Similar Articles

विविध

कविता सुनाउने

बिराट नेपाल

कविता सुनाउने
काठमाडौँ । भीड र हल्लाहरुभन्दा पर बसेर चुपचाप बेग्लै स्वादका कविता लेखिरहेका चितवनका कवि मुकुन्द खलपात्र आफ्ना भर्जिन कविताहरुका साथ राजधानीमा प्रस्तुत हुने भएका छन् । असार २४ गते प्रज्ञा भवन कमलादीमा अराजक अक्षर समूह र कर्मी नाट्य समूह चितवनले आयोजना गर्न लागेको कार्यक्रममा उनले आफ्ना करिब डेढ दर्जन कविता सुनाउने छन् । आफूले उक्त कार्यक्रममा सुनाउने सबै कविताहरू अहिलेसम्म भर्जिन अर्थात् अप्रकाशित रहेको खलपात्रले बताए ।

चितवनमा थिएटर निर्माणार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले देशव्यापी ‘एकल कविता पाठ’ अभियान सञ्चालन गर्न लागेको र सोही अभियानको यो दोस्रो शृङ्खला भएको कार्यक्रम संयोजक असीम हमाल बताउँछन् । हमालका अनुसार अभियानको थालनी तीन महिनाअघि चितवनबाटै आरम्भ भइसकेको छ । अभियानको पहिलो शृङ्खलामा कवि श्रवण मुकारुङलाई प्रस्तुत गरिएको थियो ।

रङ्गकर्ममा समेत अभिरुचि राख्ने खलपात्रले अहिलेसम्म अप्रकाशित कवि एकैचोटि राजधानीको मञ्चमा कविता सुनाउन लाग्दा आफूलाई थोरै असहज लागिरहेको भए पनि धेरै चाहिँ उत्साहित भएको बताउँछन् । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक