो किन नहोस, गुन्द्रुक र मकै को ढिडो किन नहोस ! त्यो खाना प्यारी जन्मजननी माताले बनाएको खानामा भरपुर शक्ति छ किनकि त्यो खानामा माताको माया छ अनि आशीर्वाद पनि, त्यसैले प्रवासी मित्रहरू अब फर्कौ हामी आफ्नै मुलुकमा । यसैमा छ तागत देश समृद्ध बनाउने र हामी सम्पन्न हुने । आजका विकसित देश भनिने कोरिया जस्ता देशहरू आज भन्दा ६०/७० वर्ष पहिलो नेपाल जस्तै गरिब देश थियो, त्यहा कुनै आकाशबाट विकासका शृङ्खलाहरू बर्सेका होइनन, हामी जस्तै आम मानिसहरू सचेत भएर भएको हो । हो हामीले आमूल परिवर्तन गर्न सक्छौ । तपस्या गर्न गर्न गारो हुन्छ, तपस्या पुराभयो भने ज्ञान प्राप्त हुन्छ । ठिक त्यसै केही पाउन केही गुमाउनु पर्छ भनेझै अब हामीले यदि साच्चै भविष्यमा हाम्रा सन्ततीहरुको बारेमा सोच्दछौ भने हामीले केही गर्नु पर्छ केही गुमाउनु पर्छ ।

प्रवासी मित्रहरू ! 
जनयुद्धलाई सफल बनाउन ती रोल्पा र रुकुमका बस्तिहरु जहाँ युद्धको समयमा आम लडाकुहरुको सङ्ग्राम भूमि बनेको थियो, जहाँ हजारौँ लाखौँ लडाकुहरुको ओत लाग्ने छहारी बनेको थियो, भुमिगत समयमा आम लडाकु र जनयुद्धका नेतृत्व पन्तीहरुलाई सुरक्षित बनाउने या सुरक्षित राख्ने एउटा सुरक्षागार्डको भूमिका निर्वाह गरेका ती विकट भूमि भनेका ती जिल्लाहरू हुन जसले आज आम परिवर्तनको दिशाबोध गरेको छ, ती जिल्लाहरुलाइ अब राजधानी जस्तै विकाशीत बनाउने जिम्मा हाम्रो हो हामी बनाउनु पर्छ र हामी सक्छौ पनि । रोल्पा र रूकुम मात्र होइन, बल्की हामीले हाम्रो ध्यान सबै विकट जिल्लाहरू र दुर्गम जिल्लाहरुतीर दौडाउनु पर्छ ।
    
हरे ! कस्तो विडम्बना ! एक्काइसौं शताब्दीमा पनि हाम्रा त्यस्ता बस्ती हरू छन् जहाँका मानिसहरू अझै साइकल र मोटर गाडी पनि देखेका छैनन् भने अन्य सुबिधाहरुको त आकाशको फल आँखा तरि मर भने जस्तै भाएको छ । के ती बस्तीहरु नेपालमा पर्दैन र ! के हामी देश फर्केर ती बस्ती हरुमा विकासका पूर्वाधारहरू तयार गर्न आवाज उठाउन सक्तैनौ र ? हामी जाग्नु पर्छ, हामी ब्युझनु पर्छ, हामीले बनेको प्रणालीलाई लागू गर्न र यदि हाम्रामाग हरू समावेश छैनन् भने सम्सोधन गरी कार्यनयन गर्न दबाब दिनु पर्छ । यही हो हाम्रो काम र कर्तव्य, हामीलाई यो भन्दा बढी के नै चाहिएको छ र ?

भूकम्पले ढलेको गिरान्चौर बस्ती उठाउँदै धुर्मुस सुन्तली
भूकम्पले ढलेको गिरान्चौर बस्ती उठाउँदै धुर्मुस सुन्तली
भूकम्पले ढलेको गिरान्चौर बस्ती उठाउँदै धुर्मुस सुन्तली
भूकम्पले ढलेको गिरान्चौर बस्ती उठाउँदै धुर्मुस सुन्तली


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक