Similar Articles

विविध

देश हराएको मान्छे विमोचित

बिराट नेपाल

देश हराएको मान्छे विमोचित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाले संयुक्त रूपमा आयोजना गरेको सर्जक रामप्रसाद खनालको कविता सङ्ग्रह ‘देश हराएको मान्छे’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले राजधानीमा बिहीबार विमोचन गर्नु भयो । 

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कुलपति उप्रेतीले ‘देश हराएको मान्छे’ कृतिका को प्रशंसा गर्दै सर्जक खनाल नेपाली लोकगीतको क्षेत्रका चर्चित प्रतिभा रहेको यस क्षेत्रमा विशिष्ट पहिचान बनाएको र साहित्य सिर्जनामा क्रियाशील रहेको तथा अब भविष्यमा पनि थप सिर्जनाहरू आउनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले विमोचित कृति भित्रका कविताहरूमा डायस्पोरिक नेपालीका चेतनाले ओतप्रोत रहेको पनि बताउनु भयो । 

कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री विशिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रितले पनि सर्जक खनालको जीवन संघर्षमय रहेको, आफूले उनलाई सानैदखि चिनेको, खनालको जीवन अनेक क्षेत्रमा निकै तीव्र गतिसाथ अघि बढेको आफूले महसुस गरेको बताँउदै सिर्जनासंगै संयोजनकारी भूमिकामा समेत खनालको योगदान रहेको बताउनु भयो । 

कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुइटेलले सर्जक रामप्रसाद खनालका अनेकौँ योगदानहरूको चर्चा गर्दै विमोचित कृति ‘देश हराएको मान्छे’ कविता सङ्ग्रहमा राजनैतिक कविता सङ्कलित रहेको बताउनु भयो । उहाँले थप अगाडि भन्नु भयो–सङ्ग्रह भित्रका कविताहरूले नेपाली राजनीतिक क्षेत्रमा देखापरेका विसङगति विकृतिप्रति आक्रोशसमेत पोखेको र राष्ट्रवादी स्वर प्रकट भएको बताउनु भयो । यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि वरिष्ट आख्यानकार माया ठकुरीले पनि कृतिको प्रंशसा गर्दै खनाल प्रति थप सिर्जनाका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा  à¤…नेसास नेपाल च्याप्टरका अध्यक्ष एवं कार्यक्रमका सभापति साहित्यकार राधेश्याम लेकाली, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष कलाकार शिवहरि पौडेल, ग्रीन सिटी अस्पातलका प्रमुख लोकबहादुर टण्डन, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष नारायण ज्ञवाली, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार किरण के.सी., नारी साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गीता कार्की लगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा विमोचित कृतिबाट वरिष्ठ स्रष्टा रामबहादुर पहाडी लगायतले कविता, गजल वाचन गर्नु भएको थियो भने स्रष्टाहरू किरण के.सी.,कृष्ण कडेंल कमला रिसाल वि.के., सरिता प्रजापति, नरबहादुर बि.सी. लगायतले गीत गाउनु भएको थियो । 

सोही कार्यक्रममा अनेसास नेपाल च्याप्टरलाई नगद पाँचसय डलरसहित अनेसास राम लामा बेस्ट च्याप्टर अवार्ड हस्तान्तरण गरिएको थियो । भने अनेसास रजत–जयन्तीको अवसरमा प्रदान गरिएको डायस्पोरा डेक्स स्थापना र  à¤¸à¤žà¥à¤šà¤¾à¤²à¤¨à¤®à¤¾ योगदान पु¥याए बापत अनेसास नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई रजत जयन्ती मेडल, मायाको चिनो र सम्मान पत्र हस्तान्तरण गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष १ मा खचाखच भरिएको सो कार्यक्रममा विशिष्ठ स्रष्टाहरू, कलाकार, समाजसेवी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

देश हराएको मान्छे विमोचित
देश हराएको मान्छे विमोचित
देश हराएको मान्छे विमोचित
देश हराएको मान्छे विमोचित
देश हराएको मान्छे विमोचित
देश हराएको मान्छे विमोचित
देश हराएको मान्छे विमोचित
देश हराएको मान्छे विमोचित


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक