Similar Articles

विविध

हस्तकला सम्बन्धी प्रशिषक्षण कार्यक्रम सुरु

बिराट नेपाल

हस्तकला सम्बन्धी प्रशिषक्षण कार्यक्रम सुरु
टीकापुर । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागको आयोजनामा हस्तकला सम्बन्धी प्रशिषक्षण कार्यक्रम आइतबार देखि टीकापुरमा सुरु भएको छ ।

कार्यक्रम उद्घाटन समारोहको  प्रमुख अतिथिका रूपमा बोल्दै सांसद गरिमा शाहले हस्तकलाका सामाग्रीहरू स्वदेशी तथा विदेशी पर्यटकका बिचमा लोक प्रिय रहेको भन्दै यसको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

घर घरमा हस्तकलाका सामाग्रीहरू ब्नाउने सिप सिक्न जरुरी रहेको सांसद शाहले बताउनु भयो । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुषमा राजभण्डारकिो अध्यक्षतामा भएको कार्यक्रममा पथरैया गाविसका पूर्व अध्यक्ष टेकबहादुर बम,समाज सेवी कमला केसी लगाएतले बोल्नु भएको थियो भने स्वागत तिर्थ राज उपाध्याय र सञ्चालन  हिरा चौधरीले गर्नु भएको  थियो ।

सो प्रशिक्षण कार्यक्रममा टीकापुर क्षेत्रका करिब ४० जना महिलाहरको सहभागिता रहेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सांसद गरिमा शाहले विकास निर्माणमा कुनै पनि पार्टीले राजनीति गर्न नहुने बताउनु भएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोग र नेपाल जातीय संग्रहालय पथरैयाको आयोजनामा आइतबार टीकापुरमा भए पर्यटन र परम्परागत कला सिप सम्बन्धी  अभिमुखिकरण कार्यक्रममा बोल्दै सांसद शाहले सो कुरा बताउनु भएको हो ।

नेपाल जातीय संग्रहालयको अध्यक्ष समेत रहनुभएका सांसद शाहले विकासमा सबै पाटीृहरु एक ठाँउमा आउन सकेमा मात्र विकास सम्भव रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुषमा राजभण्डारीले स्थानीय रूपमा उपलब्ध कच्चा पदार्थको प्रयोग गरी स्थानीय सिपबाट बनेका हस्तकलाका सामाग्रीहरू पर्यटकहरुका लागि अकर्षण हुन सक्ने बताउदै यसलाई व्यवसायिकरण गर्नु पर्नेमा जोड दिनु भयो ।

चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष भीम केसीले कैलाली जिल्ला पर्यटकिय गन्तब्यका लागि महत्त्वपूर्ण रहेको बताउदै यसको विकासका लागि समिति लागेको बताउनु  भयो ।

उहाँले ग्रामीण पर्यटनको महत्त्वपूर्ण पाटोका रूपमा रहेको होमेस्टेको विकासका लागि सरकारले समेत सहयोग गर्नु पर्ने बताउनु भयो । चिसापानी क्षेत्र पर्यटन विकास समितिका सदस्य मातृका तिमिल्सेनाले स्थानीय कला र सिपबाट बनेका सामाग्रीहरू पर्यटकका लागि आकर्षक बन्ने सक्ने तर्फ जोड दिँदै यसको विकासमा जोड दिनु भयो ।

उहाँले पर्यटकिय गन्तब्य मात्र भएर नपुग्ने भएकाले पर्यटनको विकासका लागि पर्यटनलाई आर्थिक आय आर्जनसँग जोड्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रेम साँउद, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भूवनेश्वर अधिकारी, जनाधिकार फोरमका तपेन्द्र रावल, समाज सेवी कमला केसी, धुर्व परियार, बिदुर कायस्त लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन तिर्थराज उपाध्यायले गर्नु भएको थियो ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक