Similar Articles

विविध

जीवन मरणको अन्तिम लडाई लडिरहेकी देवीका राईको जिन्दगी बचाउन आव्हवान

बिराट नेपाल

जीवन मरणको अन्तिम लडाई लडिरहेकी देवीका राईको जिन्दगी बचाउन आव्हवान
लसएन्जलस, २२ असार । जीवन मरणको अन्तिम लडाई लडिरहेकी नेपाली छोरी देवीका राई आर्थिक अभावका कारण थप उपचार खोजिरहेकी छिन थप जिन्दगी जिउने अभिलाषा बोकेर । उनको स्वास्थ्य स्थिति जानकारी राख्ने डाक्टरको भनाइ अनुसार जीवन र मरणको दोसाँधमा पुगेकी छन् देवीका । डाक्टरले दिएको पछिल्लो रिपोर्ट अनुसार हाईपोसिक ब्रेन इन्जुरी, बेड शोर, एसपिरेशन निमोनिया, इन्ट्रायूटेरिन फ्याटल डेथले थला परेकी राईलाई यकिन गरेर यो नै रोग लागेको भन्ने अहिले सम्म पत्ता लागेको छैन । उनी निकटको भनाइ छ, 'तीन छोरीकी आमा राई गत पौष ११ गते अचानक बेहोस भईन जुनबेला उनी गर्भवती थिइन् । लगत्तै उनलाई उपचार्थ काठमाडौँ ल्याइयो । उनले गत पौष १३ गते काठमाडौँको नोबेल अस्पतालमा मृत बच्चा जन्माइन र त्यही बेला देखि उनले कोमामा करिब ५ महिना बिताइन र अहिले उनको होस खुलेको छ । महिनौको अस्पताल बसाइले उनको सबै सम्पति सकिसकेको छ । राईको परिवारले अब उनको थप उपचार गर्ने अवस्थामा छैन । विगत ६ महिनादेखि काठमाडौँको नोबेल अस्पताल र केएमसीमा उपचार गराइरहेको राईको उपचार खर्च सकिएको छ । जसका कारण जीवन र मरणको दोसाँधमा पुगेकी छन् । उनको उपचार्थ उनको श्रीमानले व्यक्तिगत रूपमा झन्डै १० वर्षको वैदेशिक रोजगारबाट कमाएको सम्पत्ति र साथीभाई इष्टमित्रसंगको सरसापटि गरी करिब १७ लाख बढी खर्च गरिसकेका छन् । राईको थप उपचार गर्नका लागि पैसा अभाव भएको कारण राई जीवन बचाइ दिनका लागि उनका श्रीमान प्रेमकुमार राईले सहयोगी हातहरुसंग सहयोगको लागि अनुरोध गरेका छन् । यतिबेला देविकाको जिन्दगी बचाउन सहयोगी हातहरूको खाँचो छ र उनको उपचारमा लसएन्जलस निवासी निरकाजी गुरुङ आव्ह्वान गर्छन् तपाईँको सानो सहयोगले उनको जिन्दगी बचाउन सकिन्छ भने किन सहयोग नगर्ने । तपाईँ बैङ्क मार्फत सहयोग गर्न चाहनु हुन्छ भने नेपालको राष्ट्रिय वाणिज्य बैङ्क मार्फत पनि सहयोग गरन सक्नु हुन्छ: 

खाता नम्बर १३४००३६१५७१० वा लसएन्जलस निवासी निरकाजी गुरुंगको पहलमा अमेरिकामा सहयोगी हातहरूको संयोजन गरिएको छ । उहाँ मार्फत पनि सहयोग गर्न सकिन्छ ।  à¤…मेरिकामा रहेकाहरुले सहयोग गर्न चाहेमा निर काजि गुरुङलाई सम्पर्क गर्ने नम्बर: ६६१ ६४५ ०६४५  à¤¨à¥‡à¤ªà¤¾à¤²à¤®à¤¾ सिधै सम्पर्क गर्ने नम्बर:९८५१०-२२०३७ इमेल:himgathanews@gmail.com


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक