Similar Articles

विविध

चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालको भारतको पश्चिम बंगालको कालेबुङमा फ्रेन्चाइजी सञ्चालनमा

बिराट नेपाल

चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालको भारतको पश्चिम बंगालको कालेबुङमा फ्रेन्चाइजी सञ्चालनमा
काठमडौं । नेपाल र भारतमा विभिन्न सहरमा आफ्नो शाखा विस्तार गर्दै आएका चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालको भारतको पश्चिम बंगालस्थित कालेबुङमा फ्रेन्चाइजी सञ्चालनमा आएको छ। उनको फ्रेन्चाइजी ब्रान्ड निल डेभिड्स युनसेक्स सलुनको कालेबुङमा आयोजित एक समारोहका बिच बिहीबार हेयर स्टाइलिष्ट कटुवाल स्वयम्ले शुभारम्भ गरे । शुभारम्भ समारोहमा उनलाई प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो।

लण्डनमा हेयर स्टाइयलसम्बन्धी औपचारिक ज्ञान हासिल गरी आफ्नै देशमा यो कलाको विस्तार गर्ने उद्येश्यले सुरुमा राजधानीको सुनधारास्थित काठमाडौँ मलमा अत्याधुनिक शैली र सुविधायुक्त महिला र पुरुषको हेयर स्टाइल र कटिङ सलुन खोलेर यो क्षेत्रमा क्रान्ति ल्याएका डेभिडको पहिलो फ्रेन्चाइजी ब्रान्ड स्वरूप कालेबुङमा सलुन सञ्चालनमा आएको हो। भारतीय हेयर स्टाइलीष्टका फेन्चाइजी ब्रान्ड नेपालमा सञ्चालन हुने गरे पनि नेपाली हेयर स्टाइलीष्टको फ्रेन्चाइजी भारतीय सहरमा खुलेको यो पहिलो अवसर हो। उनको फ्रेन्चाइजी ब्रान्ड दार्जलिङका पी. राजले सञ्चालनमा ल्याएका हुन् । 

‘यहाँ निल डेभिडको ठुलो माग भएकाले उहाँको फ्रेन्चाइजी लिएको हुँ’ पे्रmन्चाइजी ब्रान्डको शुभारम्भलगत्तै ३ घण्टामा विभिन्न क्षेत्रका २५ महिला तथा पुरुषको कटिङ र हेयर स्टाइल गरेका निलको कलाका देखेपछि उनले उत्साहित हुँदै भने ‘उहाँको यस्तै कला र जादुको लागि महिनौं प्रतीक्षा गरिरहेका थियौँ।’ उता निल भने भिडभाडका कारण २५ जनाको मात्र हेयर स्टाइल गर्न सकिएको, अन्यथा सो समयमा ४० जनाको कटिङ र हेयर स्टाइल गर्न सकिने बताए। उनको थप फ्रेन्चाइजी ब्रान्डको यसै महिनाभित्र बुटवल तथा त्यसलगत्तै कोलकत्ता र दुर्गापुरमा पनि यसको विस्तार हुने कार्यक्रम रहेको छ। हेयर स्टाइलिष्ट डेभिडले हाल समय अभावका कारण अन्य प्रस्ताव स्वीकार गर्न नसकिएको तथा सन् २०१६ मा कुल १० फ्रेन्चाइजीमात्र दिने समेत प्रस्ट पारे।  

केही समयअघिसम्म सानो दर्जाको काम भनेर हेपिएको यो कलालाई निलले लण्डनसँगै थाइल्याण्ड, सिंगापुर, भारतको नयाँ दिल्लीलगयातबाट प्रशिक्षण र कक्षा लिई नेपालमा यसको सुरुवात गरेका थिए। यस क्रममा उनले सिंगापुरमा विश्वकै नम्बर १ मानिएका हेयर स्टाइलिष्ट टोनी एन्ड गाइज तथा लण्डनमा ओष्कार विजेता मेकअप आर्टिष्ट क्रिष्टिनीने बुलेन्डेलाका साथ प्रशिक्षण लिएका थिए।  

झापाको लक्ष्मीपुरमा जन्मिएका निलले सानो भनेर हेपिएको कामबाटै नेपाललाई चिनाउँन पाउँदा र ३ सयभन्दा बढीलाई रोजगारी दिन पाउँदा गर्व महसुस भएको बताएका छन्।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक