Similar Articles

कविता, गजल, गीत

चित्र - दीपा राई पुन

बिराट नेपाल

खण्डहर जस्तो मनको क्यान्भासमा
झुण्डिएको पुरानो नक्सालाई 

कति चोटि रङ्ग भर्छौ ? 
अमूर्त आर्ट बनाएर 

आफ्नै भ्रमहरूमा 
कुचीमा चेत भरेर 

समयलाई तानेर क़ैद गर्दै 
जीवनको नक्सा

कहिले पुरानो नहुने
कति बनाई रहन्छौ !

हरेक बिहानको शुभ प्रभात 
मलाई कहिले पुरानो लागेन 

हरेक साँझको तिम्रो चुम्बन
निधारमा सधैँ ताजा लाग्यो 

तिमीलाई छोएर आउँने बतासहरू
हाँस्दै हाँस्दै मलाई छुन आइपुग्छ

तिमीले टेकेको नदीको पानी हुन पर्छ 
सागरको पानी छुँदा 

मलाई आफ्नोत्व महसुस भएको 
साँच्चै केही छैन पुरानो 

यादले कोरेको चित्रहरू
तिमी र घाम उस्तै लाग्छ मलाई 

आसाको किरण भएर उदाई रहन सक्ने
हरेक साँझ थाकेर बिसाए पनि

फेरि रहरले बिउझने र हिडिरहने
तिम्रै प्रत्येक इच्छाको पाइलामा 

मलाई साथै छौ भनिदिंदा
जीवन प्रतिको मेरो मोह

म उभिएको यो भूगोलबाट
तिमीले  à¤¸à¤œà¤¾à¤à¤•à¥‹ सपनाको क्षितिज सम्म

निश्चिन्त फैलिएकै देख्छु 
अजम्वरी प्रेमको रङ्गमा 

चोबेर बनाएका आदिम नक़्शाहरू
आत्मा कै अंश थियो

हिजोबाट आज सम्म 
मनको अट्टालिमा 

मूर्ती झैँ कुदिएर 
फेरि पनि तिमी 

ताज़ा बनाई रहन्छौ 
एउटा मुटुको शिलालेख बनाएर 

अर्को मुटुले खोप्दै 
कहिले नमेटिने चित्रहरू ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक