Similar Articles

कविता, गजल, गीत

हाम्रो २५औँ वैवाहिक वार्षिकोत्सव--इन्जिनियर राकेश कार्की

बिराट नेपाल

कविता


(१)
सुनौलो दिन चाँदनी रात
जन्म जन्मको मीठो साथ
खुसीयाली हामीमा प्यारो घर राम्रो
२५औँ वैवाहिक वार्षिकोत्सव हाम्रो

 (२)

प्रेमको गङ्गामा मायाको दुई थुङ्गा
हाँस्दैखेल्दै चलिरह्यो जीवनको डुङ्गा
नीलो आकाश हरियाली सुन्दर धरती
अक्षय अन्तर हाम्रो मनको पीरती 

(३)

हर पल हर क्षण नयाँ रङ्गको उमङ्ग
तिमी-म, म-तिमी कदम-कदममा सङ्ग
बढिरह्यो ममता सम्पूर्ण लोक जगमगाइ
आनन्दमय  à¤° सुखभरी संसार हामीलाई

(४)

पहिराइ प्रणय माला ओढाइ प्रेमिल छाता
बनेको दुइटा आत्मा असीम हाम्रो नाता
पति-पत्नीमा हर्षोल्लास मुस्कान अनन्त
हाम्रो सुमधुर वैवाहिक २५सौँ वसन्त

(५)

हृदयमा ईश्वर सधैँ दिलको मीठास
पवित्र दाम्पत्य बन्धन सुदृढ विश्वास
कुसुम कामनाका गुच्छा गुच्छाका सद्भाव
सुखद अनुभूति हाम्रो २५औँ वैवाहिक वार्षिकोत्सव




-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक