Similar Articles

विविध

दिनेश अधिकारी साहित्यिक सन्ध्या-२०१६ भव्यताका साथ सम्पन्न

बिराट नेपाल

दिनेश अधिकारी साहित्यिक सन्ध्या-२०१६ भव्यताका साथ सम्पन्न
किरण मानीके एटलान्टा, जर्जिया à¥¤
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्जिया च्याप्टरले आयोजना गरेको “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६”  à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤® गत शनिवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको एकल प्रस्तुति रहेको थियो ।
 
"विदेशी भूमिमा यो नै मेरो पहिलो एकल प्रस्तुति हो" भन्दै आफ्नो प्रस्तुति सुरु गरेका अधिकारीले फरक-फरक भाव र प्रसङ्गका आफ्ना करिब दुई दर्जन जति कविता र गीतहरू वाचन गरेका थिए । सुमधुर अनि सरल प्रस्तुतिमा सलल बगेका अधिकारी आफ्ना दर्शक तथा श्रोताहरुलाई कवितामा, घरी राष्ट्र प्रेमका भावना-शुभकामना सुनाउथे, घरी धर्तीको गीतबाट हर्क बहादुर सुनाउथे, घरी प्रेम प्रणयका मेरी हजुरलाई सुनाउथे त घरी बाक्लिदो साँहिली मुखिनीको अमेरिका यात्राको टड्कारो क्रम सुनाउथे । 

सिङ्गो नेपाली गीत सङ्गीत अनि साहित्यक आकाशमा पुराना पुस्ता र नयाँ पुस्ता बिच एक सेतुको रूपमा पुल बनेका अधिकारी घरी-घरी विभिन्न समय-कालखण्डका तीता-मिठा अनुभव अनि संयोग र वियोग का नतिजा सुनाउथे । 'पहाडमा जाडो बढे तराईले सेक्नुपेर्छ, तराईमा आँधी आए पहाडले छेक्नुपेर्छ भन्दै गीत वाचन सुरु गरेका अधिकारी नयाँ तथा पुराना विभिन्न आवाज एबम संगीतबद्ध दर्जन बढी गीतहरू सुनाएका थिए ।  

अधिकारीले 'तिमि जुन रहरले..,सोचेजस्तो हुन्न जीवन.., तिमी यसै लजायौ..,यो सम्झिने मन छ.. जस्ता कालजयी गीतहरू सुनाईरहदा उपस्थित दर्शक श्रोता वास्तवमै भाबुक अनि मन्त्र मुग्द भएका थिए । वरिष्ठ संगीतकार तथा राष्ट्रिय गीतका सङ्गीत सर्जक स्व. अम्बर गुरुङ्ग् को सम्झनामा मौन धारण एबम तस्बिरमा पुष्प गुच्छा अर्पण पश्चात् कार्यक्रम “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” औपचारिक रूपमा सुरु गरिएको थियो । अविछिन्न नेपाली साहित्यमा पुराउनु भएको अतुलिनिय योगदानको प्रशंसा गर्दै प्रमुख अतिथि, वरिष्ठ कवि एबम गीतकार अधिकारीलाई आयोजक अनेसास जर्जियाले सम्मान गरेको थियो । कार्यक्रमका संयोजक एबम नासा (Nepalese Association in South East America)  à¤•à¤¾ पूर्व अध्यक्ष राजा घलेले खादा ओडाईदिएका थिए भने अनेसास जर्जिया च्यापटरका अध्यक्ष चेतनाथ घिमिरेले मायाको चिनो प्रदान गरेका थिए । च्याप्टरका अध्यक्ष घिमिरेले कवि तथा गीतकार अधिकारीको पहिलो अन्तर्राष्ट्रिय एकल कविता वाचन कार्यक्रम गरेर उहाँको सम्मान गर्न पाउनु ठुलो अवसर भएको कुरा बताएका थिए र आउने दिनहरूमा यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । 

संयोजक घलेले स्वागत मन्तव्य राखेका थिए भने सुरुवात अनेसास च्याप्टरका महासचिव किरण मानीके. ले गरेका थिए र कार्यक्रमलाई औपचारिकरुपमा च्याप्टरका उपाध्यक्ष अम्विका लोहनीले बढाएका थिए । कार्यक्रम जर्जिया राज्यको राजधानी सहर एटलान्टाको हिमालयन स्पाइस रेस्टुरेण्ट एंड बारमा आयोजना गरिएको थियो ।

दिनेश अधिकारी साहित्यिक सन्ध्या-२०१६
दिनेश अधिकारी साहित्यिक सन्ध्या-२०१६
दिनेश अधिकारी साहित्यिक सन्ध्या-२०१६


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक