Similar Articles

विविध

जापानका साहित्यकारहरुले सम्झीए-भानुभक्त र भुपीलाई

बिराट नेपाल

जापानका साहित्यकारहरुले सम्झीए-भानुभक्त र भुपीलाई

प्रेमिला गौचन

जापान,@( c;f/  


जापानका साहित्यकारहरुले भानुभक्त आचार्यको जन्मोत्सवको अवसरमा  à¤—रिएको साहित्यिक कार्यक्रममा कवि भुपी शेरचनलाई पनि सम्झेका छन्। जापानका साहित्यकारहरुले कवि भुपी शेरचनलाई पनि सम्झे । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले आयोजना गरेको ३७ औ नियमित साहित्य श्रिन्खला कार्यक्रममा भुपिको  'गधा ' नामक कविताको शीर्षकबाट समाजमा भएका विकृति र विसंगतिलाई उजागर गरी  à¤­à¥à¤ªà¤¿à¤²à¤¾à¤ˆ सम्झेका हुन ।

उक्त अवसरमा  à¤¯à¥à¤µà¤¾ साहित्यकार अरुण पौडेलको प्रथम कृति ' बाडुल्की र यादहरू' को पनि विमोचन गरिएको थियो । सो कृतिको विमोचन जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्र राजभण्डारी, अनेसासका अध्यक्ष विष्णु प्रसाद घिमिरे,  à¤•à¥‡à¤¨à¥à¤¦à¥à¤°à¥€à¤¯ बोर्ड ट्रस्टिका सदस्य प्रकाश पौडेल' माइला', सल्लाहाकार भुषण घिमिरे, एनआरएन र  à¤œà¤¾à¤ªà¤¾à¤¨à¤•à¤¾ अध्यक्ष सुदन थापाले संयुक्त रूपमा विमोचन गरेका थिए । सन २००३ मा स्थापना भएको पुरानो साहित्य समाज भयता पनि यो समाज को तेस्रो कृति हो ।

विमोचनको आसनबाट कार्यवहाक राजादुतले ' आजको  à¤¦à¥‹à¤¸à¥à¤°à¥‹ पटकको साहित्य भेला पहिलाको दाजोमा पृथक् भएको तर स्रस्टाहरुले अझै गद्य र पद्यमा अध्ययन गर्नु पर्ने सुझाव दिनु हुँदै उहाँले साहित्यमा दोष मात्रै नलगाएर मार्गदर्शनका कविताहरू पनि वाचन गर्नु भएमा सुनमा सुगन्ध हुने अभिव्यक्ति प्रस्तुत गर्नु भएको थियो । भर्खरै सम्पन्न अन्तरराष्ट्रिय साहित्य सम्मेलन, वासिन्टन डिसीमा सहभागी जनाई फर्कनु भएकी जीवन पौड्यालले 'अमेरिकामा थुप्रै कृतिहरुको प्रकाशन भएको तर जापानमा भने नगण्य रूपमा प्रकाशन भएकोमा दु:ख व्यक्त गर्नु भयो ।केन्द्रीय  à¤Ÿà¥à¤°à¤¸à¥à¤Ÿà¤¿à¤•à¤¾ सदस्य प्रकाश पौडेल' माइला' हाइकुको देशमा साहित्य कार्यक्रम भएको तर स्रस्टाहरुबाट एउटै पनि हाइकु वाचन नभएकोमा अचम्म मान्दै छोटो तथा रोचक हाइकु वाचन गर्दै उहाँले भन्नु भयो' म जापान आउने बेलामा कक्षा ९ मा पढदै गरेका   अरुण भाइलाई एउटा हाइकु हातमा थमाएर आएको र अहिले जापान मै उनै भाइ को कृति विमोचन गर्न पाएकोमा खुसी लाग्यो।" भन्नु भयो सल्लाहाकार आलोक चालिसेले बुद्धभुमी र नाकाबन्दीको मारमा नेपालीहरूले  à¤ªà¤¿à¤¡à¤¾ भोग्न पर्दा आफूलाई पनि पिडा भएको अनुभूति कविता मार्फत व्यक्त गर्नु  à¤­à¤à¤•à¥‹ थियो।

कार्यक्रमको लागि नागोयादेखी आउनु भएका अनेसासका अध्यक्ष विष्णु प्रसाद घिमिरे 'आफ्नो व्यस्ततालाई थाती राखी हाम्रो कार्यक्रममा सहभागी जनाइ सबै आगन्तुकलाई धन्यवाद दिँदै उहाँले ' बाबु तिमी नेता बन" नामक कविताबाट समाजमा भएका विकृतिको व्यङग गर्नु भएको थियो । विमोचित कृतिमा युवा  à¤¸à¤¾à¤¹à¤¿à¤¤à¥à¤¯à¤•à¤¾à¤° पिताम्वर चापागाइले समीक्षा गर्नु भएको उक्त कार्यक्रममा एभरेष्ट इन्टरनेशनलमा अध्ययनरत साना बालक सफल सापकोटाले ' बुवा '  à¤° ऋषव भट्टराईले ' आमा ' नामक कविता वाचन गरेका थिए ।

एनआरएन जापान तथा अनेसास जापानका सल्लाहाकार भुषण घिमिरेले  à¤¬à¤¿à¤®à¥‹à¤šà¤¿à¤¤ कृतिमा शुभकामना  à¤¦à¤¿à¤¨à¥ भएको थियो भने भीषण निरौलाले पत्नी साथमा नहुँदा को पिडा आफ्नो कविता मार्फत अभिव्यक्त गर्दै नारी प्रति सम्मान गर्नु पर्ने भाव आफ्नो कविता मार्फत व्यक्त गर्नु भएको थियो । अनेसासका दीप पाठक उद्घोषक रहेको उक्त कार्यक्रममा जीवन अर्याल सन्योजक रहनु भएको थियो । स्वरका धनी रामक्रिष्ण बम मल्लले   आफ्नो मिठो गीतले कार्यक्रमलाई थप रौनकता प्रदान गर्नु भएको थियो ।

वाबुराम आचार्य , नारायण कंडेल , सरिता ढकाल, जानुका खत्री , यदुराम सापकोटा, अर्जुन अधिकारी लगायत दर्जनौ स्रष्टाहरुले आ- आफ्नो कविता वाचन गरेका थिए ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक