Similar Articles

विविध

कवि/गीतकार वसन्त चौधरीको एकल विश्व काब्य यात्राको १७ र १८ औं श्रृङ्खला अस्ट्रेलियामा हुने

बिराट नेपाल

कवि/गीतकार वसन्त चौधरीको एकल विश्व काब्य यात्राको १७ र १८ औं श्रृङ्खला अस्ट्रेलियामा हुने
आर पि मैनाली, काठमाडौँ ।
गत वर्ष केही शिथिल रहेता पनि यस वर्ष उदियमान रोमान्टिक कवि/गीतकार वसन्त चौधरीको एकल विश्व काव्य यात्रा पुनः सल्बलाउन थालेको छ । विनाशकारी महाभूकम्पले निम्त्याएका समस्यासँग जुझ्दै र तिनका पीडाहरूमा मल्हम लगाउँदा–लगाउँदै आफ्ना पिताको स्वास्थ्य बिग्रिन थालेका कारण साहित्य सिर्जना र प्रस्तुतिमा ह्रास आउनु स्वाभाविक थियो नै । ५ महिनापूर्व पिता लूनकरणदासको निधनपश्चात् कवि/गीतकार वसन्त केही समय अझ बढी शिथिल देखिन्थे । 

यो वर्ष कवि वसन्तका सिर्जनाधर्मितामा केही थप बहार आउने अपेक्षा गरिएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रथम त प्रवासी नेपाली बिच जीवन्त राख्दै अन्तत्वगत्वा विश्वमाझ पनि परिचित गराउने पवित्र अभिप्रायले थप सार्थकता पाउने आशा गर्न सकिन्छ ।

लक्षित कार्यक्रम अनुसार आगत असार १० गते शुक्रवार अस्ट्रेलियाको सिड्नीमा १० जना अष्ट्रेलियन कविहरूसँग वसन्तले अन्तक्र्रिया गर्नेछन् । आफ्ना रचनाहरू मध्ये अङ्ग्रेजीमा अनुदित केहीलाई लिएर अङ्ग्रेजी भाषामै उनले अन्तक्र्रिया गर्नेछन् । साथमा समसामयिक नेपाली साहित्य र संस्कृतिको विश्लेषणात्मक विवेचना गर्दै साहित्यिक अन्तक्र्रियालाई विट पार्ने योजनामा छन् कवि चौधरी ।

कार्यक्रमको दोस्रो दिन असार ११ गते शनिवार सिड्नीस्थित साहित्यप्रेमी प्रवासी नेपालीहरूद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’ को आयोजनामा कवि/गीतकार चौधरीको एकल विश्व काब्य यात्राको १७ औं श्रृङ्खला आयोजित हुनेछ । उक्त कार्यक्रममा स्थानीय नेपाली गायक÷ गायिकाहरूले कवि/गीतकार चौधरीका चर्चित गीतहरू पस्कने समेत योजना छ । 

त्यसरी नै असार १२ गते आइतबार अस्ट्रेलियाको मेलवर्नस्थित थर्नब्युटी थियटरमा नेपाली सोसाइटी, ल्याङ्ग्वेज एण्ड कल्चरको आयोजनामा कवि÷गीतकार चौधरीको विश्व काव्य यात्राको १८ औं श्रृङ्खला पस्कने कार्यक्रम छ । उक्त दुवै कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम् र केही चर्चित पुराना गरी डेढ दर्जन काब्यिक बाँकीहरू प्रस्तुत गर्नेछन् भने मेलवर्नमा रहेकी स्मृति पोखरेलले आफ्नो कोकिल कण्ठमार्फत् कवि चौधरीका चर्चित गीतहरू गाउनेछिन् । 

त्यसरी नै आगामी साउन २२ गते शनिवार बेल्जियमको ब्रसेल्समा र आगामी सेप्टेम्बर/अक्टोबरमा रुसको मस्को तथा जर्मनीको फ्राङ्कफर्टमा श्री चौधरीको एकल विश्व काव्य यात्राका थप श्रृङ्खलाहरू मञ्चित हुनेछन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक