Similar Articles

Interviews

अर्चना पनेरुलाई मैले दिएको हो पहिलो चान्स - कमल चन्चल

बिराट नेपाल

अर्चना पनेरुलाई मैले दिएको हो पहिलो चान्स -  कमल चन्चल
नेपाली गीत संगितकाे दुनियाँमा एउटा फरक किसिमको चर्चित नाम हाे 'कमल चन्चल'। लाेकगितकाे खानी मानिएकाे गुल्मी जिल्लाकाे पुर्काेटमा जन्मिएका काेमल ३/४  à¤¬à¤°à¥à¤·à¤•à¤¾à¥‡ बच्चा हुदाँदेखि नै "हुन्न गुजारा बुढी हुन्न गुजारा यसै बसी पहाडमा हुन्न गुजारा..."भन्दै बुरुक बुरुक नाच्ने गर्थे भन्छन् । अहिले आएर "मान्छे सानी सानी "भन्दै देशबिदेशमा तहल्का मच्चाउदै छन् ।

सुरुवातमा गाउँघर, स्कुल, क्लब, नाटक, स्टेज आदिमा गीत गाउने र नाच्ने गर्दै सङ्गीत यात्रा सुरु गरेका काेमलले अहिले आएर आफैँ "सन्देश क्रियशन" नामक म्युजिक कम्पनी समेत खाेले ।

'संगीतकाे क्षेत्रमा भीषण सङ्घर्ष गरेकाे छु, गाउने र लेख्नेका साथै माेडलिङ र निर्देशनमा समेत प्रयास गर्दैछु, अब फिल्मकाे पूर्ण तयारी हुँदैछ, भन्छन् काेमल । उनै प्रतिभाका धनी कमलसँग बिअारटि नेपाल डट कमका कला सम्वादाता समिर प्रकाश पाण्डेले गरेको कुराकानी ।

१) स्वागत छ कमल जी बिअारटी नेपाल डट कममा ?
धन्यवाद बिअारटि नेपाल अनि समीरजीलाई । 

२) कसरी बित्दैछन् दिनहरू ?
अहिले जिन्दगीको भीषण सङ्घर्षमा छु,व्यस्त छु दिन बितेकाे पत्तो नै हुन्न ।

३) के मा हाे, सङ्गीतकै क्षेत्रमा हाे या अरू कुनै ?
म्युजिसियन लाइनमै हाे हजुर । फिल्मकाे तयारी गर्दैछु अनि दसैँमा अर्को गीत बजारमा ल्याउने हाे,त्यसकाे लागि नि साेच्दै छु र अहिले फिल्मकाे स्टाेरी लेख्दैछु ।

४) गीतकै कुरा गराैँ,अहिलेसम्म कतिवटा एल्बम निकाल्नु भयाे ?
मैले मेरै नाममा बजार पठाएकाे त याे दाेस्राे हाे, तर शब्द, लय झन्डै एक दर्जन जतिमा बनाएकाे छु ।

५) पहिलाे एल्बम "माया याे कुरा साँचाे हाे" भनम् वा आँखा रसायाे" निकालेर धेरै वर्ष हराउनु भयाे नि, किन ?
म त्यो गीत निकाल्ने बित्तिकै जापान गएकाे थिएँ, त्याे भएर ५ वर्ष जति ग्याप भयाे, तर पनि गीत सङ्गीतलाई माया मार्न नसकेर फर्केर आएँ ।

६) कमल जी, गीत सङ्गीतलाई माया मार्ने नसकेर जापानबाट फर्केँ भन्नुहुन्छ, केही समय पहिले USA काे भिसा आएर नि जान्न भन्नुभाे, यति ठुलाे अवसर छाडेर यही गीत सङ्गीतमा लाग्नुकाे कारण ?
मैले जापान हुँदा कुनै महिना ४ लाख ४१ हजार सम्म तलब बुझेँ, तैपनि धनकाे अभाव हुन छाडेन, त्यही भएर धनकाे लागि बाँच्नेहरुलाई टक्कर गर्दै फर्केर नेपाल आएँ अनि गीत सङ्गीतलाई निरन्तरता दिएँ । भन्न खाेजेकाे याे हाे कि मलाई धनकाे लाईफ भन्दा संगितकाे लाईफ मनपर्छ ।

७) गीत सङ्गीतमा लाग्नुपर्छ भन्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
मेराे प्रेरणाकाे मुख्य स्रोत अनि मलाई याे ठाँउमा पुर्‍याउने, हर पाइलामा साथ दिने मेराे आदरणीय दादा लालमणि भुषाल "अभिलासी" हुनुहुन्छ ।अनि मलाई 'तपाईँ भिडियो खेल्नुपर्छ, मिडियामा अाउनुपर्छ भनेर बारम्बार भन्ने मेराे हर्टली साथी सनम कट्ठेतलाई पनि भुल्न सक्दिनँ ।

८) अलग गेटअप छ, मिठाे बाेली, प्रतिभाकाे धनी, केटीको त लाइन हाेलान् कति जनासँग लव गर्नुभाे अहिलेसम्म ?
हा हा हा थ्याँक्स गरिन खासै, गरेसी छुट्नै मान्दैनन् अनि लव गर्न मन लाग्न छाड्याे । म त घरबारे मान्छे हा...हा...हा..

९) जहिले फाेन एस एम एस गर्दा नि व्यस्त छु भन्नु हुन्छ, नेपाल बाहिर छु भन्नुहुन्छ, अहिले सम्म कतिवटा देशमा जानुभयो ?
म जापान, हङकङ, चाइना, सिंगापुर, मलेसिया, दुबई, श्रीलङ्का अनि भारत ग छु।

१०) अहिले सम्मकाे सबभन्दा खुसीकाे क्षण ?
मेराे छाेरा बालकलाकार सन्देशकाे जन्मदिन ।

११) छाेरालाई पनि कलाकार बनाउने मन छ कि के हाे ?
'हजुर आँखा रसायाे भिडियाेमा धेरै राम्रो राेल गरेकाे छ, त्यसपछि मन लागेकाे छ । भनेकाे मान्याे, बाबाले देखाएकाे बाटाे हिड्याे भने सफल हिराे बनाउँछु ।

१२) अनि गीतमा भिडियो पनि आफैले बनाउनु भएकाे छ, अहिले सम्म कतिवटा भिडियो बनाउनु भयाे ?
मेराे आफ्नाे गीत अनि अरुकाे गीत गरेर छ वटा भिडियो बनाएँ अनि एउटा सर्ट मुभि बनाएकाे छु । बजारमा आएको छ अरू आउन बाँकी छन् सबै गरेर एक दर्जन बनाएँ ।

१३) अहिले सम्म कतिजना सँग गर्नुभयाे ?
कस्ताे प्रश्न साेध्नुभाकाे म त अलि..गार्‍हो पाे भयाे त ।

१४) भिडियाे भनेकाे के कमलजी ?
हा हा हा....कति जनासँग भिडियो गर्नुभयो, भन्नु न त कस्ताे के तपाईँ त हाहाहाह..
मैले ज्याेती मगर, अर्चना पनेरु, करिश्मा ढकाल, ममता शर्मा, अस्मिता थापा, उषा खनालसँग भिडियाे बनाएकाे छु ।

१५) अर्चना पनेरुलाई पहिलाे पटक मुभिमा राख्नुभयाे, के साेचेर राख्नुभएको ? छन् त अरू पनि हिराेइन थिए तर किन अर्चना नै ?
यसाे साेचेकाे,अर्चनालाई नि गर्न मन रैछ, मलाई पनि गर्न मन लागेकाे थियाे त्यही भएर ठिक छ तिमिसँग पछि धेरैले गर्छन् म चाँहि पहिला नै गर्छु भन्ने साेचेर पहिलाे पटक मेराे सर्ट मुभि "हट गर्लफ्रेन्ड" सँगै गरियाे ।

१६)अर्चना गर्लफ्रेण्ड हाे र ?
मलाई धेरै ठाँउबाट याे प्रश्न अाएकाे छ, न्युजमा समेत मैले देखेकाे छु, प्लिज एउटा भिडियाेसँगै बनाउँदैमा गर्ल फ्रेन्ड, ब्याय फ्रेन्ड भैहाल्नु पर्छ भन्ने छैन, त्याे गलत हाे । साथी मात्र हुन् केही गर्न खाेज्ने मान्छे भएर मैले मात्र अवसर दिएकाे हाे अरू केही हाेइन ।

१७) गीत तिर प्रसङ्ग जाेडम्, तपाईकाे 'मान्छे सानी सानी...'मा त जस्ताे मिक्स गीत छ, त्यस्तै माेडलहरु नि मिक्स देखिन्छ ?
मैले सोचे जस्तो काम गर्न पाए रमाइलो नै भाकाे छ अर्चना, ज्याेति दिदी, करिश्मा बैनी यो गीतले मागेका मोडल हुन ।

१८) कसरी साेच्नु भयाे यस्तो कन्सेप्ट ?
यसमा पञ्चेबाजामा राम्राे नाच्ने यिनी करिश्मालाई राख्नुपर्छ भन्ने साेच भएकाे थियाे अनि पप् र र्यापमा अलिकति फेसनेवल र नक्कले केटिहरुलाई गरेकाे प्रहार छ, त्यही भएर ज्याेति मगर र अर्चना राख्ने साेच भयाे ।

१९) कमल जी, तपाईँले याे गितसंगितमा आउने नयाँ प्रतिभाहरुलाई के भन्न चाहानुहुन्छ ?
गीत संगितकाे दुनियाँमा अहिले बाढी आएको छ, याे बाढीमा पस्नु भन्दा पहिले पाैडन सिक्नु आवश्यक छ किनकि कसैको हात समाएर तर्छु भन्ने साेच्नु भयाे भने बिच बाटोमा ल्याएर जुन ठाउँमा गहिरो छ त्यहीँ डुबाएर मार्छन् । यहाँ रुख चढाएर फेद ढाल्नेहरु र पछाडिबाट छुरा हानी अघिबाट मलम लिएर भेट्न आउनेकाे कमी छैन।त्यसैले मलाई याे बाढीले बगाए पनि म पाैडिएर बाँच्न सक्छु र मेराे इज्जत बचाउन सक्छु भन्नेहरु मात्रै प्रवेश गर्नुस् भन्छु।

२०) तपाईँ चाँहि पाैडिन सिक्नुभाकाे छ ?
हजुर म त कसैले सागरमा फालेकाे मान्छे हुँ, अहिले आफैँले पाैडिए यहाँसम्म अाइपुगेँ । मैले म्युजिक लाईफकाे बारेमा धेरै कुरा बुझेर ल्याएको छु, अब मलाई डुबाउँछु भन्नेहरु आफैँ डुब्न सक्छन् तर म डुब्दिनँ, किनकि म डुब्दा डुब्दा पाैडिन सिकेँ ।

अन्त्यमा,
मेरो मनमा लागेको गीत सङ्गीतका विचारलाई राख्ने मौका दिनु भयो त्यसको लागि बिअारटी नेपाल डट कम र समिर प्रकाश पाण्डेलाई विशेष धन्यवाद दिन चाहान्छु ।

तपाईँको संगितिक यात्रा सफल बन्दै जाहोस बिअारटी नेपाल र मेरो तर्फबाट शुभकामना ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक