Similar Articles

कविता, गजल, गीत

रक्त दानमा नअटाएका मेरो रगत ! रगत ! - मोहन गुरुङ

बिराट नेपाल

रगतमा रङ्ग हुन्छ, तर भेद हुँदैन 
रगतमा समूह हुन्छ तर सम्प्रदायी हुँदैन 
बिना रगत जीवन हुँदैन 
जीवन बिना संसार हुँदैन 

रगत रातो हुन्छ, तातो हुन्छ 
शक्ति हुन्छ, भक्ती हुन्छ, जगत, भगत सबै हुन्छ 
तर पनि लाटो हुन्छ 
लगातार जीवन दिन बगी रहन्छ, 
केही बोल्दैन केही सोध्दैन !

तिमी कुन धर्म मान्छौ ? कुन मन्दिर जान्छौ पनि भन्दैन 
कुन समाज अनि कस्लाई रोज्ने कस्लाई खोज्ने पनि सोध्दैन  
कहाँ सुत्छौ ? महलमा की सडकमा ? 
कहाँ बस्छौ ? मधेसमा के पहाडमा ? पनि सोध्दैन केवल बगी रहन्छ  

मानव र दानवको रगत पनि एउटै रे 
हेर्दा पनि उस्तै, तर फरक चाँही  
एउटाले त्यही रगत दिएर, पून्य लिन्छन रे 
अर्कोले रगत पिएर शून्य लिन्छन रे  

यो लिने र दिने हिसाब किताब कागजको  à¤¹à¥‹à¤‡à¤¨ रे 
यो त मानाबिय, चेतन र मगजको कुरा पो हो रे
घोचेर लिनु भन्दा सोचेर दिनु धर्म हो रे 
बोलेर भन्दा खोलेर दिनु सत्य कर्मा रे  

मलाई याद आउँछ 
कुन मन्दिरमा जान्छौ यात्री? कुन मन्दिर जाने हो 
कुन सामाग्री पूजा गर्ने ? साथ कसोरी लाने हो ? 
महा कवि लक्ष्मीप्रसाद ज्यु !

अनुरोध छ सबलाई मन्दिर यही छ, देवता अनि  à¤¸à¤¾à¤®à¤¾à¤—्री यही छ   
आऊ, आऊ जूटेर आऊ, फुटेरा नजाउ 
हृदयको कुनामा कमलको फुल्फुलाउ 
मसानघाट्को यात्रीलाई कल्कलाउदो जीवन तिर फर्काउ

आऊ रगत देऊ, जीवन देऊ 
सिदुर बच्चाउ, कोख बच्चाउ 
सबको दिव्य मुहार हसाउ 
पुन्य कमाउ, संसारमा शान्ति बसाउ 

अनि फेरी म भन्छु 
रगतमा रङ्ग हुन्छ, तर भेद हुँदैन 
रगतमा समूह हुन्छ तर सम्प्रदायी हुँदैन 
बिना रगत जीवन हुँदैन 
जीवन बिना संसार हुँदैन !


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक