Similar Articles

Interviews

सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला गीतका लेखक गीतकार शङ्कर अधिकारी घायल भन्छन् गीत लेख्दा लेख्दै मर्न चाहान्छु

बिराट नेपाल

सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला गीतका लेखक गीतकार शङ्कर अधिकारी घायल भन्छन् गीत लेख्दा लेख्दै मर्न चाहान्छु
२०४१ सालमा रेडियो नेपालबाट गितिकथा लेखन सुरु गरेका गीतकार शङ्कर अधिकारी घायल अहिले बहुआयामिक प्रतिभा भएका छन । गीति कथा लेखनबाट सुरु भएको उनको लेखन भने पहिलो होइन । सुनसरीको झुम्कामा जन्मिएका घायल स्कुल पढ्दा देखि नै हल्का फुल्का कविता लेख्ने गर्थे स्कुलमा हुने सरस्वती पूजामा नाट्क पनि खेल्ने गर्थे । आफ्नो कर्मथलो खोज्दै जब उनी काठमाडौ भित्रिएपछि लगभग उनको लेखन यात्रामा रोक लाग्यो किनकि बाच्नु थियो पहिले लेख्नु भन्दा पनि । जब उनले केही राहतको मह्सुस गरे अनि उनी भित्रको लेखक जुर्मुर्‍याउन थाल्यो ।

साहित्य र गीत, सङ्गीत मै केही गरौँ भनेर उनी लागि परे । मित्र उज्वल केसीको सहयोगमा किरण कडेलको सङ्गीतमा पहिलो गीत बिमल गदालको आवाजमा रेकर्ड भए पछि आफ्नो गितियात्रालाई अगाडि बढाउन थाले । आफ्नै लगानीमा दुई लोक दोहोरी एल्बम शीतल छाँया र चरी बस्यो फुलको डालिमा ल्याए पछि उनको केही चर्चा हुन थाल्यो । दिल कुमार प्यासीको मैदान चलचित्रमा गीत लेखे पछि उनको भेट संगीतकार चेतन सापकोटासंग भयो । शङ्कर अधिकारी घायलको गीत, चेतन सापकोटाको सङ्गीतमा रोज राणाको पहिलो चलचित्र दादागिरीमा तिम्रो आँखामा बस्ने रहर भो मलाइ लेखे पछि उनी खोजिन थालियो गीत लेख्नलाई ।

रेखा फिल्म्सको 'किस्मत' को फुल जस्ती रैछौ तिमी । चेतन कै सङ्गीत रहेको मेरी बास्सै को शीर्षक गीत लेखे पछि उनी पूर्ण रूपमा गीतकार बने । रेखा ब्यानर कै अन्दाज फिल्मको 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला' लेखे पछि घायल चर्चित बन्न पुगे । नेपालमा जति नै चर्चित भए पनि गीत लेखेर बाच्न गार्हो छ । उनको लेखन गीत सङ्गीतसँगै चलचित्र लेखन तर्फ मोडियो । तामाङ भाषाको चलचित्र जा थेवा भोजपुरी भाषाको यी कैसन बौछार अनि नेपाली कथानक चलचित्र लव इज लाइफ लेखे पछि चलचित्र लेखक पनि बने हाल उनले लेखेको नो स्मोकिङ र गोरे चलचित्र प्रदर्शनको तयारीमा छन् ।

अहिले नेपालमा लघु चलचित्रको भेल नै आएको छ सोही अनुरूप उनले करिब ५०० लघु चलचित्र लेखन र निर्देशन गरे अनि करिब ६० म्युजिक भिडियो पनि निर्देशन गरे । के बाच्नै पर्‍यो । बाच्नलाई काम गर्न जरुरी छ । त्यही भएर म यता मोडिएको हु । म गीतकार हु गीतकार भएर जन्मिए गीतकार भएरै मर्न चाहान्छु । अरू पेसा रोजेको खोजेको छैन मैले । गीत, सङ्गीत चलचित्र लेखन अनि निर्देशनमा लागेको छु । आफूले जानेको यही हो यस्मै रमाउन र हराउन अनि यस्मै जिन्दगी विसर्जन गर्न सके मेरो सफलता हुनेछ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक