Similar Articles

विविध

कविताबाट श्रोता रमाए

बिराट नेपाल

कविताबाट श्रोता रमाए
जोर्जिया, जुन ११, २०१६ अमेरिकाको एटलान्टा स्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा अनेसास जोर्जिया च्याप्टरको आयोजना यही जुन ११, २०१६ का दिन "दिनेश अधिकारी साहित्यिक संध्या-२०१६" सफलताका साथ सम्पन्न भयो | उक्त कार्यक्रमको प्रारम्भमा नेपाली राष्ट्रिय गानका संगीतकार स्व. अम्बर गुरुङलाई श्रद्धान्जली अर्पण गर्न वहांको तस्बिरमा माल्यार्पण गरेर एक मिनेट मौन धारण गरिएको थियो |

च्यापटरका महासचिव किरण ढकालले संस्थाको बारेमा सङ्क्षिप्त बोल्दै दिनेश अधिकारीद्वारा रचित राष्ट्रिय भावको "पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ" बोलको गीत गाएर सबै श्रोता तथा दर्शक महानुभावहरुलाई कार्यक्रमप्रति आकर्षित पारे भने कार्यक्रमको उद्घोषिका तथा अनेसास जर्जिया च्यापटरका उपाध्यक्ष अम्विका लोहनीले कवि तथा गीतकार दिनेश अधिकारीको बारेमा छोटो परिचय प्रस्तुत गरिन् |

कार्यक्रमको संयोजक नासा (NASEA)का पूर्व अध्यक्ष समाजसेवी राजा घलेले उपस्थित कला, साहित्य र संगीतप्रेमी सबै महानुभावहरुलाई हार्दिक स्वागत गर्नुका साथै यति महत्त्वपूर्ण कार्यक्रम गर्ने अवसरको व्यवस्था मिलाई कार्यक्रम सम्पन्न गर्न ऊर्जा प्रदान गर्नुहुने कोलोराडो निवासी अनेसासका पूर्व अध्यक्ष कवि/गीतकार ज्ञानेन्द्र गदाललाई विशेष धन्यवाद दिनुभयो |

त्यसपछि आयोजकबाट प्रमुख अतिथि तथा कार्यक्रमका आकर्षण कवि/गीतकार दिनेश अधिकारी र वहाँकी धर्मपत्नी श्रीमती उषा अधिकारीलाई खादा अर्पण सहित मायाको चिनो प्रदान गरी सम्मान गरेपछि "दिनेश अधिकारी साहित्यिक संध्या-२०१६" को औपचारिक कार्यक्रम शुरुभयो  |

उक्त कार्यक्रममा कवि/गीतकार दिनेश अधिकारीले आफ्ना प्रस्तुत गीत-कविताका सन्दर्भमा केही मिठा-मिठा किस्साहरु बोल्दै दुई दर्जन जति कविता र गीतहरू वाचन गर्नुभयो | वहाँका सिर्जना, प्रस्तुति शैली र विचार सम्प्रेषणबाट कार्यक्रममा उपस्तित सबै श्रोता एवं दर्शकहरु आनन्दविभोर भएको देखिन्थे | कविता र गीत वाचनले पनि मनोरन्जन दिलाउने रहेछ भन्ने भावनाको जागृत सबैको मनमा परेको थियो |
 
एकल प्रस्तुतिको समाप्तिसंगै आफ्ना केही विचारहरू राख्ने क्रममा कविजीले कार्यक्रमप्रति आफू अत्यन्तै खुसी भएको र यो नै नेपाल बाहिर विदेशी भूमिमा आफ्नो पहिलो एकल प्रस्तुति भएको समेत खुलासा गर्दै आयोजक अनेसास जोर्जिया च्याप्टरका सबै पदाधिकारीहरुप्रति धन्यवाद अर्पण गर्नुभयो | साथै यस कार्यक्रमका संयोजक साहित्य, सङ्गीत र कलाप्रेमी समाजसेवी राजा घले र यसको व्यवस्थापन सहित प्रवन्ध मिलाइदिनुहुने कोलोराडोवासी कवि/गीतकार ज्ञानेन्द्र गदालप्रति विशेष आभार प्रकट गर्दै उपस्थित दर्शक-श्रोतामा कृतज्ञता ज्ञापन गर्नुभयो |

अन्तमा कार्यक्रमका सभापति एवं अनेसास जर्जिया च्यापटरका अध्यक्ष चेतनाथ घिमिरेले स्रष्टा तथा दर्शकश्रोता सबैलाई धन्यवाद दिँदै कार्यक्रम अन्त्यको घोषणा गर्नु भयो ।

कविताबाट श्रोता रमाए
कविताबाट श्रोता रमाए


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक