Similar Articles

विविध

आत्मभावको विमोचन

बिराट नेपाल

आत्मभावको विमोचन
पूजा राइ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र साहित्यिक पत्रकार सङ्घले आज २०७३ असार १४ गते मण्डला थिएटरमा स्रष्टा डी. आर.को गीत सङ्ग्रह "आत्मभाव" को विमोचन कार्यक्रममा आयोजना गर्‍यो । सो विमोचन नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाले गर्नु भएको थियो । सो अवसरमा बास्कोटाले स्रष्टा डी.आर.को प्रशंसा गर्दै विमोचित कृतिभित्रका गीतहरू अब्बल दर्जाको रहेको बताउनु भएको थियो ।

आयोजित सस्थाका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्राज्ञ वरिष्ठ गीतकार उन्नति बोहरा शीला, सङगीतकार सन्तोष श्रेष्ठ, रामबाबु सुवेदी लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सर्जक भिमार्जुन आचार्य, अच्युतरमण अधिकारी, मिलन मोक्तान, शिवहरी पौडेल, डा. सुरेन्द्र के. सी.लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा गायकहरु धिरज राई, विजय परियार, विमल गौत्तम र विनोद राईले स्रष्टा डी. आर. को गीतहरू गाएका थिए ।

कार्यक्रममा डी. आर. र उहाँकि ममतामयी मातालाइ सम्मान पनि गरिएको थियो । सोही अवसरमा ४० भन्दा बढी सङ्घ सस्था र सर्जकहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सन्चालन स्रष्टा पुष्पा खनालले गर्नु भएको थियो । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक