Similar Articles

विविध

भारतीय नेपाली साहित्यकारद्वय सम्मनित

बिराट नेपाल

भारतीय नेपाली साहित्यकारद्वय सम्मनित
काठमाडौँ । मिलाप मासिक र बाल साहित्य प्रतिष्ठानले भारतीय नेपाली साहित्यकारद्वय सीपी गिरी र मुक्ति उपाध्याय (बराल)लाई राजधानीमा आयोजित एक कार्यक्रबीच सम्मान गरेको छ । उक्त अवसरमा बरालद्वारा लिखित बाल साहित्य एकेडमी पुरस्कार (भारतबाट) प्राप्त ‘मालती रोबट’ बाल उपन्यासको अङ्ग्रेजी संस्करणको पनि लोकापर्ण गरिएको थियो ।

नेपाल लेखक सङ्घका अध्यक्ष डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सीमा विद चेतेन्द्रजंग हिमाली, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, गीत सङ्गीतका अनवेषक बुलु मुकारुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, डा. सुमन ढकाल, श्री नगेन्द्र शर्मा, केशव चौलागाईंलगायतले सम्मानित व्यक्तित्वहरुलाई शुभकामना तथा बधाई दिएका थिए । साहित्यकार महेश प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा अंगे्रजी विषयका प्राध्यापक राजु बरालले विमोचित कृतिमाथि टिप्पणी गरेका थिए । 

साहित्यका सीपी गिरी भारतको सिक्किमका हुन जसले साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा की फुल’ हिन्दीमा अनुवाद गरेका छन् । जसको राजधानीमा केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका थिए भने अर्का साहित्यकार भारतको असम निवसी मुक्ति बरालका थुप्रै कृतिहरु सार्वजनिक छन् भने नेपाली चलचित्र लेखन, निर्माण र अभिनयमा पनि उनी संलग्न हुँदै आएका छन् ।  

भारतीय नेपाली साहित्यकारद्वय सम्मनित
भारतीय नेपाली साहित्यकारद्वय सम्मनित



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक