Similar Articles

लेख रचना

पशु लोकतन्त्र जिन्दाबाद (रहँदा-बस्दा)- सर्बज्ञ वाग्ले

बिराट नेपाल

पशुपति नाथको पछाडि स्लेशमान्तक पशुवनमा मनमा आएका कुरा गर्न पशु लोकतन्त्रको बिषयक गोष्ठियाँ सम्पूर्ण पशुहरू पराधिन अधिनका साथ पधारिए । बाघले भन्यो “हामी बाघ, भालु, बाँदर, स्याल, ब्वाँसो, हरिण, चित्तल, बनगाई, बनभैसी, हात्ती, जङ्ली बँदेल, खरायो, जँङली बाख्रा, दुम्सी, जङ्गल, ठुला ठुला रुख लहरा, पहरा छहरा, सबै हाम्रा लोकतन्त्रका संवाहक हुन् । त्यहाँभित्र, किरा फट्याङ्ग्रा, चरा, चुरुंगी, साँप, गोमन, धामिन, अजिंगर, झारपात पनि छ्न् । आज हामी पशुहरूको ऐतिहासिक भेला पनि हो । भेलाँ लोकतन्त्रको झेला बिषयक ‘पशुलोकतन्त्र’ को गोष्ठी भइरहेको छ । त्यसैले सबै पशुहरूले एकै स्वरमा भन “पशुलोकतन्त्र जिन्दाबाद !“ सबैले भने “पशुलोकतन्त्र ! जिन्दाबाद !! जिन्दाबाद !! जिन्दाबाद !!!

बाघले थप्यो “हामी लोकतन्त्रका सेनानी हौँ । हामीले हाम्रो जंगलमा लोकतन्त्र ल्याउन ठुलो बलिदान दिएका छौँ । हाम्रा बाले झन् ठुलो बलिदान दिए । हाम्रो हजुरबाउको त कुरै नगरम् । लोकतन्त्रका सेनानी, लोकतन्त्रका नायक, लोकतन्त्रका लीडर, लोकतन्त्रका बाहक भनेकै बलियाबाङ्गा हुन्छन्, हुन् र ती पनि हामीनै हुम् । नाङ्गा भनेका त रुख हुन्, जङ्गल हुन् जुन जनता जनार्दन जस्ता हुन्छन् । ती जङ्गलका अगाडि जंगल राजका कानुन हामीले लागु गर्दा पनि मौन हुन्छन् । लोकतन्त्र मौन हुनु भनेकै समझदार हुनु हो । समझदार हुनु भनेकै लोकतन्त्रको मूल्य र मान्यताँ बस्नु हो । जङ्गलकै अगाडि हामीले आफ्नो आहारा जङ्गलकै सहारा लिने प्राणिलाई गर्दा पनि ती जङ्गलहरू चुप लागेर आफ्नै स्थानमा उभिई रहन्छन् । कहिलेकाँही हावाको झोक्काँ प्वाक्क हल्लिए पनि हाम्रो सहमती या लोकतन्त्रको सहमती मुन्टो हल्लाइ हल्लाइ जंगली पात्रले मानव लोकतन्त्रा जात्रा जस्तै सत्ता धर्मको ताली पड्काउछन् ।“

विचमा भालुले थप्यो– “यहाँ को फुसफुसाइ रहेको छ ? यहाँ कसले कानमा खासखुस गरिरहेको छ ? यस्तो भयो भने लोकतन्त्रको खिल्ली उडाएको जस्तो हुन्छ ! हामी यो हुन कदापि दिन्नौ । हाम्रो धर्म भनेकै लोकतन्त्रलाई जोगाइ राख्नु हो । हामी ताकतवर याने कि बलियाबाङ्गा जनावरहरूले लोकतन्त्रलाई जोगाउनका लागि जुनसुकै हदमा पनि उत्रन सक्छौँ । हाम्रो विरोध गर्ने होइन नि मैले राम्रोसँग भनिरहेको छु फेरि...।”

भालुले पुरै भाषण गर्न नपाउँदै जङ्गली बँदेलले भन्यो– “जसरी हामीले जति खोस्रिए पनि पृथ्वी आमाले शान्त र धैर्य भएर लडी रहन्छिन् । जसरी हामीले जङ्गलॉ रुख, पात, लहरा पहरामा र छहराँ जति ठोक्किए पनि दलिए पनि ऊनीहरू लोकतन्त्रको मूल्य र मान्यताँ धैर्य भएर बसेका छन् त्यसरी नै शान्त र धैर्य भएर बस्नुनै लोकतन्त्रलाई शिरोधार्य गर्नु हो ।”

जङ्गली बँदेलको भाषण पुरा हुन नपाउँदै जङ्गली हात्तीले सुँड तेर्साउँदै भन्यो– “जसरी हामीले जङ्गलॉ जङ्गली राज चलाउँछौं, त्यसरी नै यो जङ्गली राजलाई लोकतन्त्र हो भन्ने मान्यता बोक्नु । तिमी साना साना जनावरहरू पशु पक्षी, चराचुरुङी, लहरा पहरा, छहरा, डाँडाकाँडा र जङ्गलहरू फाँड्दै र माड्दै हिँड्यौ भने पनि यो लोकतन्त्रको सक्कली रूप हो भन्ने ठान्नु । हामी शक्त्तिशाली जनावरहरूले, घाँस पात, लहरा, पहरा, छहरामा उत्पादन हुने चिजबिजहरू खाँदै हिँड्यौँ भने पनि यो लोकतन्त्रकै नियम भित्रको रित हो भन्ने ठान्नु । किनभने लोकतन्त्र भनेकै ठुला ठालू तथा शक्त्तिशाली जनावरहरूको दाइजो हो । उनीहरूले तिमीहरू जस्ता निरिह जनावरहरू तथा पशुपक्षीलाई दिएको वक्सिसनै लोकतन्त्रको प्रसाद मान्नु जसरी मानव जातियाँ पनि राजा महाराजाले दिएर मात्रै लोकतन्त्र जनता जनार्दनले पाउने हुन् । यहाँ पनि हामीले दिएर तिमी निरिह प्राणिले पाउने हौ । तिमीहरू निरिह प्राणीको कामै हाम्रो जय जयकार गर्ने हो । ताली बजाउने र हाम्रो डिनर, ब्रेकफास्ट, लञ्चको जिम्मा तिम्रो जीवन उत्सर्ग गर्ने हो । त्यसका लागि हाम्रा लोकतन्त्रका वाहकहरू वाघ, चितुवा, स्याल, ब्वाँसाहरू, अजिंगर लगायतका किसिम किसिमका जनवरहरू जंगली राज गर्ने पशुलोकतन्त्रका संवाहक छन् । तिमीहरू यो लोकतन्त्रॉ मानव जातिका पुलिस, प्रशासन, विउरोक्याट र नेताका गाडी नाकाबन्दीयाँ पनि जसरी हरेक दिन रबाफका साथ कानुन गाडीमा राखेर कसरी दगुर्छन् ? यो कुरोलाई तिमीहरूले कहिल्यै भुल्नु हुन्न ।”

यसरी हात्तीले बोल्दै गर्दा स्यालले चिच्याएर भन्यो– “हाम्रो जङ्गली लोकतन्त्रॉ पशुलोकतन्त्र भन्ने नाम्मॉ नै कत्रो सान छ ? यहाँ दिन दहाडै साना तथा निरिह पशुहरूले प्रतिक्रिया गर्दैनन् । रुख लहराहरू आफ्नै तालमा नाचिरहन्छन् । चरा चुरुङ्गीहरू आफ्नै भाकाँ गाइरहन्छन् । छहरा पहराहरू तथा ढुङ्गामुडाहरू आफ्नै स्थानमा अडिरहन्छन् । तब न हाम्रो लोकतन्त्रले एउटा ऐतिहांसिक समयको कालखण्डॉ पनि लोकतन्त्रा डण्डा अडिक र निर्भीक भएर उभिरहेको छ । त्यसैले जसरी मानव जातिका ठुला ठालू अफिसरका गाडी मन्त्री तथा प्रधान मन्त्री, प्रधान सेनापति, प्रधान न्यायाधीशका गाडी शहराँ लोकतन्त्रको आभास बुझ्न मन्त्रालय तथा सरकारी अफिस र लोकतन्त्रको पोको बोकेर काम सँगै दाम फत्ते गर्न दगुर्छन् । त्यसरी नै हाम्रा बाघराजा, हात्तीराजा, ब्वाँसा, भालु अजिंगरहरूले पनि निर्धक्कसँग लोकतन्त्रको स्थायित्वका लागि जङ्गलॉ मङ्गल गर्न सवार भइरहन्छन् ।”

स्यालले बोल्दाबोल्दै चितुवाले स्याललाई धम्काएर “चुप लाग” भन्दै आफैँ बोल्न थाल्यो र भन्यो– “हामी पशुको माझॉ पशु लोकतन्त्रले एउटा ऐतिहासिक कालखण्ड पार गरेर तपाईँ हाम्रो माझ नमात्तिने गरी हाम्रो मन जितिरहेको छ । जसरी मानव समुदायले पनि जनता जनार्दनलाई घरघराँ, टिभी, रेडियो साइकल, मोटर साइकल, गाडी तथा विभिन्न भुलाउने कार्यक्रम ल्याई जुवातास, सुरा सुन्दरी, रक्सी र रक्सीका भट्टी खोल्ने छुट दिएकै छन्, काम र मामका लागि विदेशैं भए पनि खोजिदिएककै छन्, हो त्यसरीनै हाम्रो रुख र जङ्गलले आकाश हेर्दै हावाको झोक्काँ प्वाक्क लाटो भएर तेर्सिएको झैँ मानव लोकतन्त्रले पनि सबैलाई मस्त बनाइ मनोरञ्जनाँ ध्यानाकर्षण गरेर एक एक गरी ठुला तथा शक्त्तिशाली महाशयले घुमाइरहेकै छन् । राजा महाराजा,ठुला-वडा कर्मचारी ,अफिसर,नेता पुलिस प्रशासक, मन्त्री प्रधान मन्त्रीले लोकतन्त्र चलाएकै छन् । यो त संसारकै लोकतन्त्रको नियमनै हो ! भने पनि हुन्छ । त्यसैले सबैले एकै स्वरमा भन “पशु लोकतन्त्र जिन्दाबाद !” सबैले एकै स्वरमा भने “पशु लोकतन्त्र जिन्दाबाद ! जिन्दाबाद !! जिन्दाबाद !!!”


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक