Similar Articles

कविता, गजल, गीत

खै गणतन्त्र - अर्जुन अविरल

बिराट नेपाल

कविता


खै गणतन्त्र ?
कहाँ छ गणतन्त्र ? 
के हाे गणतन्त्र ? 
मैले बुझिन या बुझ्न सकिन
कस्ताे हुन्छ, के हुन्छ गणतन्त्रमा
राजतन्त्र, प्रजातन्त्र, लाेकतन्त्र अनि गणतन्त्र रे
तन्त्रै तन्त्रकाे मन्त्र छ यहाँ
कुन तन्त्रमा के हुन्छ कुन्नि ?
कुन तन्त्रमा गास, बास, कपास पाइन्छ ?
कुन तन्त्रमा खुसी साथ बाँच्न पाइन्छ ?
थाहा छैन मलाई ।।

कुर्चि फेरिनु, सत्ता फेरिनु या शासन फेरिनु 
के हाे गणतन्त्र ? 
म मेराे बाेली बाेलेकाे छैन 
बाेल्दै छु म नदी किनारकाे माझी
बाेल्दै छु म विकट गाउँकाे एक नेपाली
पहाड, कन्दराका बस्ती, बाटाे उस्तै छ
माझीका दिनचर्या अनि घरमा लिपिएकाे माटाे उस्तै छ
गाउँघरका पछाैटेपन, गरिबिपन उस्तै छ 
जमिनदारका जमिन अनि धन उस्तै छ 
गाउँघरमा दिइने पढाइ अनि शिक्षा उस्तै छ 
गरिबले बाँच्न पाउने खुसी अनि इच्छा उस्तै छ 
खै के भयाे परिवर्तन ? ?

गरिबका झन् गरिब, धनीका झन् धनी
शासनमा केही छैन फरक राजतन्त्र गए पनि 
हजाराैंकाे बलिदान
हजाराैं शहिदकाे सपना
लाग्दैन त्यही थियाे ।
केवल राष्ट्रपति, प्रधानमन्त्री अनि मन्त्री 
र उनका अासेपासेलाई 
अायाे हाेला गणतन्त्र
तर
हिजाे गणतन्त्र जन्माउन हिडेका हजाराैं युवाहरू 
लाखाैं जिजिविषाका सपना सहित
मर्न र मार्न तयार भएका याेद्धाहरू
घर, परिवार अनि अाफ्नाे मुटु छाेडेर
अाफ्नाे छातीमा सङ्गीन राेपिदा पनि
नडग्बगाई, नहड्बडाई
नेपाल आमाका निम्ति प्राण अाहुति गर्न तयार भए ।
तर ती याेद्धाका सपनामाथि तुषारापात भयाे 
सपना अधुरै रह्याे ।
आज त्यही याेद्धाहरू 
खाडी मूलकमा सपना बुनि रहेका छन् 
के यही हाे गणतन्त्र ??

जाे हिजाे गणतन्त्र विराेधी थिए 
आज तिनै हिमायती छन् 
हात्तीका देखाउने दाँत गणतन्त्र
भित्र त अर्कै दाँतले काम गर्दाे रहेछ ।
एउटा चाेर फेरिएर के भाे?
सयाैं चाेर थपिएका छन् ।
बढ्दैछ भ्रष्टचार, दलाल अनि महँगी
बढ्दैछ गरिब र धनीका खाडलहरू
बढ्दैछ झन् उत्पीडन र भेदभाव पनि
अनि भनूँ कसरी गणतन्त्र छ यहाँ?
त्यसैले म भन्दैछु 
खै गणतन्त्र??
कहाँ छ गणतन्त्र ??


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक