Similar Articles

विविध

रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन

बिराट नेपाल

रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
वासिङ्टन डि सि, रामप्रसाद खनालको कविता सङ्ग्रह “देशहराएको मान्छे” को अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाको भर्जिनिया मनासस सहरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महा बाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महा सङ्घका महासचिव नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवि सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले संयुक्त रूपमा बिमोचन गर्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदीको अध्यक्षता भएको थियो भने उपाध्यक्ष अरुण रुपाखेतीले स्वागत भाषण, अर्का उपाध्यक्ष भूप नारायण घर्ति मगरले सन्चालन गर्नुभएको थियो । उक्त बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा कयौँ साहित्यकार र सम्बन्धित क्षेत्रका अलावा अन्य क्षेत्रबाट पनि ब्यक्तित्वहरु सहभागी हुनुहुन्थ्यो ।

बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महाबाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे, डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महा सङ्घका महासचिव नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवि सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले देश हराएको मान्छे र समसामयिक विषयमा आ आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बिमोचन पहिलो चरणमा र साहित्यिक कार्यक्रम दोस्रो चरणमा गरिएको उक्त समारोहमा पुष्कर पन्तको हाँस्य कविता, मन कुमारी थापा र खेम संग्रौलाको गीत, सुस्मा खनाल र बिना घर्ति मगर को नाच पनि प्रस्तुत गरिएका थिए भने प्रकाश नेपाल, होमनाथ सुबेदी, अरुण रुपाखेती, रामप्रसाद खनाल, नीरा शर्मा, कल्पना सुबेदी, गुणराज लुइँटेल, सुदीप भद्र खनाल, भूप नारायण घर्ति मगर, परशु तिमल्सिना, निलकण्ठ सुबेदी, विश्व बन्धु कार्की, चेतन सिटौला, कपिल घिमिरे, शकुन्तला अधिकारी लगायका अन्य साहित्यकारहरुका कविता हरू प्रस्तुत गरिएका थिए ।
समारोहमा कविता सङ्ग्रह “देश हराएको मान्छे” का प्रकाशक तथा बितरक, हाल सम्म करिब एक हजार प्रकाशन गरिसकेका एसिया पब्लिकेशन र प्लाटिनम पब्लिकेशनका संस्थापक नबनिधी पन्तलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको तर्फबाट विशेष सम्मान गरिएको थियो। यसै गरी गोरखा पत्र संस्थानका पूर्व महा प्रबन्धक, मधुपर्कका पूर्व सम्पादक कपिल घिमिरे, अनेसासका केन्द्रीय सचिव प्रकाश नेपाल, चलचित्र निर्देशक अनिल संग्रौलालाई सम्मान गरिएको थियो भने अनेसास तथा गतिविधिलाई जन समक्ष पुर्याउने डिसी नेपाल डट कम र इनेपालीज डटकम, रामहरी सुबेदी, प्रशन्न संग्रौला सहित अनेसासका सहयोगी हातहरुलाई अध्यक्ष रामप्रसाद खनाल, राजदूत कार्की, महावाणिज्य दुत महत, संस्थापक सुबेदीले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष खनालले अनेसास डिसी मेट्रो कमिटीमा थप ५ जना क्रमश: चेतन सिटौला, नीरा शर्मा, विश्व बन्धु कार्की, शशी गुरुङ, निलकण्ठ सुबेदीलाई विधान बमोजिम मनोनयन गरी प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसै बिच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रम सफल पार्न योगदान दिनुहुने प्रमुख अतिथि, अतिथिगण, साहित्यकारहरु र सहभागी सबैलाई कार्यक्रम पछि एक विज्ञप्ति मार्फत पनि धन्यवाद प्रकट गर्नुभएको छ ।

रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन
रामप्रसाद खनालको कविता सङ्ग्रह देश हराएको मान्छेको बिमोचन



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक