Similar Articles

विविध

नयाँघरेको हाराबारा विमोचित

बिराट नेपाल

नयाँघरेको हाराबारा विमोचित
काठमाडौँ । नियात्राकार तथा निबन्धकार युवराज नयाँघरेको हालै प्रकाशित नियात्रा सङ्ग्रह ‘हाराबारा’ को भाषाशास्त्री तथा निबन्धकार प्रा. डा. माधव पोखरेलले विमोचन गर्नु भयो ।

पोखरेलले आफ्नो मन्तव्यमा भन्नुभयो– ‘ठेट र झर्रो लेखन मार्फत् नेपाली हिमाली र पहाडी जीवनको सूक्ष्म बयान हाराबारामा छ । यो नियात्रा लेखनमा एउटा अर्थपूर्ण उपस्थिति कृतिको रूपमा देखा परेको छ ।’

समालोचक महेश पौड्यालले कृतिबारे मन्तव्य राख्दै भन्नुभयो– ‘हाराबारा नेपाली सुन्दर लेखकी नमुनाको रूपमा आएको छ । हिमाल, पहाड र प्रकृति यो कृति सबैका लागि उपयोगी हुन सक्छ । चमात्कारिक भाषा र कलात्मक शिल्प यो कृतिमा भेट्न सकिन्छ ।’

साहित्यकार राधेश्याम लेकालीले शुभकामना मन्तव्यमा ‘नयाँघरे नेपाली निबन्ध र नियात्राको क्षेत्रमा अनवरत साधक हुन् । उनका कृतिले नेपाल भाषाको विकास विस्तारमा अर्थपूर्ण महत्त्व राख्दछ ।’ भन्नु भयो ।

कृतिका प्रकाशक सुरेश श्रेष्ठले नेपाली यात्रा साहित्य धेरै पाठकहरुले मन पराइ रहेको धारणा राख्नु भयो । वहाँले भन्नुभयो– ‘नयाँघरेका यस अघि नै रत्न पुस्तकबाट आएका अन्य दुई कृति पनि पाठकहरुले निकै नै मन पराएका थिए । वहाँको लेखनशैली र विषय वस्तुलाई पाठकहरुले अत्याधिक मन पराउने गरेका छन् ।’

कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा भन्नुभयो– ‘नेपाली समाज भित्र रहेको सुन्दरतम् भावना र चित्रलाई हाराबारामा उतारेको छु । संस्कृति र प्रकृतिलाई पाठकको मनमा सरक्क राख्न सक्ने शिल्पमा यो कृतिको सृजना गरेको छु ।’

वहाँले भन्नुभयो– ‘मेरो यात्रा लेखनले नेपालको हिमाली र पहाडी लोक सभ्यता र संस्कृतिको समग्र चित्रण गरेको छ । अधिकांश यात्राहरू मैले पैदलयात्राको क्रममा भोगेका र अनुभव गरेका भावनालाई यहाँ लिपिवद्ध गरेको छु ।’

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित प्रस्तुत कृतिमा २९ वटा नियात्राहरु रहेका छन् । मदन पुरस्कार विजेता नयाँघरेको यो १५ औं कृति हो । उनी नेपाली साहित्यमा यात्रा र निबन्धका क्षेत्रमा पाठकहरुद्वारा अत्याधिक रुचाइएका यात्राकार तथा निबन्धकार हुन् ।

नयाँघरेको हाराबारा विमोचित
नयाँघरेको हाराबारा विमोचित
नयाँघरेको हाराबारा विमोचित
नयाँघरेको हाराबारा विमोचित
नयाँघरेको हाराबारा विमोचित

Comments (1)

Juddha Bahadur Thapa on

टीप्पणी सुन्दै कहिले पढ्न पाइएला जस्तो अनुभुती भएको छ, अमेरिका मा यस्को बितरण ब्यबस्था के होला?


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक