Similar Articles

विविध

चौलागाईंद्वारा सहयोग प्रदान

बिराट नेपाल

चौलागाईंद्वारा सहयोग प्रदान
काठमाडौँ, असार १३ गते ।  प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौलागाईंले आफ्नो चार वर्षे पदावधिभर काउन्सिलबाट भत्तावापत पाउने पारिश्रमिक पत्रकारका हकहितमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।  

नेपाल पत्रकार महासङ्घ काठमाडौँका अध्यक्षसमेत रहनु भएका चौलागाईंले आइतबार मोटरसाइकल दुर्घटनामा घाइते हुनु भई उपचार गराइरहनुभएका रौतहटका राष्ट्रिय समाचार समितिका संवाददाता नरहरि आचार्यलाई भत्तावापत पाएको १५ हजार रुपियाँ काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीमार्फत हस्तान्तरण गर्नुभयो ।

काउन्सिलका अध्यक्ष कार्कीले यो सकारात्मक कार्य भएको बताउँदै पीडित परिवारलाई काउन्सिलले सहयोग गर्ने बताउनुभयो ।  सो अवसरमा नेपाल टेलिभिजनका पत्रकार वसन्त रुपाखेतीले घाइते पत्रकार आचार्यलाई दश हजार रुपियाँ सहयोग स्वरूप हस्तान्तरण गर्नुभयो ।  गत जेठ ३० गते मोटरसाइकलबाट निजगढबाट चन्द्रनिगाहपुर आउने क्रममा टाटा सुमोले ठक्कर दिँदा आचार्य र उहाँकी छोरी घाइते हुनु भएको थियो भने श्रीमती प्रमिला भण्डारीको उपचारका क्रममा मृत्यु भएको थियो ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक