Similar Articles

विविध

बोस्टनमा सुनिए - डा. शिव गौतम र दिनेश अधिकारी

बिराट नेपाल

बोस्टनमा सुनिए - डा. शिव गौतम र दिनेश अधिकारी
एउटा  à¤›à¥à¤Ÿà¥à¤Ÿà¥ˆ माहौल | मन्चमा एकएक  à¤¦à¤°à¥à¤œà¤¨ कविता वाचन गर्न तयार डा. शिव गौतम र दिनेश अधिकारी | डा. गौतम पत्नी साहित्यकार भारती गौतमसहित बोस्टन छोडेर अमेरिकाको अर्को राज्य फ्लोरिडा जान तम्तयार रहेका, अनि करिब एक महिना अमेरिका भ्रमणको उतरार्धमा रहेका जीवन सङ्गिनी उषा अधिकारी सहितका दिनेश अधिकारी | संयोग, बोस्टनको सिर्जना उत्सवको ३६ औ शृंखला |

पहिले नै मञ्चको अग्रभागमा रहेका दिनेश अधिकारीलाई डा. शिव गौतमले खादा लगाएर स्वागत गरे भने डा. शिव गौतमलाई दिनेशले | त्यति मात्रै होइन भारतीलाई उषाले खादा लगाई स्वागत गरिन भने उषालाई भारतीले | र सुरु भयो उपस्थित साहित्यकार र साहित्य अनुरागी सबै सभापति भएको उत्सव | 

चर्चित सारंगी वादक श्याम नेपालीले हालै दिवङ्गत भएका संगीतकर्मी अम्बर गुरुङको सम्मानमा एउटा सङ्गीत प्रस्तुति पेस गरे भने संगीतकर्मी दीपक मुखियाले उनलाई साथ दिए | साहित्यकार हरि थापाले सबैलाई औपचारिक स्वागत गरेपछि कार्यक्रम संयोजक गोवर्धन पूजाले पहिलो चरणमा आधा दर्जन कविता वाचन गर्न बोलाए साहित्यकार अधिकारीलाई | 

माटो र मुटुको सिर्जना वाचन गरेर दिनेशले सबैको मन जितेपछि डा. गौतमले माया र मस्तिस्कको कविताको रसास्वादन गराए | काव्य सिर्जनामा मदन पुरस्कार पाउने गीतकार एवं कवि दिनेश अधिकारी  à¤° बोस्टनको हार्डवर्ड विश्वविद्यालयमा नेपालीको उपस्थिति देखाउदै आएका प्रयोगधर्मी कविता सिर्जनारत  à¤•à¤µà¤¿ डा. गौतम | दुवैले सिर्जना उत्सवको उत्सवमा नयाँ अनुभव संगाले | दुवैले मुक्त कण्ठले आयोजकको प्रशंसा मात्रै गरेनन यस किसिमको कार्यक्रमले लेखन परिमार्जनमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे | नेपाल फर्केर पनि बोस्टनको कार्यक्रम नबिर्सने बचन दिए अधिकारीले भने डाक्टर गौतमले आफूले सिर्जना उत्सवलाई सधैँ महत्त्वपूर्ण  à¤¸à¤¿à¤°à¥à¤œà¤¨à¤¾ मञ्चको रूपमा लिने गरेको बताए |, गौतमले भने - मैले सिर्जना उत्सवमा नै पहिलो पटक प्रयोगधर्मी कविता वाचन गरे र निरन्तरता दिँदै आएको पनि छु | 

कार्यक्रमको मध्य भागमा दिनेश राजभण्डारी, अनु शाह, लालगोपाल सुवेदी, हरि काफ्ले, धन लेप्चा, सुशील नेपाल, लगायतले सिर्जना वाचन गरेपछि  à¤«à¥‡à¤°à¤¿ डा. गौतम र अधिकारीले बाँकी आधा दर्जन सिर्जना वाचन गरे | दिनेश पत्नी उषाले संछिप्त मन्तव्य दिइन भने दीपा राई पुनले आफ्नो सिर्जना र अस्वस्थताका कारण अनुपस्थित ममता कर्माचार्यको कविता सुनाइन | कार्यक्रमको उतरार्धमा हरि थापा र गोवर्धन पूजाले कविता सुनाए |  à¤¸à¤­à¤¾à¤ªà¤¤à¤¿ मध्येका एक मन्चमा आसिन भारती गौतमलाई उद्घोषकले सिर्जना वाचन, मन्तव्य र सभा बिसर्जन गर्न अनुरोध गरे पछि सुरु भएको थियो -रात्रि भोज | कार्यक्रम समाप्ति पछि अधिकांशको मुखबाट कार्यक्रमको प्रशंसा हुँदै थियो - यस्तो पो कार्यक्रम , छुट्टै स्वाद आयो | सिर्जना उत्सवको ३७ औ शृंखला साहित्यकार एलबी एरको  à¤¸à¤‚योजनमा जुलाईको अन्तिम सातामा हुने भएको छ |

बोस्टनमा सुनिए - डा. शिव गौतम र दिनेश अधिकारी
बोस्टनमा सुनिए - डा. शिव गौतम र दिनेश अधिकारी
बोस्टनमा सुनिए - डा. शिव गौतम र दिनेश अधिकारी
बोस्टनमा सुनिए - डा. शिव गौतम र दिनेश अधिकारी
बोस्टनमा सुनिए - डा. शिव गौतम र दिनेश अधिकारी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक