Similar Articles

बिचार

डिस्को र बारमा फोटो खिचेर फेसबुकमा पोस्ट गर्दैमा मोडल बनिदैन- सूर्य चन्द

बिराट नेपाल

स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जीवन स्वतन्त्र सँग जिउने अधिकार पनि छ र स्वतन्त्रसँग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग शहरी रात्रि जीवनको जहा दैनिक सयौ युवा युवतीले आफ्नो भविष्यलाई अध्यारो तर्फ धकेली रहेका छन् सयौले आफ्नो अश्मिता लुटाईरहेका छन्, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर । शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोरा छोरीको भविष्य त अन्धाकारमा धकेलेको त छैनरु । बार डिस्कोमा पनि एउटा मापदण्ड हुन जरुरी छ यो विषयमा सरोकार वालाहरुले सोच्न जरुरत पनि छ । तर हाम्रो देशमा त चौध वर्षको किशोर किशोरीहरु पनि बारमा बसेर मदिरा र धूम्रपानमा लट्ठ पर्दै आफ्नो यौबन देखाई रहेका छन् । 

बार डिस्कोमा खिचेर फेसबुकको भित्तामा फोटो राखिने प्रचलनले गर्दा त झन् अहिले को युवा पुस्ता जसरि पनि एक चोटिबार डिस्को गएर त्यहाको फोटोग्राफरबाट फोटो खिचाई आफ्नो फेसबुकमा राख्न आतुर देखिन्छन जसले गर्दा कतै हाम्रो युवा पुस्ता गलत सङ्गत र गलत बाटोमा हिडेको त छैन भन्ने प्रश्न आउँछ । हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबै भन्दा अगाडी छ । हिजो त्यो गएर बारमा मदिरा खादै फोटो खिच्छ भने आज म किन नजाने म पनि जान्छु भन्ने प्रवृति छ । सेलिब्रेटी देखि चेलीबेटीहरु सम्म आजकल बार र डिस्कोमा गएर फोटो खिचेर सामाजिक संजालहरु (फेसबुक, ट्विटर) मा राख्ने ट्रेन्ड नै चलेको छ । 

बार डिस्कोमा आउने ग्राहकहरुको लागि भनेर बार डिस्को संचालकहरुले फोटो खिचिदिने र फेसबुक पेजमा राखिदिने गर्दछन् जसले गर्दा युवा युवतीहरु एक अर्का लाई देखाउनको लागि मात्र भए पनि बारमा जाने र मदिरा र धूम्रपानमा झुम्ने गर्दछन् । अहिले सहरमा कोही देखासेखीको लागि त कोही आफ्नो मनोरंजनको लागि दैनिक सयौ युवा युवतीहरु रात्रि जीवन बार डिस्कोमा जाने गर्छन् र बार डिस्कोमा जाने होडबाजीनै चलेको छ । सेलिब्रेटी,मोडल देखि धनाड्य घरानाका व्यक्तिहरू बार डिस्कोमा गएर मस्त हुने प्रचलन नयाँ होइन तर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवा युवतीहरु गलत सङ्गत र ट्रेन्डमा फस्दै गएका छन् ।  

भर्खर टिन एज प्रवेश गरेका देखि लिएर बुढा बुढी भइसकेका सम्म अहिले रत्रिजिबनको बार डिस्कोमा गएर मदिरा पिउदै र धूम्रपान गर्दै फोटो खिच्न लालाइत देखिन्छन र आफू हिजो रति यो ठाउमा थिए भनेर देखाउन अनि बारको लोगो सहितको फोटो आफ्नो फेसबुकमा राख्न आतुर हुन्छन्  à¥¤ जसले गर्दा सामान्य घर परिवारका युवा युवतीहरु पनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्को जाने र फोटो खिच्ने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्ड बस्दै गएको छ । यसको अर्थ सामान्य घर परिवारको युवा युवती बार डिस्को अनि कहीँ कतै जानु हुन्न भनेको होइन तर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागि भएनि गलत काम गर्न गलत सङ्गतमा फस्दै गएका छन् । आफुलाई मोडल र सेलिब्रेटी जस्तो देखाउन अहिलेको युवा पुस्ता जस्तो सुकै काम गर्न नि पछि नहट्ने एक अध्ययनले देखाएको छ । यसका लागि अबिभाबकहरुले बेलैमा सोच्नु पर्ने अवस्था आएको छ, आफ्नो छोरा छोरीहरू कुन बाटोमा हिड्दैछन बेलुका कहा जादैछन के गर्दैछन भनेर कहीँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलत सङ्गत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक