Similar Articles

विविध

एटलान्टामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

बिराट नेपाल

एटलान्टामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न
एटलान्टा १० जुलाई 
एटलान्टामा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । गत जुलाई १ देखि ३ सम्म एएनए सम्मेलनको अबसर पारेर गरिएको कार्यक्रम बिबिध साहित्यीक कार्यक्रमका साथ सम्पन्न भएको हो । 


संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा आयोजित सो कार्यक्रममा कार्यक्रमका अबसरमा प्रमुख अतिथि डा। कार्की, माननीय सांसद रबिन्द्र अधिकारी, साहित्यकार कृष्ण धराबासी, सल्लाहकार बिमल नेपाल, समाज सेबी राजा घले, एएनए अध्यक्ष रोजर अधिकारी, कार्यक्रम सल्लाहकार सन्जिब सापकोटा, अनेसास जर्जिया च्याप्टरका अध्यक्ष चेतनाथ घिमिरे, राजेन्द्र केसी आदिले साहित्यकारहरुको तस्वीरमा माल्यार्पण गर्नु भएको थियो । 

सो अबसरमा जर्जिया च्याप्टरका अध्यक्ष चेतनाथ घिमिरेले स्वागत मन्तब्य प्रकट गर्नु भएको थियो ।कार्यक्रमका अबसरमा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरुले संयुक्तरुपमा मुक्तकार तिर्थराज अधिकारीद्वारा लिखित मुक्तक संग्रह बिरिम फूलको बिमोचन गरिएको थियो । कृतिका बारेमा मुक्तकार तीर्थराज अधिकारीले लेखकीय मन्तब्य प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको अर्को चरणमा आयोजित प्रतियोगित्मक कविता बाचन कार्यक्रममा प्रतियोगी र अप्रतियोगी कविहरुले आआफना रचना बाचन गरेका थिए । रचना बाचन गर्नेहरुमा पुरुषोत्तम ढकाल, शरद निरौला, प्रकाश नेपाल, ज्योति पौडेल, नम्रता गुरागाईं, गीता सापकोटा, राजेन्द्र केसी, रजर अधिकारी, बद्रि अधिकारी, राजा घले, रमेश गुरुङ, मोक्ष मुर्ति, हरि पौडेल, नारायण अधिकारी, धर्म भट्टराई ९हरि दाइ०,कृष्ण श्रेष्ठ, राजु भण्डारी, किरण ढकाल, पदम बिश्वकर्मा आदि हुनुहुन्थ्यो ।

प्रतियोगितामा राजु भण्डारी प्रथम, नारायण अधिकारी द्वितीय र धर्म भट्टराई तृतीय हुनुभएको थियो । पुरस्कृत कविहरुलाई क्रमशस् बिश्व हिन्दु महासंघ अमेरिकाका संयोजक किरण श्रेष्ठ, समाज सेबी तथा नासाका पूर्ब अधक्ष , राजा घले र सन्जिब सापकोटाले पुरस्कार रकम प्रयोजन गर्नुभएको थियो भने निर्णायकहरुमा साहित्यकार कृष्ण धराबासी, राजेन्द्र केसी र ज्योति पौडेल हुनुहुन्थ्यो । 

सो अबसरमा निर्णायकहरुको तर्फबाट निर्णय प्रस्तुत गर्नुहुँदै साहित्यकार धराबासीले आफ्नो मन्तब्य प्रकट गर्नुभएको थियो ्र

प्रतियोगितामा बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र जुलाई ३, २०१६ ९आइतबार० साँझ आयोजित सांस्कृतिक कार्यक्रमका अबसरमा प्रदान गरिएको थियो ।

युवाहरु दिनांकर बानियाले भानुभक्तको बारेमा र निकी घिमिरेले महाकवि देवकोटाको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।


कार्यक्रममा साहित्यकार तथा पत्रकार विकास संग्रौला, नासाका पूर्ब अधक्ष तथा समाजसेवी राजा घले, प्रमुख अतिथि राजदुत कार्कीले आफ्नो मन्तब्य प्रकट गर्नुभएको थियो भने अनेसासका सचिब प्रकाश नेपालले कविताका माध्यमबाट धन्यवाद प्रकट गर्नुभएको थियो भने सभापतिले मन्तब्यका साथमा कार्यक्रम बिसर्जन गर्नु भएको थियो । 


कार्यक्रम अनेसास जर्जिया च्याप्टरका महासचिब किरण ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रमको बीआरटि नेपाल र ईनेपालिज डटकमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।


एटलान्टामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न
एटलान्टामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक