Similar Articles

विविध

सान फ्रान्सिस्कोमा आदिकबि भानुभक्त आचार्यको २०३औं जन्म जयन्ती सम्पन्न

बिराट नेपाल

सान फ्रान्सिस्कोमा आदिकबि भानुभक्त आचार्यको २०३औं जन्म जयन्ती सम्पन्न
रोशन अधिकारी, सान फ्रान्सिस्को ।
बे एरियाको सबै भन्दा पुरानो संस्था नेपाली एसोसीएसन अफ नोर्दन क्यालिफोर्निया (NANC)ले नेपाली भाषा प्रतिको योगदानलाई सम्मान गर्दै आदिकबि भानुभक्त आचार्यको २०३ औं जन्म जयन्ती मनाएको छ । १८१४ (१८७१ बि. स.) मा चुदी रम्घा, तनहुँमा जन्मनु भएको आदिकबि भानुभक्त आचार्यको १८६८ (१९२५ बि. स.) मा ५४ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो । उहाँको भोतिक शरीरले छोडेर गए पनि उहाँले नेपाली भाषा प्रति दिएको योगदानलाई कदर गर्दै हरेक वर्ष उहाँको जन्म जयन्ती मनाउदै आइरहको छ । रामबाबु आचार्यको सयोजकमा गठित समितिले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार एबंम पत्रकार सर्बज्ञ वाग्लेले भानुभक्तको जिबनी बारे जानकारी गराउनु भएको थियो । संस्थाको अध्यक्ष तेज राईको सभापतित्वमा कार्यक्रम संयोजक रामबाबु आचार्यले स्वागत उपस्थित सबैलाई स्वागत गरी सुरु गरिएको थियो । 

नेपालको वरिष्ठ सगीतकार एबंम गीतकार मदन दीप बिम, साहित्यकार एबंम पत्रकार सर्बज्ञ वाग्ले, कवि एबंम समाजसेबी रिता देवी प्रधान “जोशी“ निर्णयाक मण्डल रहेको उक्त कार्यक्रममा एरिका श्रेष्ठले “मेरो देश “नामको कविता वाचन गरी प्रथम भएकी थिइन । श्रेष्ठलाई कार्यक्रमको सभापतिले प्रमाणपत्र र पुरुस्कार प्रदान गर्नु भएको थियो ।

भखरै मात्र सम्पन भएको Nepalese American Convention(NAC )मा NANC को तर्फ़बाट भलिबल खेली प्रथम भएर आउनुहुने खेलाडीहरु हुकुम राज गिरि, कैलाश दत्त भट्ट, रोमन श्रेष्ठ, राजेन्द्र शेरचन, धर्म के. सी., बाबु आचार्य, सुरेन्द्र मल्ल, सुमेश रिजाल, श्रीराम सुबेदी र रोशन अधिकारीलाई संस्थाको अध्यक्ष तेज राईले धन्यवाद दिनु भएको थियो भने खेलाडीहरुले संस्थाको अध्यक्षलाई ट्रोफी हस्तातरण गर्नु भएको थियो । धुर्ब थापा, रिता देवी प्रधान, सर्बज्ञ वाग्ले, माया रेग्मी, कृष्ण मन श्रेष्ठ, एरिका श्रेष्ठ, अमृत कुँवर, धुर्ब कुँवर, सुरेन्द्र वाग्ले, स्वस्तिका तिमिल्शिना खनाल, सन्जिब राणा, रामबाबु आचार्य, प्रमोद अमात्य, वासुदेव घिमिरे, विष्णु गुरुङ एकता, विनोद न्यौपाने, टिका पुन र मदन दीप बिमले कार्यक्रममा कविता, गीत र गजल वाचन गर्नु भएको थियो । संस्थाको महासचिव कैलाश थापाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रमको सभापतिले धन्यवाद दिनुभएको थियो ।

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक