Similar Articles

कविता, गजल, गीत

विडम्बना-- दिपा राइ पुन

बिराट नेपाल

देश सम्झेर रुन पनि
सात डाँडा काट्नु पर्ने भो 
नभए त विकासले गर्दा खेरि
आँगनमा झर्न मन नलाग्ने 
सुटेट बुटेट जुत्तासँग 
कार्पेटमा गमला 
गमलामा धान फलाउँने 
देशको नागरिक म 
कम छु र ! 
आधुनिक पनि उस्तै छु 
पूजा अर्चना सप्पै 
जुत्ता नफुकाली गरिन्छ बाबै ! 

जनता सुकुम्बासी होस की 
खाँडी मुलुकमा होस 
रेगिस्तानमा रापियोस की 
अफ़ग़ानिस्तानमा मरोस 
त्यही जनताको झ्याली पिटेंर 
कुर्सी पकडन पाए 
बर्षौ आफूलाई टिकाउन पाए 
राता रात देश विकास हुन्थ्यो भाषणमा 
भित्र त खोक्रो मिलेर पार्ने 
बिश्वासिलो बुद्धिजीवी हौ क्यारे ! 

सक्षम र देशप्रेमीहरू 
देश बोकेर हिडिरहेछ 
कर्मको पाइलै पाइला
उनीहरू कै पसिनाको रेमिट्यान्समा 
मोज गरिरहेको छ देशभक्ति भन्नेहरू 
एई! रूएको छौ आफ्नो बिवश्तामा ? 
आमालाई सम्झेर 
माटोलाई सम्झेर 
जीवनसँगीलाई सम्झेर 
गर्व मै छाडेको सन्तान सम्झेर ? 

अलिकति त लाज राख 
शरमले पनि धेरै सिकाउँछ


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक